ललितपुर, १३ कात्तिक ,, महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि प्रमुख क्षेत्रीले...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक ,, ललितपुरको जावलाखेल मैदानमा चार दिने १२ औँ गोदावरी पुष्प मेला हुने भएको छ । कात्तिक १५ देखि १८ गतेसम्म आयोजना हुने सो प्रदर्शनी पुष्प व्यवसाय प्रवद्र्धन गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउनु रहेको छ । ‘रोपेर पूmल गोदावरी, सजाआँै घर आँगन...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक ,, कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले नेपालले छिमेकी मूलुक चीनको विकासको गतिलाई समात्न प्रयत्न गर्नुपर्ने आवश्यकता आंैल्याउनुभएको छ । नेपाल र चीनको सिचुवान प्रान्तको चिया संस्कृतिको बारेमा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले दुवै देशबीचको सम्बन्ध अनुपम र प्रगाढ रहेर पनि नेपालले चीनको विकासबाट लाभ...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक,, लगातार ओरोलो लाग्दै शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । कारोवार मापक नेप्से परिसूचक १० दशमलब १४ बिन्दुले घटेर एक हजार २१७ दशमलब ३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलब शून्य एक बिन्दुले घटेर २५८ दशमलब...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक,, राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गर्नुभएकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक ,, राजा मानदेवको पालादेखि प्रचलनमा आएको ऐतिहासिक देवी नाच ३७ वर्ष पछि गोकर्णेश्वर क्षेत्रको गोकर्ण देशेमा प्रदर्शन भइरहेको छ । विजयादशमीका दिनदेखि प्रदर्शन शुरु हुने यो नाच माघ महीनासम्मका विभिन्न चाडपर्वका अवसरमा गोकर्णेश्वर क्षेत्रमा प्रदर्शन गरिन्छ । पाँचौ शताब्दीमा राजा मानदेवको पालादेखि विसं २०३८ सम्म प्रदर्शन गरिएको...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक ,, काठमाडौँको वसन्तपुरस्थित ऐतिहासिक माजुदेगःको पुनःनिर्माण आजदेखि शुरु भएको छ । विसं २०७३ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त भएको उक्त मन्दिर पुनःनिर्माण काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज यहाँ पूजा गरी शुभारम्भ गर्नुभयो । कामपा हनुमान ढोकादरबार संरक्षण समितिबाट सानु सुवाल र पवन जोशीको नेतृत्वको प्राकृतिक कम्पनीलले...बाँकी अंश →
धादिङ, १२ कात्तिक,, जिल्ला अस्पताल धादिङको नवनिर्मित बहिरंग भवन जिल्ला अस्पताललाई आज हस्तान्तरण गरिएको छ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले भवनको उद्घाटन गर्नुभयो । अमेरिकेयर्स फाउण्डेशनको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । सुविधासम्पन्न बहिरङ्ग सेवा दिन मिल्ने गरी भवनको डिजाइन गरिएको छ भने भवनका लागि उपकरण र फर्निचरसमेत सहयोग...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक ,, राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ...बाँकी अंश →
काठमाडाँै, १२ कात्तिक ,, नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । यहाँ आज आयोजित समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरानले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी...बाँकी अंश →
काठमाडौँ, १२ कात्तिक ,, विगत चार दिनदेखि नेपालमा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अन्तिम दिन वसन्तपुर घुमाइँदैछ । आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार आज दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिनेछ । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार...बाँकी अंश →
वीरगञ्ज, १२ कात्तिक,, लोक आस्थाको पर्वका रुपमा रहेको छठपर्वको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सजाइने काम भइरहेको छ । कतिपय पोखरी तथा घाटमा सरसफाइसमेत गरिने काम शुरु भएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाको पौराणिक महत्व बोकेको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: