०९ माघ २०८१

प्रदेश ३

सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडौँ, १४ मङ्सिर,,   सिद्धार्थ बैंकले रु दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्न लागेको हो । बैंकले १० दशमलव ५ प्रतिशतका दरले ब्याजसमेत दिने जनाएको छ । नेपाल धितोपत्र बोर्डले यही मङ्सिर ६ गते स्वीकृति दिएको...बाँकी अंश →


काबेली करिडोर : वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति

काठमाडौँ, १४ मङ्सिर,,  काबेली क्षेत्रमा उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न निर्माण हुने काबेली करिडोर प्रसारण लाइन निर्माणका लागि सरकारले मार्ग प्रशस्त गरिदिएको छ । रुख कटानीको स्वीकृति नहुँदा उक्त प्रसारण लाइन निर्माणमा ढिलाइ हुँदै आएको थियो । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रसारण लाइनको क्षेत्रभित्र...बाँकी अंश →


बलात्कारी बाबुलाई २३ वर्ष कैद सजाया

चौतारा १४ मङ्सिर,,   जिल्ला अदालत सिन्धुपाल्चोकले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरी गर्भवती तुल्याउने बाबुलाई २३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले अभियुक्तबाट पीडितलाई रु ७० हजार क्षतिपूर्ति भराउनेसमेत फैसाला गरेको श्रेस्तदार लेखनाथ पौडेलले जानकारी दिनुभयो । दुई वर्षअधि श्रीमतीको मृत्यु भएका अभियुक्तले मादकपदार्थ...बाँकी अंश →


‘काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी’

काठमाडौँ, १४ मङ्सिर,,   नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दलद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत रहेको पार्टी हो...बाँकी अंश →


माडीवासीका मागका सम्बन्धमा अध्यक्ष दाहालको चासो

चितवन, १४ मङ्सिर,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिनुभएको छ । सो क्षेत्रका सांसद समेत रहनुभएका दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिनुभएको हो । दुई दिनअघि जङ्गली हात्तीले दुई...बाँकी अंश →


कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटनमा

ललितपुर, १४ मङ्सिर,,   कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान मङ्गलबजार पुग्नुभएका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका...बाँकी अंश →


प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर,,   प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले आज यहाँ भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु...बाँकी अंश →


राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर ,,  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको...बाँकी अंश →


जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ, १४ मङ्सिर,,   काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो । मङ्सिर १३ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना गरिएको एशिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार...बाँकी अंश →


वडा कार्यालय भवन शिलान्यास

चितवन, १४ मंसिर,,   भरतपुर महानगरपालिका ं १३ न वडा कार्यालयको निर्माण गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो । महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको...बाँकी अंश →


लागुऔषधसहित दुई भारतीय पक्राउ

काठमाडौँ, १४ मङ्सिर ,,   महानगरीय प्रहरी वृत्त थानकोटले लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । वृत्तको टोलीले चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट वि आर१एच ६९०८ नंको भारतीय कार जाँचका क्रममा लागुऔषधसहित भारत विहारका १९ वर्षीय सविर अली र सोही स्थानका ५५ वर्षीय करण सहनीलाई बिहीबार राति पक्राउ गरेको हो ।महानगरीय प्रहरी...बाँकी अंश →


सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड

काठमाडौँ, १३ मङ्सिर,,   म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter