०८ माघ २०८१

प्रदेश ३

फरार चालक पक्राउ

भक्तपुर, २६ कात्तिक,,   यही कात्तिक २२ गते अपराह्न ४ बजे एक पैदलयात्रीलाई ठक्कर दिइ फरार रहेको एक निजी सवारीसाधन र चालकलाई प्रहरीले चार दिनको अनुसन्धानपछि आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठक्कर दिने बा१४च १९५९ नं गाडी र सोही गाडीका चालक दोलखा कालिञ्चोक गापा वडा नं ४ बस्ने २०...बाँकी अंश →


काङ्ग्रेस नेता उप्रेतीको निधन

काठमाडौँ, २६ कात्तिक,,   नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद उप्रेतीको ८४ वर्षको उमेरमा आज निधन भएको छ । नेता उप्रेतीको निधनले पार्टीलाई मर्माहत बनाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक आन्दोलनमा स्व उप्रेतीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । स्व उप्रेतीका श्रीमती,...बाँकी अंश →


पचली भैरव मन्दिर जीर्ण बन्दै

काठमाडौँ, २६ कात्तिक ,,  काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित पचली भैरव मन्दिर संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं २०७२ को भूकम्पले मन्दिरमा क्षति पुगेपछि मन्दिर तथा त्यस आसपास क्षेत्रमा जोखिम बढेको छ । लामो समयदेखि सामान्य मर्मत तथा जीर्णोद्धार हुन नसकेकाले मन्दिरको अस्तित्व अहिले ओझेलमा परेको हो । करीब दुई...बाँकी अंश →


प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक,,  प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त हुनुभएको छ । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नियुक्त हुनुभएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को...बाँकी अंश →


पर्यटकीय गुरुयोजना अन्तिम चरणमा

चितवन, २६ कात्तिक ,,   पर्यटकीय नगरी सौराहालाई केन्द्रविन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय गन्तव्यस्थलहरूको विकास कार्यलाई गुरुयोजनामा समावेश गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले दुई वर्षअघि थालिएको गुरुयोजना निर्माणको...बाँकी अंश →


किशोरीलाई भारत लैजान खोज्ने दुई नियन्त्रणमा

बेत्रावती, २६ कात्तिक,,   नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई...बाँकी अंश →


तुलाधरको योगदान नेपाल र नेपालीले स्मरण गरिरहने छन् ः राष्ट्रपति

काठमाडाँै, २५ कात्तिक ,,   राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले स्व तुलाधरकी धर्मपत्नी नीलशोभालाई आज समवेदना सन्देश पठाउँदै देश, जनता र लोकतन्त्रप्रति समर्पित साहसी तथा अथक योद्धा एवं पूर्वमन्त्री तुलाधरको असामयिक निधनले आफूलाई अत्यन्त...बाँकी अंश →


शीतभण्डार निर्माण गरिँदै

हेटाँैडा, २५ कात्तिक ,,   मकवानपुरको थाहा नगरपालिकामा रु ११ करोड ५० लाखको लागतमा शितभण्डार निर्माणको शुरुआत गरिएको छ । प्रदेश नं ३ सरकारको ‘एक जिल्ला एक शितभण्डार’ निर्माण अभियान अन्तर्गत यहाँ शितभण्डार निर्माण थालिएको हो । शितभण्डार निर्माण गर्न प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा थाहा नगरपालिका...बाँकी अंश →


शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह

काठमाडौँ, २५ कात्तिक,,   व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५÷७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला...बाँकी अंश →


ग्यास ट्यांकर दुर्घटनामा दुईको मृत्यु

धादिङ, २५ कात्तिक,,  पृथ्वीराजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारमा ग्यास बुलेटले ठक्कर दिँदा आज दुई बटुवाको मृत्यु भएको छ । भारतबाट काठमाडौँतर्फ आउँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यास बोकेको ट्यांकरले सडक किनारमा हिँडिरहेका बेनीघाट रोराङ –५ निवासी ३५ वर्षीया गीता नेपाली र उनकी छोरी २१...बाँकी अंश →


माइतीघर र चाबहिलमा स्थानान्तरण गर्न सकिने पुल

काठमाडौँ, २५ कात्तिक ,,   काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्षको बजेटमा रु १२ करोड नयाँ आकाशे पुल निर्माण गर्न छुट्याइएको छ । यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार...बाँकी अंश →


‘सङ्घीय सरकारको जानकारीमा मुख्यमन्त्रीको भ्रमण’

काठमाडौँ, २५,,   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकार र प्रदेश मन्त्रिपरिषद्मा जानकारी दिएरै थाइल्याण्डमा उपचार र संयुक्त राज्य अमेरिकाको निजी भ्रमणमा जानुभएको बताइएको छ । उहाँ सुटुक्क अमेरिका जानुभएको भनी आलोचना भएकामा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राससलाई प्रतिक्रिया दिँदै लामो समयदेखि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter