०५ माघ २०८१

प्रदेश ३

मन्त्री तामाङद्वारा राजीनामाको घोषणा

काठमाडौँ, ८ साउन (रासस) ः कानून, न्याय तथा मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज अपराह्न पत्रकार सम्मेलन गरी उहाँले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गर्नुभएको...बाँकी अंश →


लोकतान्त्रिक विधिबाट अघि बढ्न काँग्रेसलाई प्रमको आग्रह

काठमाडौैँ, ८ साउन (रासस) ः प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले संविधानबमोजिम संसद्ले कानून बनाउने लोकतान्त्रिक विधिबाट अघि बढ्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलाई आग्रह गर्नुभएको छ । नेकपा केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित कार्यक्रममा काँग्रेसले संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली र संविधानको सर्वाेच्चता मानेर अगाडि जान तयार छ...बाँकी अंश →


राष्ट्रियसभा बैठक स्थगन

काठमाडौँ, ८ साउन ः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण स्थगन भएको छ । बैठकको शुरुमै काँग्रेसका सदस्यहरूले आसनबाट उभिएर विरोध जनाइरहँदा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनुभएको थियो । काँग्रेस सदस्यहरुले प्रमुख प्रतिपक्षीभन्दा अघि सत्ता पक्षका सदस्यलाई बोल्न समय...बाँकी अंश →


‘टीनएज’ टीमलाई मधेशी पत्रकार समाजद्वारा सम्मान

काठमाडौं,  ८ साउन । यही साउन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘टीनएज’ चलचित्रको टीमलाई मधेशी पत्रकार समाज नेपालले सम्मान गरेको छ । सोमबार मधेश मिडिया हाउसमा समाजले एक कार्यक्रमको आयोजना गरी टीनएजका सम्पूर्ण कलाकार, निर्देशक, निर्मातालगायतलाई दोसल्ला ओढाई सम्मान गरेको हो । समाजका केन्द्र अध्यक्षले पहाडदेखि मधेशसम्मका युवाको अवस्थाबारे टीनएजले...बाँकी अंश →


यात्रु ठग्ने ट्याक्सी र कारलाई रु तीन हजार जरिवाना

काठमाडौँ, ८ साउन (रासस) ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई ठगी गर्ने ट्याक्सी तथा निजी कारलाई रु तीन हजार जरिवाना गरेको छ । महाशाखाको टोलीले साउन ४ देखि ७ गतेसम्म मिटर ट्याक्सी ठगी र निजी कार तथा जीपले भाडामा मानिस ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कारलाई...बाँकी अंश →


बाइस अर्ब राजश्व संकलन

चितवन, ८ साउन ९रासस० ः आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आव २०७३÷०७४ भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन भएको थियोे । कार्यालयका सूचना अधिकारी डिल्लीराम...बाँकी अंश →


क्रान्ति र जनमतका उपलब्धि उल्ट्याउन नियोजित षडयन्त्र भइरहेका छन् ः दाहाल

काठमाडौँ, ७ साउन (रासस) ः नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लाग्नु विडम्बनाको विषय भएको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले ‘दुई तिहाइको समर्थन...बाँकी अंश →


उपराष्ट्रपति स्वागत समारोहमा सरिक

काठमाडौँ, ७ साउन (रासस) ः इजिप्टको राष्ट्रिय दिवस तथा इजिप्ट र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०आँै वार्षिकोत्सवको अवसरमा आज अपराह्न ललितपुरमा स्वागत समारोह आयोजना गरियो । नेपालका लागि इजिप्टका राजदूत इमन मोस्तफाले आयोजना गर्नुभएको उक्त समारोहमा संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, विभिन्न राजनीतिक दलका नेता,...बाँकी अंश →


प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ ः सिटौला

चितवन, ७ साउन : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले उठाउनुभएका माग सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै नेता सिटौलाले सरकारले उहाँको मागप्रति सुनुवाइ नगर्दा जीवनरक्षाको नै प्रश्न खडा भएको बताउनुभयो । उहाँले उठाउनुभएका माग जायज छ भन्दै उहाँले काँग्रेसको नेतृत्वमा रहेको...बाँकी अंश →


सरकारको प्रयासले सार्थकता पाउँदै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको दिशामा

काठमाडौँ, ६ साउन (असार) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गर्नुभयो । सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाउनुभएको छ भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २००...बाँकी अंश →


‘चिकित्सक केसीको अनशन ः स्वास्थ्यको मौलिक हकको उल्लङ्घन’

– कालिका खड्का काठमाडौँ, ६ साउन ः नेपालको संविधानले नागरिकले स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकमा राखेको छ । यसो हुँदाहुँदै पनि मौलिक हकमा राखिएको स्वास्थ्य संस्था बन्द गरेर सोही हकको उल्लङ्घन गर्ने प्रवृत्ति बढेको छ । यसको पछिल्लो प्रमाण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानमा कार्यरत प्रा डा गोविन्द...बाँकी अंश →


सभापति देउवाको विदेश भ्रमण स्थगित

काठमाडौँ, ६ साउन ः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गर्नुभएको छ । मुलुकमा केही दिनयता विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उहाँले विदेश भ्रमण स्थगन गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter