०७ माघ २०८१

प्रदेश ३

कृषि बिना देशको विकास सम्भव छैनः कृषि मन्त्री खनाल

असोज १९ सिन्धुली ।कृषि तथा पशुपन्क्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि विना देशको विकास सम्भवन नहुेने बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा ४ तीनकन्यामा भएको जुनार सुपरजोनको अनुदान कार्यक्रम तथा निर्मित सिँचाइ योजना उद्घाटन गर्दै मन्त्री खनालले सरकारले राम्रा कार्यक्रम बनाउन नसके देशको विकास सम्भव नहुने बताए । उनले जुनारको...बाँकी अंश →


असोज २४ देखि इजाजतपत्र खुला

काठमाडौँ, १९ असोज,,   यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना...बाँकी अंश →


तीस करोड बढी अनुदान

काठमाडौँ, १९ असोज,,   जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुभयो । शिक्षा, विज्ञान...बाँकी अंश →


‘घर जान मन छ लगिदिनोस्’

काठमाडौँ, १९ असोज,,  उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे । बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार ग¥यो । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँमा राखिएको...बाँकी अंश →


भ्रष्टाचारीलाई छोडिन्न, आयोजनाको काम रोकिन्न – आयोग

काठमाडौँ, १९ असोज,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट...बाँकी अंश →


नागढुङ्गा–खानीखोला खण्डमा अस्थायी चौकी

काठमाडौँ, १९ असोज ,,   नागढुङ्गा–खानीखोलामा सडक खण्डमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । चाडबाड नजिकिएसँगै नाकामा हुने चोरी नियन्त्रण र सवारी जामलाई कम गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ र जिल्ला प्रहरी कार्यालय धादिङको सहकार्यमा धादिङ र काठमाडौँको नाका सिक्रेखोलामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको...बाँकी अंश →


मिर्गौला उपचारमा प्रभावकारी बन्दै आयुर्वेद

काठमाडौँ, १९ असोज ,,   सुविन श्रेष्ठलाई १२ वर्षको उमेरमै मिर्गौलामा समस्या देखियो । मिर्गौला फेर्नुपर्ने सल्लाहपछि निकै आत्तिएका उनी अहिलेसम्म आयुर्वेदिक उपचारबाट स्वस्थ जीवन बिताइरहेका छन् । मानिसको शरीरमा १ दशमलव ४ एमजीलाई सामान्य मानिन्छ तर सुविनको मृर्गौैैलामा क्रिटिनाइन (शरीरको फोहर) ३ एमजी देखियो । उनका बाबु फणीन्द्रले धेरै चिकित्सकको...बाँकी अंश →


राजमार्गदेखि भित्री सडकसम्म सुरक्षा

चितवन, १९ असोज,,   जिल्ला प्रहरी कार्यालय चितवनले दशैँ, तिहार र छठलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियायाकलाप बढ्न सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । यो योजना बिहीबारबाट लागू भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो...बाँकी अंश →


साफ यू–१८ महिला फुटबलमा नेपाल–भारत भिड्दै

काठमाडौँ, १९ असोज ,,   भूटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो भूटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा ३ः१५ मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । आजै हुने दोस्रो सेमिफाइनलमा आयोजक भूटान र...बाँकी अंश →


बसमा पत्रकारलाई पनि आरक्षित सिट

काठमाडौँ, १९ असोज,,   नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको व्यवस्था गरेको छ । साँखुदेखि दक्षिणकालीसम्मको भर्खरै रुट अनुमति पाएको बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका २५ वटै बसमा पत्रकारका लागि अग्रपङ्क्तिका...बाँकी अंश →


पुरानै स्वरुपमा फर्कदै मल्लकालीन एक मन्दिर

ललितपुर, १८ असोज,,   राणाकालमा स्वरुप परिवर्तन भएको मल्लकालीन एक मन्दिर फेरि पुरानै स्वरुपमा निर्माण हुने भएको छ । गाबहालस्थित भाइ देग (मन्दिर) झण्डै आठ दशकपछि पुरानै स्वरुपमा फर्काउन लागिएको हो । यो मन्दिर विसं १९९० को भूकम्पमा क्षतिग्रस्त बनेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो ।...बाँकी अंश →


धैबुङ –धोबीखोला सडक सञ्चालन

रसुवा, १८ असोज,,   वर्षाका कारण गत असारदेखि अवरुद्ध धैबुङ घुम्तीदेखि पूर्वी भेक जिबजिबेतर्फको ग्रामीण कृषि सडकमा आजदेखि यातायात सञ्चालन भएको छ । कालिका गाउँपालिका – ५ का वडाध्यक्ष रामहरि देवकोटाका अनुसार प्रतिनिधिसभा सदस्य मोहन आचार्यको निजी सहयोगबाट स्काभेटरको सहायताले पाँच दिनको प्रयासमा धैबुङ घुम्ती –जिबजिबेबीच धोबीखोला पहिरो पन्छाउने कार्य बुधबार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter