०९ माघ २०८१

प्रदेश ३

काङ्ग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

काठमाडौँ, ९ मङ्सिर,,   प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।...बाँकी अंश →


चोभारको प्रवद्र्धन गर्दै कलाकार

चोभार कीर्तिपुर, ८ मङ्सिर,,   नेपालको राजधानी काठमाडाँै उपत्यकाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वको चोभार आफैँमा सुन्दर पर्यटकीय क्षेत्र हो । कीर्तिपुर नगरपालिका–६ मा पर्ने चोभारबाट देखिने सुन्दर दृश्यसहित मञ्जु पार्क, बहँदै गरेको वागमती नदी, नदी छेबैको जलविनायक मन्दिर डाँडामाथि आदिनाथको मन्दिर, गुफा र केहीनजिक रहेको टौदह आफैँमा धार्मिक...बाँकी अंश →


लेक लागेर पर्यटकको मृत्यु

चरिकोट, ८ मङसिर,,  दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीयस्थल कालीञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । काठमाडौँ काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले...बाँकी अंश →


प्रहरी महानिरीक्षक खनाल स्वदेश फिर्ता

काठमाडौँ, ८ मङ्सिर,,   प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी अपराध सङ्गठन(इन्टरपोल)को ८७ औँ महासभामा भाग लिएर स्वदेश फिर्ता हुनुभएको छ । महानिरीक्षक खनाल मङ्सिर २ गतेदेखि ५ गतेसम्म युनाइटेड अरब इमिरेटस (दुबई) मा भएको इन्टरपोलको ८७ औँ महासभामा भाग लिएर आज बिहान १०.१५ बजे स्वदेश फर्कनुभएको हो । विश्वका १९२...बाँकी अंश →


अरनिको राजमार्गमा ११ टन फोहर सङ्कलन

काठमाडौँ, ८ मङ्सिर,,   स्वच्छ, सफा, सुन्दर, हराभरा, लागुऔषध तथा दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यका साथ थालिएको अरनिको राजमार्ग सफाइ अभियानमा आज ११ टन फोहर सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा आज भएको उक्त अभियान जिल्लाको मध्यपुरथिमि नगरपालिकाअन्तर्गत कौशलटारदेखि गठ्ठाघरसम्मकके सो राजमार्ग सफाइ गरिएको हो । अभियानमा करीब ३७५...बाँकी अंश →


बाल विवाह गर्ने पक्राउ

बेत्रावती, ८ मङ्सिर ,,  बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ । गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । गत...बाँकी अंश →


विदेशी चरा चितवनमा

चितवन, ८ मङ्सिर,,   रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् । सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताउनुभयो ।...बाँकी अंश →


सवारी दुुर्घटनाप्रति काङ्ग्रेसद्वारा दुुःख व्यक्त

काठमाडौँ, ७ मङ्सिर,,   नेपाली काङ्ग्रेसले बिहीबार साँझ भएको बस दुुर्घटनाप्रति दुुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी डा के आइ सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ मा भएको दुर्घटनाप्रति दुुःख व्यक्त गरेको हो । बिहीबार साँझ विद्यालयको बस दुुर्घटना हुुँदा १८ जनाको मृत्युु भएको थियो...बाँकी अंश →


गुफा संरक्षणमा सहयोग

काभे्रपलाञ्चोक, ७ मङ्सिर,,   मण्डनदेउपुर नगरपालिका– ११ ज्याम्दीमा देवीदेवता आकृतिको देउती गुफाको संरक्षण तथा व्यवस्थापन गर्न रु ४० लाख बढी सहयोग जुटेको छ । गुफाभित्रका आकृति संरक्षण तथा मन्दिरसम्म जाने बाटो बनाउन असोज अन्तिमसाता आयोजित सप्ताह महायज्ञमार्फत उक्त रकम जुटाइएको स्थानीय समाजसेवी गणेशप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार ज्याम्दी डाँडाको पूर्व...बाँकी अंश →


महानगरका विद्यालयको शिक्षाको गुणस्तर ल्याइने

काठमाडौँ, ७ मङ्सिर,,   काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याउने भएको छ । आज काठमाडाँै महानगरपालिका शिक्षा विभागले आयोजना गरेको काठमाडाँै महानगरीय शिक्षा रुपान्तरण अभियानअन्तर्गतको ‘सुधार–सोच’ निर्माण गोष्ठीमा महानगरले नगरभित्रका सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याई निजी विद्यालयको दाँजोमा पु¥याएको भएको हो । महानगरका उपप्रमुख हरिप्रभा खड्गीले विद्यालयको...बाँकी अंश →


सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकार्य हो प्रतिस्पर्धा होइन– अर्थमन्त्री

काठमाडौँ, ७ मङसिर,,   अर्थमन्त्री डा युवराज खतिवडाले समाजवादको लक्ष्य प्राप्तिका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घद्वारा आज यहाँ आयोजित सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उहाँले हाम्रो विकासको ढाँचा...बाँकी अंश →


जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री हुने

काठमाडौँ, ७ मङ्सिर,,   जोशी हाइड्रो पावर कम्पनीले रु १४ करोड ४८ लाख ४६ हजार बराबरको साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले यही मङ्सिर १६ गतेदेखि साधारण शेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको शेयर छिटोमा मङ्सिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ । नेपाल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter