काठमाडौँ, २७ मङ्सिर ,, नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताउनुभएको छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनबारे आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटकीय दृष्टिले दुवै देश महत्वपूर्ण भएकाले कार्यक्रम बनाएर प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो...बाँकी अंश →
काठमाडौँ, २७ मङ्सिर,, धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव छ बिन्दुले बढेर एक हजार १४८ दशमलव ७८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ६४ बिन्दुले बढेर...बाँकी अंश →
काठमाडौँ, २७ मङ्सिर ,, ( नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण तथा बक्यौता असुलीमा तोकिएको लक्ष्य पूरा गर्ने कार्यालयका प्रमुखलाई थप भत्तासहितको प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ । प्राधिकरणले विद्युत् माग बढाउन, चुहावट नियन्त्रण गर्न र बाँकी बक्यौता भए असुली गर्न देशव्यापी रुपमा नै कार्य सम्पादन करार सम्झौता शुरु...बाँकी अंश →
चरिकोट, २७ मङ्सिर,, दोलखामा २०७२ को भूकम्पले भवन ध्वस्त भई टहरामा अध्ययन गर्दै आएका पाँच विद्यालयका विद्यार्थीको पक्की भवनमा अध्ययन गर्ने सपना पूरा भएको छ । हिमाली जिल्ला दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जङ्गुमा रहेको चार विद्यालय र वैत्येश्वर गाउँपालिका–८ यवोको एक विद्यालयमा सेभ द चिल्ड्रेनले पक्की भवन निर्माण गरी दिएसँगै बालबालिकाको...बाँकी अंश →
ललितपुर, २७ मङ्सिर ,, महिला, बालबालिकाको विषय स्थानीय तहले हेर्ने भए पछि अहिले महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन भएको छ । विभागको दरबन्दी आधाभन्दा बढी कटौती भएको र बाँकी कर्मचारीसमेत जिम्मेवारीविहीन भएको यहाँ कार्यरत शाखा अधिकृत विनोदकुमार खनालले बताउनुभयो । सबै अधिकार स्थानीय तहमा गइसकेपछि अहिले विभागमा कुनै पनि कार्यक्रम...बाँकी अंश →
काठमाडौँ, २६ मङ्सिर,, नेपाल उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवद्र्धन गर्न आगामी पुस ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ गर्ने भएको छ । मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका हस्तकलासाथै जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका घरेलु वस्तु प्रदर्शन गरिने छ । आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष...बाँकी अंश →
काठमाडौँ, २६ मङ्सिर ,, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्ष अगाडि राजधानी परिवर्तन नगरिने र आगामी...बाँकी अंश →
काठमाडौँ, २६ मङ्सिर,, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि विज्ञान र प्रविधिको क्षेत्रमा क्रान्ति आवश्यक रहेकामा जोड दिनुभएको छ । शिक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले विज्ञान र प्रविधिलाई जीवनका सबै क्षेत्रमा पु¥याउन र यसको विकास गर्न नसके समृद्धिको...बाँकी अंश →
काभ्रेपलाञ्चोक, २६ मङ्सिर,, धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा ८३ प ३३५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धुलिखेल नपा–३ कुत्तालका २० वर्षीय सन्त तामाङ गम्भीर...बाँकी अंश →
ललितपुर, २६ मङ्सिर,, जिल्लामा भूकम्पपीडितको निजी आवास निर्माणका लागि पहिलो किस्ता लिने लाभग्राहीको सङ्ख्या २४ हजार ४११ पुगेको छ । जिल्लाभरमा जम्मा २८ हजार ३८२ लाभग्राही रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय योजना कार्यान्वयन एकाइअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ । अहिलेसम्म सूचीकृत लाभग्राहीमध्ये चार हजार लाभग्राहीले पहिलो किस्ता लिन...बाँकी अंश →
काठमाडौँ, २६ मङ्सिर,, सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५...बाँकी अंश →
भक्तपुर, २६ मङ्सिर,, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताउनुभएको छ । भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । जनताले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: