भक्तपुर, २५ असोज,, हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनादेखि भक्तपुरमा लाग्ने नौराते मेला शुरु भएको छ । घटस्थापनाको रातिबाट यहाँका नौ वटा बेग्लाबेग्लै शक्तिपीठमा नौ रातसम्म मेला लाग्ने गर्दछ । राति मन्दिरमा पूजा तथा दर्शन गर्नेको भीड लाग्ने गर्दछ । नवरात्री मेलाको पहिलो रात भक्तपुर नगरपालिका च्यामासिंहस्थित ब्रह्मायणी मन्दिरमा...बाँकी अंश →
काठमाडौँ, २५ असोज,, नेपालमा आधुनिक सहकारीको इतिहास धेरै पुरानो नभए पनि यसकोे शुरुआत भने २००७ सालको परिवर्तन पछि भएको पाइन्छ । सहकारीको शुरुआत विसं २०१० मा सहकारी विभागको स्थापनापछि भएको हो । यसको व्यावसायिक र सङ्गठित शुरुवात भने २०१३ चैत २० गते चितवन जिल्लाको बखान सहकारी संस्था स्थापनाले गरेको होे...बाँकी अंश →
काभे्रपलाञ्चोक, २५ असोज,, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को जिल्लास्तरीय नेतृत्व चयन हुन समय लाग्ने भएपछि जिल्ला पार्टी कार्यालयले पूर्व एमाले र माओवादी केन्द्रका पदाधिकारी रहेको जिल्ला कमिटी घोषणा गरेको छ । जिल्ला कार्यालयमा नेकपा स्थायी कमिटी सदस्य एवं ३ नं प्रदेशका प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यता तथा सहइञ्चार्ज हितबहादुर तामाङ...बाँकी अंश →
काठमाडौँ, २४ असोज ,, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई आज पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका...बाँकी अंश →
काठमाडौँ, २४ असोज ,, हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि प्रसादका रुपमा...बाँकी अंश →
काठमाडौँ, २४ असोज ,, पछिल्लो सयम सुरक्षितभन्दा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या वृद्धि भएको छ । स्वास्थ्य सेवा विभागकोे वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मुलुकभर ९६ हजार ४१७ महिलाले सुरक्षित गर्भपतन गराएका ान पछिल्लो तथ्याङ्कननुसार प्रतिएक घण्टामा २१ महिलाले असुरक्षित गर्भपतन गराउँछन् । वर्षेनी एक लाख ८६ हजार १४४ असुरक्षित गर्भपतन हुने...बाँकी अंश →
भक्तपुर, २४ असोज,, भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडादशैँ शुरु भएको छ । आज बिहान ७ बजेर १५ मिनेटमा पाञ्चायन निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीले तलेजुमा जमरा राखेर दशैँ शुरु भएको तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । नेपालकै मूल तलेजुमा वैद्धिक एवं...बाँकी अंश →
काठमाडौँ, २४ असोज,, यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन आजदेखि असोज ३१ गतेसम्मलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको हो । विभागका...बाँकी अंश →
नुवाकोट, २४ असोज,, प्रविधिको विकासका कारण सञ्चारमाध्यमको बदलिदो स्वरुपमा आचारसंहिताको परिपालनासम्बन्धी छलफल चलाउन प्रेस काउन्सिल नेपालले मङ्गलबार विदुरमा ‘पत्रकार आचार संहितासम्बन्धी डिजिटल संवाद कार्यक्रम’ गरेको छ । काउन्सिलमा सदस्य गोपाल बुढाथोकीले नुवाकोटबाट शुरु भएको डिजिटल संवाद कार्यक्रमलाई क्रमशः देशैभरि लैजाने योजना रहेको बताउनुभयो । कार्यक्रममा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै...बाँकी अंश →
काठमाडौँ, २३ असोज,, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले विश्वमा रहेका नेपाली श्रमिकको सुरक्षा तथा अधिकारका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । यहाँ आज एफइएस नेपालले आयोजना गरेको ‘खेल तथा आप्रवासन अन्तरसम्बन्ध’ विषयमा आयोजित विश्व सम्मेलको समापन कार्यक्रममा मन्त्री विष्टले रोजगारदाताले श्रमिकको जीवन गुणस्तरीय तथा सम्मानजनक वातावरणको...बाँकी अंश →
काठमाडौँ, २३ असोज,, कृषि क्षेत्रमा हुने खडेरीसँग जुध्न यससम्बन्धी सूचनाको आदानप्रदान र कृषि बालीको विविधिकरण आवश्यक रहेकामा जोड दिइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) द्वारा यहाँ आयोजित खाद्य सुरक्षा र कृषिको नीतिगत तहमा भौगोलिक अन्वेषण र जलवायुको सेवासम्बन्धी तीनदिने क्षेत्रीय सम्मेलनमा यस क्षेत्रका विज्ञहरुले सो धारणा...बाँकी अंश →
काठमाडौँ, २३ असोज ,, चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ । बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: