काठमाडौँ, ३० कात्तिक,, नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०१९ मा दिल्ली डेयर डेभिल्समै रहने भएका छन् । सन्दीपलाई दिल्लीले लगातार दोस्रो पटक आफ्नो टिममा राखेको हो । आइपिएलको अघिल्लो संस्करणमा दिल्लीले पहिलो पटक उनलाई टिममा लिएको थियो । उनी आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन्...बाँकी अंश →
काठमाडौँ, ३० कात्तिक,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनमा नेपाल सरकार लागिपरेको बताउनुभएको छ । दक्षिण कोरियाको राजधानी सोलमा भएको सूचना तथा सञ्चार प्रविधि नेतृत्वसम्बन्धी कार्यशालालाई बिहीबार सम्बोधन गर्दै उहाँले शैक्षिक उन्नयनका निम्ति सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग...बाँकी अंश →
भक्तपुर, ३० कात्तिक,, दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट प्रहरीले रामेछाप सुनापाती गाउँपालिका–७ बेथान घर भई हाल भक्तपुर नगरपालिका १० महालक्ष्मीस्थान बस्ने २२ वर्षीय रामलाल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले तामाङको साथबाट ६४० ग्राम खबटासहित...बाँकी अंश →
बेत्रावती, ३० कात्तिक,, किशोरी बलत्कारको अभियोगमा नुवाकोट प्रहरीले विदुर नगरपालिका–४ बट्टारका दुई जनालाई पक्राउ गरेको छ । स्थानीय बादल श्रेष्ठ र रवीन थापालाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार नुवाकोट जिल्ला अदालतमा जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बतीस वर्षीय...बाँकी अंश →
काठमाडौँ, ३० कात्तिक,, यस वर्षको ‘गोपाल–कमल राजभण्डारी रोटरी पुरस्कार’ प्रविधि र अनुसन्धानको क्षेत्रमा काम गर्ने व्यक्ति वा संस्थालाई दिइने भएको छ । रोटरी क्लब काठमाडौँले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पुरस्कारका लागि विज्ञान प्रविधि र अनुसन्धानका क्षेत्रमा काम गरी समाजलालाई योगदान पु¥याउने जो कोहीले पनि आवेदन दिन पाउने र...बाँकी अंश →
काठमाडौँ, २९ कात्तिक,, दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थायी ल्याण्डफिल निर्माणको काम केन्द्र सरकारले अघि बढाइसकेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोल भरिएपछि दीर्घकालीन फोहर राख्ने स्थान निर्माण गर्न लागिएको हो । अहिले केन्द्र सरकारले निर्माण गर्न लागिएको दीर्घकालीन फोहर...बाँकी अंश →
साँखु, २९ कात्तिक,, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गरिने बताउनुभएको छ । काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटनमा पुग्नुभएका खनालले भन्नुभयो, “समाजमा केही खराब मान्छे छन् जसले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको...बाँकी अंश →
काठमाडौँ, २९ कात्तिक । कुलेश्वर आवास परिवार कल्याण सँस्था, साहित्य कला संस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११०औँ जन्मजयन्ती बुधबार मनाइएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानिसले सत्यम् सुन्दरमको जीवन जिउनुपर्छ भन्नुभयो । साहित्यकार राम विनयले संयोजन गरेको कार्यक्रममा देवकोटा सम्बन्धमा सीताराम नेपाल, गणेश मार्मिक, श्याम सापकोटा, किरणकेन...बाँकी अंश →
चितवन, २९ कात्तिक,, चितवन राष्ट्रिय निकुञ्जका एक सिङ्गे गैँडा नजिकका बस्तीसँगै शहरी क्षेत्रमा पस्न थालेपछि संरक्षणमा चुनौती थपिएको छ । नियमितजसो गैँडा बस्ती आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढेसँगै वासस्थानको समस्याले बस्ती पसेको अनुमान गरिएको छ । चितवन जिल्लाको प्रमुख शहर नारायणगढ बजारको बेलचोक र...बाँकी अंश →
भक्तपुर, २८ कात्तिक ,, विभिन्न जिल्लाका अग्नि नियन्त्रकलाई सुरक्षित भएर आगो नियन्त्रण गर्ने उच्च प्रविधिसहितको प्रशिक्षक प्रशिक्षण तालीम भक्तपुरमा शुरु गरिएको छ । जुद्ध बारुणयन्त्र भक्तपुर र नागरिक उड्डयन प्राधिकरण सानोठिमिको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक यो तालीम आजदेखि शुरु भएको हो । जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरका सूचना अधिकृत विजय धौभडेलको...बाँकी अंश →
काठमाडौँ, २८ कात्तिक,, पत्रकार राजेश सापकोटालाई ‘ब्रेन स्ट्रोक’ भएपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार शुरु गरिएको छ । कात्तिक २३ गते भाइटीकाको दिन अपराह्न अकस्मात् शरीरको दाहिने भाग नचलेपछि परिवारका सदस्यले उहाँलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पु¥याएका थिए । मुटुमा कुनै समस्या नदेखिएपछि गङ्गालालले तत्कालै न्युरो अस्पताल बाँसबारी स्थानान्तरण...बाँकी अंश →
काठमाडौँ, २८ कात्तिक,, प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: