०८ माघ २०८१

प्रदेश ३

मनाइयो काग तिहार

काठमाडौँ, १९ कात्तिक,,   कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठा मीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक शुरु भएको छ । कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने...बाँकी अंश →


सयपत्री माला बिक्री वितरण

काठमाडौँ, १९ कात्तिक,,   यस वर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत शुरु भएको छ । तिहारको लागि भारतबाट सयपत्री फूल ल्याइसकिएको छ । नेपालमा उत्पादन भएका सयपत्री फूल पनि बिक्रीका लागि तयारी अवस्था रहेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।...बाँकी अंश →


माला गाँस्न र बजार लैजान चटारो

भक्तपुर, १९ कात्तिक ,,    वर्षैदेखि व्यावसायिक रुपमा मखमली फूलको खेती गर्दै आएका चाँगुनारायण नगरपालिका–९ ताथली बालाटोलका बासिन्दालाई यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान चटारो भएको छ । उक्त टोलका बिनिता बालाको परिवार यतिखेर मखमली फूलको माला गाँस्न र बजार लैजान व्यस्त छन् । बिनितामात्र होईन बाला टोलका...बाँकी अंश →


वातावरण र विकासबीचको सम्बन्ध अन्योन्याश्रित हुनुपर्छ ः वनमन्त्री बस्नेत

काठमाडौँ, १९ कात्तिक,,   वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले आइतबार आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै सोही अनुसार नै मन्त्रालयले आफ्ना योजना अघि बढाईरहेको र विकासलाई वातावरणमैत्री बनाउन चाहन्छौँ भन्नुभयो...बाँकी अंश →


रत्नपार्कमा ‘काग’ सम्मेलन

काठमाडौँ, १९ कात्तिक,,   प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको काग सम्मेलनमा १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर...बाँकी अंश →


तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

काठमाडौं, १९ कार्तिक ,,   राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याउनुभएको महत्वपूर्ण योगदान राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ ।...बाँकी अंश →


काँग्रेसको बैठक मङ्गलबार

काठमाडौँ, १८ कात्तिक,,   नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मङ्गलबार बस्ने भएको छ । उक्त पार्टीले आज प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ । –––बाँकी अंश →


वाम बुद्धिजीवी तुलाधर रहनुभएन

काठमाडौँ, १८ कात्तिक,,   वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उहाँको परिवारका एक सदस्यले राससलाई जानकारी दिनुभयो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व...बाँकी अंश →


कोटेश्वर–कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र

काठमाडौँ, १८ कात्तिक,,   निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ । केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । उहाँले भन्नुभयो, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।” कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको...बाँकी अंश →


मेलम्चीको काम तीव्र गतिमा

काठमाडौँ, १८ कात्तिक,,   मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ । आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताउनुभयो । ‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको...बाँकी अंश →


हनुमानढोका क्षेत्रको पुनःनिर्माण तीव्र

काठमाडौँ, १८ कात्तिक,,   हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्र रूपमा भइरहेको छ । यहाँ झण्डै तीन दर्जन सम्पदा छन्, जसमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो । भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ...बाँकी अंश →


दुर्घटनामा दुईको मृत्यु

काभे्रपलाञ्चोक, १८ कात्तिक,,   काभे्रपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । काभे्रपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter