०६ माघ २०८१

प्रदेश ३

सङ्घीयता कार्यान्वयनमा काग्रेसको साथ रहने

काठमाडौँ, १६ असोज,,   नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काँग्रेसको सधँै साथ र सहयोग रहने स्पष्ट पार्नुभएको छ । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा उहाँले भन्नुभयो, “मुलुकलाई आर्थिक विकासमा लैजान र जनतामुखी काम गर्न काङ्ग्रेसको सधँै साथ...बाँकी अंश →


ओझेलमा इच्छाकामना

चितवन, १६ असोज ,,   पर्यटकीय दृष्टिले प्रचुर सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इच्छाकामना गाउँपालिका  ओझेलमा परेको छ । जिल्लाको एकमात्रै गाउँपालिकामा सफारी पर्यटकको विकल्पका रुपमा प्रशस्त पर्यटकीयस्थल छन् । यस गाउँपालिकामा जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, जिल्लाको सबैभन्दा अग्लो चुचुरो सिराइचुली, इच्छाकामना र पाथीभरा मन्दिर, लामो झरना, त्रिशूली नदी, केबलकारको...बाँकी अंश →


सामाजिक स्वच्छता अभियान शुरु

रसुवा, १६ असोज ,,   सामाजिक स्वच्छता अभिवृद्धिका लागि रसुवामा अभियान शुरु गरेको छ । सामुदायिक प्रहरीअन्तर्गत गठित सामुदायिक सेवा केन्द्र र महिला सञ्जालद्वारा संयुक्तरुपमा सो अभियान शुरु गरिएको हो । अभियानअन्तर्गत पहिलो चरणमा दशैँ तिहारलाई लक्षित गरी अत्यधिक मदिरा सेवन, घरघरमा खेलाइने जुवा, तास, लङ्गुर बुर्जाजस्ता क्रियाकलापलाई नियन्त्रण गर्ने सामुदायिक...बाँकी अंश →


पत्रकारिताले संवाहकको भूमिका निर्वाह गर्नुपर्छः मुख्यमन्त्री पौडेल

हेटौँडा, १५ असोज ,,, प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रले मुलुकको स्वतन्त्रताको रक्षा गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १५ औँ वार्षिकसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “पत्रकारिता क्षेत्र जनता र सरकार बीचको संवाहकको भूमिका निर्वाह गर्न सक्नुपर्छ ।” मुख्यमन्त्री...बाँकी अंश →


‘नैतिक शिक्षाको अभावमा मानवता हरायो’

चितवन, १५ असोज ,,   युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि सम्पन्न परिवारसम्मका ज्येष्ठ नागरिक अभिभावक विहीन बनेका छन् । गलेश्वर आश्रम देवघाटका पिठाधीश आत्मानन्द गिरी ज्येष्ठ नागरिक अभिभावकविहीन बनेको बताउनुहुन्छ ।...बाँकी अंश →


रामपुर कृषि क्याम्पस सङ्कटमा

चितवन, १५ असोज ,, मुलुककै जेठो रामपुर कृषि क्याम्पस सङ्कटमा परेको छ । कृषि तथा वन विश्वविद्यालय ९कृविवि० खोल्ने निर्णयसँगै त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान रुपमा परिचित उक्त क्याम्पस सङ्कटमा परेको हो । पहिले रहेको रामपुरस्थित उक्त क्याम्पसको सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई सरकारले दिने...बाँकी अंश →


दशैँलाई लक्षित गरेर विशेष सुरक्षा योजना

काठमाडौँ, १५ असोज ,,   महानगरीय प्रहरी परिसर काठमाडौँले चाडबाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । परिसरले आइतबार पत्रकार सम्मेलन गरेर दशैँ, तिहार र छठपर्वमा शान्ति सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना निर्माण गरेको बताएको छ । सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले चाडवाडलाई लक्षित गरेर...बाँकी अंश →


नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क

भक्तपुर, १५ असोज ,,    भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहँुदा दुवै नगरपालिकाले आ–आफ्नो नगरका तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो । भक्तपुरको चाँगुनारायण...बाँकी अंश →


मातृ भाषामा पठन–पाठन घट्दो

फिदिम, १३ असोज ,,   मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्या कमि आएको छ । नेपालमै पहिलो पटक कक्षा ७ सम्म लिम्बू (याक्थुङ) भाषामा पठन–पाठन शुरु गरेको पाँचथरमा अहिले मातृ भाषामा पठन–पाठन गराउने विद्यालयको सङ्ख्यामा कमि आएको हो । पाँच वर्ष अघिसम्म कक्षा ५ सम्म १३१ वटा विद्यालयमा लिम्बू भाषामा पठन–पाठन...बाँकी अंश →


सुरक्षा रणनीति सार्वजनिक, ५०८ प्रहरी परिचालन

भक्तपुर, १३ असोज,,   महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताउनुभयो । परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक,...बाँकी अंश →


कलङ्की–नागढुङ्गा सडक विस्तारको माग

काठमाडौँ, १२ असोज ,,   चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा...बाँकी अंश →


शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने

चितवन, १२ असोज ,,  सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो । सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter