बिदुर, २३ भदौ ,, गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु...बाँकी अंश →
चितवन, २३ भदौ ,, छिमेकी जिल्ला नवलपुर (पूर्वी नवलपरासी) मा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा चितवनमा कैदीबन्दीको चाप बढेको छ । नवलपुरबाट पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी यहाँ पठाउने गरिएको छ । क्यान्सर रोगलगायत अन्य रोगको उपचार सहज भएका कारण अन्य जिल्लाबाट समेत कैदीबन्दीको उपचार गराउन यहाँ...बाँकी अंश →
चितवन, २३ भदौ ,, गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न जानुभएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका थिए । उनीहरुले गोर्खालीको मोबाइल र डायरी...बाँकी अंश →
काठमाडौँ, २२ भदौ ,, युवा तथा खेलकूद मन्त्रालयले मूलपानी क्रिकेट मैदानको जग्गा विवाद सल्टिएसँगै स्थानीयवासीलाई जग्गा उपलब्ध गराउन प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयलाई पत्र पठाएसँगै जग्गा उपलब्ध गराउने प्रक्रिया शुरु भएको हो । जग्गाको नापजाँच, कित्ताकाटलगायत काम भूमि...बाँकी अंश →
रसुवा २१ भदौ ,, राजमार्ग खुला भएलगत्तै सामान परीक्षण र भन्सार राजस्व असूली आजदेखि शुरु भएको छ । प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार चिनियाँ सामान आयात गर्ने करीब २०० वटा ट्रक कण्टेनर बुधबार र बिहीबार साँझसम्म भन्सार हातामा प्रवेश गरिसकेका छन् । आज बिहीबार मात्रै रु तीन करोड भन्सार...बाँकी अंश →
काठमाडौँ, २० भदौ ,, काठमाडौँ महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ । महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्तरुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ । उक्त पार्किङ भवन सात तलाको हुनेछ...बाँकी अंश →
काठमाडौँ, १९ भदौ ,, काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा निर्माण गर्न लागेको अकाशे पुलको नमुना तयार गरेको छ । कामपाको क्षेत्रभित्र पर्ने सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे निर्माण गर्ने भने पनि तीमध्येको दुई स्थानका लागि कस्तो बनाउने भनी नमुना...बाँकी अंश →
काठमाडौँ, १९ भदौ ,, नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले गुण्डा नाइके सत्यमान लामालाई आज दिउँसो ठमेलबाट पक्राउ गरेको छ । काभ्रे तिमाल गाउँपालिका–६ का मानबहादुर तामाङ लगायतलाई फोनबाट अश्लील शब्दहरु प्रयोग गरी गालीगलौज गरेर हातखुट्टा भाँचिदिने धम्की दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो...बाँकी अंश →
काठमाडौँ, १९ भदौ ,, नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन र इतिहासको अध्ययन अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले चार वर्षमा विभिन्न भाषाका १०६ कृति प्रकाशन गरिसकेकोे छ । विसं २०१४ मा नेपाली साहित्य कला एकेडेमीका नामले स्थापित प्रतिष्ठानले आफ्ना ११ प्राज्ञिक विभागबाट ती कृति प्रकाशन गरेको...बाँकी अंश →
चितवन, १९ भदौ,, एलपी ग्यास बोकेर काठमाडौँतर्फ जाँदै गरेको कण्टेनर नारायणगढ –मुग्लिन सडकखण्डको केराबारीबाट आज अपराह्न त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार भारतीय नम्बरको एचआर ६९ पी ६९७३ कण्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको...बाँकी अंश →
पोखरा, १८ भदौ ,, हिमाल आरोहणको इतिहासमा पहिलो पटक सन् १९५० जुन ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक मौरिस हर्जोेगको शालिक अन्नपूर्ण आधार शिविरमा स्थापना गरिएको छ । हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रमको औपचारिक थालनी भएको हो । पहिलो आरोहण भएको हिमाल भएकै कारण अन्नपूर्ण...बाँकी अंश →
चौतारा, १८ भदौ ,, सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: