काठमाडौँ, १५ कात्तिक,, सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । पहिलो चरणमा सचिव राईले बटम थिचेर ५० वटा परिचयपत्र छाप्नुभएको हो । पाँचथर र...बाँकी अंश →
काठमाडौँ, १५ कात्तिक,, जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी...बाँकी अंश →
काठमाडौँ, १५ कात्तिक ,, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको उपचारमा टोलीका संयोजक...बाँकी अंश →
काठमाडौँ, १५ कात्तिक ,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालीम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको छ । नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा...बाँकी अंश →
काठमाडौँ, १५ कात्तिक,, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरी भ्रम सिर्जना गर्ने कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ बस्दै आएका स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो । पाथीभरा अनलाइन डटकममा...बाँकी अंश →
बनेपा, कात्तिक १५,, काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिका–६ बनखुचौरको स्वास्थ्यचौकी भवन अहिलेसम्म नबन्दा स्वास्थ्यकर्मीले टहरामा नै बसेर सेवा प्रवाह गरिरहेका छन् । गत २०७२ सालको भूकम्पबाट क्षति भएको भवन पुनःनिर्माणका लागि कोरियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले प्रसूति गृहसहितको भवन निर्माणका लागि काम गरेको दुई वर्ष बितिसक्दा समेत भवनको...बाँकी अंश →
काभे्रपलाञ्चोक, १५ कात्तिक,, पनौती नगरपालिका–४ ऐरी गाउँ बस्ने ६४ वर्षका रुद्रबहादुर तामाङलाई चार केजी ९९५ ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले तामाङको घरमा बुधबार राति खानतलासी गर्दा कोठाभित्र टाङ बनाई धोक्रोभित्र बेरी राखेको अवस्थामा गाँजा बरामद गरिएको बताउनुभयो । उहाँले तामाङको...बाँकी अंश →
काठमाडौँ, १५ कात्तिक,, ललितपुर महानगरपालिकाले पुल्चोकस्थित इञ्जिनीयरिङ अध्ययन सस्थान, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय भवन कम्पाउण्ड र जावालाखेलमा पर्यवरणीय÷हरियाली ( इकोपार्क ) निर्माण गर्ने भएको छ । यसका लागि महानगरले इञ्जिनीयरिङ अध्ययन सस्थानको अति सुन्दर एवं आकर्षक राणाकालीन मूल भवन तथा राष्ट्रसङ्घीय भवन वरिपरिका कमाउण्डको पर्खाल भत्काउने जनाएको छ । “ती दुई...बाँकी अंश →
भक्तपुर, १४ कात्तिक ,, सूर्यविनायक नगरपालिका– १ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४९ जना स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको आज सम्पन्न १७ औँं स्थापना दिवस एवं ज्येष्ठ सदस्य सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सूर्यविनायक नगरपालिकका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र संस्थाका...बाँकी अंश →
काभे्रपलाञ्चोक, १४ कात्तिक,, काभे्रपलाञ्चोकमा सञ्चालितमध्ये आठ हजार ५५० सवारी साधन नियम उलङ्घन गरेबापत चालू आर्थिक वर्षको पहिलो तीन महीनामा कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाईका अनुसार सवारी नियम उल्लङ्घन गरेबापत विभिन्न सवारी साधनलाई कारवाही गर्दा बितेको तीन महीनाको अवधिमा रु ५० लाख ५४ हजार...बाँकी अंश →
दोलाखा, १४ कात्तिक ,, दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । संरक्षित वन्यजन्तु सालकको खपटा बिक्री...बाँकी अंश →
काठमाडौँ, १४ कात्तिक,, मुलुकभरी आज भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन भएको छ । बिहीबारसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले २७९ वटा बुथमा ५५८ महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ । भिटामिन ए सँगै जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा पनि बालबालिकालाई उक्त अवसरमा वितरण गरिने छ । बालभिटा...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: