बेत्रावती, २८ कात्तिक,, नुवाकोटको ग्रामीण भेगमा नेपाली सिक्का (पैसा)को दुरुपयोग बढ्दै गएको छ । सिक्का गालेर विभिन्न स्वरूपका गहना बनाउने होडबाजीले पछिल्लो समय जिल्लाको विभिन्न स्थानमा सिक्काको दुरूपयोग बढ्दै गएको हो । यस सम्बन्धमा प्रहरीसमक्ष सूचना आए पनि उजुरी नपर्दा नियन्त्रणमा कठिनाइ भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो ।...बाँकी अंश →
मेलम्ची, २८ कात्तिक ,, जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सदस्य देशबहादुर तामाङमाथि खुकुरी र बियरको बोतल प्रहार भएको छ । आक्रमणमा परी तामाङ गम्भीर घाइते हुनुभएको छ । सोमबार मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा तामाङमाथि आक्रमण भएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख बालकुमारी सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अराजक तत्वको जमातले...बाँकी अंश →
सौराहा, २८ कात्तिक,, माउसँग क्रमशः अलग गराएर छावा हात्तीको चुनौतीपूर्ण तालीम शुरु हुन्छ । तान्त्रिक विधिबाट देवीदेवताको पूजा गरी छावालाई खवारीको खाँबोमा बाँधेर शुरु हुने यो तालीमबारे सुन्नेलाई रमाइलो लाग्न सक्छ तर तालीम दिने माउते र लिने छावालाई चाहिँ यो कष्टप्रद हुन्छ । दाना, आहार र पानीसमेत कम दिई साँझ...बाँकी अंश →
काठमाडौँ, २८ कात्तिक,, मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ । आज दिउँसो देशको पश्चिमी...बाँकी अंश →
काठमाडौँ, २८ कात्तिक,, महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको उद्दार गरिएको हो । वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले विभिन्न डान्सबारमा काम गर्नुका साथै मनोरञ्जन...बाँकी अंश →
चितवन, २७ कात्तिक,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भन्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नुभयो, “विचारले...बाँकी अंश →
ललितपुर, २७ कात्तिक,, तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथ मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको शुरुआत यहीँबाट गर्नुभएको थियो । मन्दिरको पुनःनिर्माण भने ठेकेदार कम्पनीले निर्माण सामग्रीको...बाँकी अंश →
काठमाडौँ, २७ कात्तिक,, छठ पूजा गर्न थालेसँगै काठमाडौँको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडाँैमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारीएको छ । छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय...बाँकी अंश →
काठमाडौँ, २६ कात्तिक,, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गर्नुभएको छ । हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उहाँहरुले भाग लिनुहुनेछ । चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल...बाँकी अंश →
काठमाडौँ, २६ कात्तिक,, ऐतिहासिक र धार्मिक महत्व रहेको पाटनको प्रसिद्ध कात्तिक नाच आजदेखि शुरु भएको छ । नाचको पहिलो दिन आज साँझ बाथ प्याँख नाचअन्तर्गतको सेव लायगु देखाइँदैछ । बाथ प्याँख(बाठोको नाच) शिक्षामूलक हुने कात्तिक नाच प्रबन्ध समितिले बतायो । प्रत्येक दिन साँझ कात्तिक डबलीमा नाच देखाइने गरिएको छ ।...बाँकी अंश →
चितवन, २६ कात्तिक,, शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ । फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ । वीर अस्पताल काठमाडौँका वरिष्ठ छाती रोग विशेषज्ञ डा अषेश ढुङ्गानाका अनुसार एक दिनमा ११ हजार लिटर...बाँकी अंश →
काठमाडौँ, २६ कात्तिक,, नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ । मुलुकका विभिन्न क्षेत्रमा बसोबास...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: