०७ माघ २०८१

प्रदेश ३

उपत्यकामा नयाँ २० बस भित्र्याउँदै साझा

ललितपुर, ९ कात्तिक ,,   साझा यातायातले २० नयाँ बस भित्र्याउने भएको छ । काठमाडौँ उपत्यकाका लागि नयाँ शहरी बस भित्र्याउन लागिएको साझाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नयाँ बस ल्याउन लागिएको हो । काठमाडौँ महानगरपालिकाको रु पाँच करोड र ललितपुर महानगरपालिकाको रु एक...बाँकी अंश →


मुडेमा हिल स्टेशन बन्ने

मेलम्ची, ९ कात्तिक (रासस) :,   सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ मुडेमा बन्न लागेको हिल स्टेशनबारे प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले सम्बन्धित पक्षसँग छलफल गर्नुभएको छ । मन्त्री नेपालले मुडेबजार पर्यटन, जडीबुटी र कृषिमा धेरै सम्भावना बोकेको क्षेत्र भएकाले बजेटको प्रशस्त व्यवस्था गरिएको र उक्त बजेटको स्थानीयले...बाँकी अंश →


भूकम्पपीडितको टहरोमा आगलागी, दुईको मृत्यु

जिरी, ९ कात्तिक,,   दोलखाको गौरीशङ्कर गाउँपालिकामा भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ स्थित टासिनाममा गोपाल शेर्पाको टहरोमा आगलागी हुँदा शेर्पाकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा परी शेर्पाकी आमा ८० वर्षीया डालकी शेर्पा र...बाँकी अंश →


बेपत्ता मजदुरको खोजी गर्न आग्रह

बनेपा, ९ कात्तिक ,,   बनेपमा रिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका एक मजदुर बेपत्ता भएको भन्दै खोजी गर्न उनका परिवारले आग्रह गरेका छन् । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–५ पुराना झाँगाझोली घर भई विगत २०÷२२ वर्षदेखि बनेपा नगरपालिका–९ शाहीटोल बस्दै आएका वर्ष ४२ का बखतबहादुर तामाङ यही कात्तिक २ गतेदेखि हराएको उहाँकी...बाँकी अंश →


उपत्यकामा दशैँको समयमा १४ को मृत्यु

काठमाडौँ, ८ कात्तिक,,   काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका...बाँकी अंश →


राससकर्मी श्रेष्ठको निधन

काठमाडौँ, ८ कात्तिक ,,   राष्ट्रिय समाचार समितिमा करीब दुई दशकदेखि कार्यरत सवारी चालक चन्द्रलाल श्रेष्ठको आज बिहान निधन भएको छ । कलेजोको समस्याले पीडित श्रेष्ठको मीनभवनस्थित निजामती सेवा अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०२६ मा सिन्धुपाल्चोकको सिपावाडे गाउँमा जन्मनुभएका उहाँका श्रीमती, तीन छोरी र...बाँकी अंश →


फरार व्यक्ति पक्राउ

काठमाडौँ, ८ कात्तिक,,   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले भ्रष्टाचार मुद्दामा दोषी ठहर भाई फरार रहेको एक व्यक्तिलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पुनरावेदन अदालतले २०५७ साल पुस २१ गते अख्तियार दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा ललितपुर जिल्ला धापाखेल गाविस–९ का रामकुमार खड्कालाई रु एक करोड तेइस लाख...बाँकी अंश →


प्राकृतिक कारणले सात गैँडा मरे

चितवन, ८ कात्तिक,,   चितवन राष्ट्रिय निकुञ्जमा साउनयता प्राकृतिक कारणले सातवटा गैँडा मरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार बिभिन्न कारणले गैँडा मरेका हुन् । उहाँका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी भएर मरेको हो ।...बाँकी अंश →


‘महिलाविरुद्धका भेदभाव अन्त्य गर्न संविधान प्रगतिशील’

काठमाडौँ, ७ कात्तिक,,   महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालको संविधानले महिला हकहितलाई उच्च महत्व दिँदै उनीहरुको सशक्तीकरणमा जोड दिएको बताउनुभएको छ । जेनेभामा मङ्गलबार महिलाविरुद्धका भेदभाव उन्मूलन समितिको ७१औँ बैठकमा नेपालको छैटौँ आवधिक प्रतिवेदन प्रस्तुत गर्दै सो कुरा बताउनु भएको हो । उहाँले महिला अधिकार संरक्षण र...बाँकी अंश →


‘नेपाल बौद्धिक सम्पत्ति संरक्षणप्रति गम्भीर’

काठमाडौँ, ७ कात्तिक,,   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले बौद्धिक सम्पत्तिलाई संविधानतः मौलिक अधिकारका रुपमा स्थापित गरी यसको संरक्षण गर्न नेपाल सरकार गम्भीर रहेको बताउनुभएको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लुआइपिओ) का महानिर्देशक फ्राङ्सिस गुरीसँग मङ्गलबार अपराह्न जेनेभामा भएको भेटवार्ताका क्रममा उहाँले बौद्धिक सम्पत्तिसम्बन्धी पूराना कÞानूनको पुनर्विचार गर्दै राष्ट्रिय...बाँकी अंश →


मोहनी नखः सम्पन्न

काठमाडौँ, ७ कात्तिक,,   नेवार समुदायले नखत्या भ्वय् (भोज ) गर्दै आफ्नो सबभन्दा ठूलो चाड मौलिक मोहनी नखः सकाएको छ । मोहनी सिन्ह(टीका)लाई विशेष महत्व दिइने मोहनी नखः काठमाडौँ, ललितपुर, भक्तपुरसहित दोलखा, पाल्पा, पर्सा आदि स्थानलगायत कामका लागि अमेरिका, बेलायत, जापान आदि विभिन्न मुलुकमा बसोबास गर्ने नेवार समुदायले मनाएको हो ।...बाँकी अंश →


नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौँ, ७ कात्तिक ,,   नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ । यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter