०७ माघ २०८१

प्रदेश ३

मलेसियाका मन्त्री पशुपतिमा

काठमाडौँ, १२ कात्तिक,,   नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संसाधनमन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गर्नुभएको छ । करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहनुभएका उहाँले पशुपति नाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गर्नुभएको थियो । मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव...बाँकी अंश →


प्रधानमन्त्री अस्पतालमा

काठमाडौँ, १२ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जानुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार केही दिनयता प्रधानमन्त्री ओलीको रुघा खोकी सामान्य अवस्थामा नआएपछि आज अस्पताल जानुभएको हो ।बाँकी अंश →


सबैको ध्यान चितवनमा ,, प्रचण्ड

चितवन, ११ कात्तिक ,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उहाँले भरतपुर नमूना महानगर...बाँकी अंश →


प्रमको स्वास्थ्यमा त्रमिक सुधार

काठमाडौँ, ११ कात्तिक,,   प्रधानमन्त्री केपी शर्मा ओली मौसमी रुघाखोकी र हल्का ज्वरोबाट सामान्य अस्वस्थ हुनुभएका कारण चिकित्सकको सल्लाहबमोजिम दुई दिनदेखि नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आराम गरिरहनुभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले आज जारी गरेको प्रेस नोटअनुसार हाल ज्वरो नियन्त्रणमा आई प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार...बाँकी अंश →


‘शान्तिमण्डल’ मुआब्जा विवाद केन्द्र सरकारलाई मिलाउन माग

काठमाडौँ, ११ कात्तिक ,,   ‘तीनकुने शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवाद केन्द्र सरकारले मिलाउनुपर्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । ‘शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन । मुआब्जाको कुरा कामपाले नभई केन्द्र सरकारले मिलाउनुपर्ने कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । “तीन वर्षअघि नै नमूना तयार गरी...बाँकी अंश →


कम लागतमा उत्पादन बढाउन कुखुरापालन सङ्गोष्ठी

चितवन, ११ कात्तिक ,,   अन्तर्राष्ट्रिय कुखुरापालन सङ्गोष्ठी आजदेखि यहाँ शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय रामपुरको आयोजना तथा नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, मिचिगन स्टेट युनिभर्सिटी अमेरिका, खाद्य तथा कृषि सङ्गठन,...बाँकी अंश →


काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, ११ कात्तिक,,   काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुश गरिएको छ । यद्यपि दिउँसोको समयमा भने...बाँकी अंश →


सबैको राय र सुझाव समेटेर विधान संशोधन हुन्छ ,, नेता सिंह

काठमाडौँ, १० कात्तिक ,,   नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबैको राय र सुझावलाई समेटेर पार्टीको विधान संशोधन गर्ने बताउनुभएको छ । नेपाली काँग्रेस टोखा नगरपालिका ८, ९, १० र ११ वडाले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले समयअनुसार सबैलाई समेट्नेगरी विधान संशोधन गर्ने बताउनुभएको हो ।...बाँकी अंश →


प्रदुषणको कारण बन्दै ‘पोलिष्टर खादा’

काठमाडौँ, १० कात्तिक,,  अतिथि एवं मान्यजनको सम्मान र स्वागतमा लगाइने ‘पोलिष्टर खादा’को प्रयोगपछि उचित व्यवस्थापन हुन नसक्दा प्रदुषणको कारण बन्दै गएको छ । पोलिष्टरको खादा सहजै र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले विशिष्ट कार्यक्रमदेखि समान्य घरायसी कार्यक्रमसम्म यसको प्रयोग संस्कृतिका रूपमा विकसित हँुदै गएको छ । यस्ता खादा नेपालमा चीनबाट...बाँकी अंश →


अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री थापाले विदेशी नेपाल प्रवेश गर्दा पहिलो पटक अध्यागमनसँग ठोक्किने भएकोले यो क्षेत्रमा सुधार अनिवार्य रहेको टिप्पणी गर्नुभयो...बाँकी अंश →


कम उमेरमै बलात्कारको शिकार

काठमाडौँ, ९ कात्तिक ,,   बालिकाहरु नै बलात्कारको उच्च जोखिममा छन् । सजिलै प्रलोभनमा पार्न सक्ने र आफ्नो उद्देश्य पूरा गर्नसक्ने भएकाले पनि उनीहरु बढी जोखिममा परेका हुन् । कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नं २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्या यसैको एउटा उदाहरण हो । देशलाई नै तरङ्गीत...बाँकी अंश →


नारायणीमा नयाँ पुल बनाइने

चितवन, ९ कात्तिक,,  चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ । चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैंँडाकोट नगरपालिकामा मानवबस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो । यससँगै पूर्व–पश्चिम यात्रा गर्ने सवारीको चाप पनि बढ्दै गएको छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter