१० माघ २०८१

प्रदेश ३

विश्व शारीरिक सुगठनमा महर्जनलाई स्वर्ण

काठमाडौँ, १ पुस,,  विश्व शारीरिक सुगठनमा नेपालका महेश्वर महर्जनले स्वर्ण पदक जित्न सफल भएका छन् । थाइल्याण्डको चाङमईमा भइरहेको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा महेश्वरले शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण जितेका हुन् । १२ खेलाडी सहभागी उक्त स्पर्धामा भारतीय खेलाडी दोस्रो र सिङ्गापुरका खेलाडी तेस्रो...बाँकी अंश →


जेसम साहित्य यात्रा भक्तपुरमा

भक्तपुर, १ पुस,, सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् । कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश...बाँकी अंश →


निबन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौँ, १ पुस,,  अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा दीना कंसकार प्रथम, ललिता धाख्वाः द्वितीय र सुषमा बज्राचार्य तृतीय हुनुभएको थियो भने नितेश शाहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । प्रतियोगितमा २८ निबन्धकारबीच...बाँकी अंश →


पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौँ, १ पुस ,,  प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल...बाँकी अंश →


सङ्घीयताको कार्यान्वयनका लागि समन्वय आवश्यक–उपप्रम पोखरेल

काठमाडौँ, २९ मङ्सिर ,,  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सङ्घीय संरचनाअनुरुप मुलुकको प्रशासनिक तथा वित्तीय व्यवस्थालाई प्रभावकारी रुपमा अघि बढाइने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको २४औँ वार्षिकोत्सव तथा महानगर महोत्सवको आज वसन्तपुरमा उद्घाटन गर्दै उहाँले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहको सरकारबीच समन्वयका साथ अघि बढ्ने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री...बाँकी अंश →


DoTM registers 8,000 vehicles

Kathmandu, Dec 14 ,,  The Department of Transport Management (DoTM) has registered 8,000 public vehicles across the country till Friday, a day before the deadline government set in a bid to end transport syndicate. Earlier, most of public vehicles were registered at the transport committee. The DoTM had issued a...बाँकी अंश →


Opportunity for graduates within country-Education Minister

Banepa, Dec 14,, Minister for Education, Science and Technology Girirajmani Pokharel said the government was effortful to create opportunities for the graduates from universities and technical institutes within the country. Addressing the 24th convocation ceremony of the Kathmandu University at Dhulikhel of Kavrepalanchowk, Minister Pokharel urged the graduate students to...बाँकी अंश →


घ्याङफेदी दुर्घटना .. मृतकको सङ्ख्या २० पुग्यो

बेत्रावती, २९ मङ्सिर ,,  नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ मिनीट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र घाइते भएका १५ जनाको काठमाडाँैमा उपचार भइरहेको छ । दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना हुँदा घटनास्थलमा नै १८ जना र उपचारका...बाँकी अंश →


कलङ्की महाराजगञ्ज सडक विस्तारका लागि अध्ययन शुरु

ललितपुर, २९ मङ्सिर,,  चक्रपथको कोटेश्वर कलङ्की सडक निर्माण पूरा हुँदै गर्दा कलङ्कीदेखि महाराजगञ्ज सडकको अध्ययन शुरु भएको छ । यो सडकमा कति ‘अण्डर पास’ तथा कति आकाशे पुल आवश्यक पर्ने र त्यसका लागि कति लगानी चाहिनेजस्ता कुरा अध्ययनले टुङ्गो लगाउने सडक विभागका सहप्रवक्ता रमेशकुमार सिंहले बताउनुभयो । चिनियाँ सरकारले नै...बाँकी अंश →


आधुनिक कृषि बजारलाई जग्गा माग

काठमाडौँ, २८ मङ्सिर,, गैर आवासीय नेपाली सङ्घले आधुनिक कृषि बजार निर्माण गर्न जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । सङ्घका उपाध्यक्ष कुलदीप आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले आज कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनाललाई भेट गरी सो आग्रह गरेको हो । सङ्घले काठमाडौँमा कृषिजन्य पदार्थको प्रशोधन केन्द्र र काठमाडौँ बाहिर...बाँकी अंश →


एउटा कोठामा चार वटा कक्षा सञ्चालन

धादिङ, २८ मङ्सिर ,,  एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा एउटा कोठामा चारवटा कक्षा सञ्चालन भइरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । कुचुक्क परेको...बाँकी अंश →


आधा अर्ब अमेरिकी डलरका सामग्री निर्यात

  काठमाडौँ, २८ मङ्सिर,,  दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात व्यापार गर्ने क्षमता भएको नेपालले मुस्किलले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । विश्व बैंकले आज राजधानीमा सार्वजनिक गरेको ‘आधा भरिएको ग्लास’ शीर्षकको प्रतिवेदनका सम्पादक सञ्जय कथुरियाले नेपालमा व्यापार–लगानीका अथाह सम्भावना भए पनि यहाँ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter