१० माघ २०८१

प्रदेश ३

‘व्यावसायिक जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक’

काठमाडौँ, ५ पुस,,  प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको नेपाली शिक्षा बेरोजगार उत्पादन गर्ने शिक्षा जस्तै बनेको बताउनुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदा प्रतिवेदनमाथिको छलफलमा प्रधानमन्त्री ओलीले शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै...बाँकी अंश →


एसइई प्रदेश सरकारले सञ्चालन गर्ने

काठमाडौँ, ५ पुस,,  यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको सामाजिक विकास...बाँकी अंश →


फाजिलका कर्मचारीलाई व्यवस्थापन गर्न माग

काठमाडौँ, ५ पुस,,  नेपाल जनस्वास्थ्य सङ्घले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत फाजिल (जगेडा)मा रहेका वरिष्ठ कर्मचारीलाई तत्काल व्यवस्थापन गर्न माग गरेको छ । दशाँै तहका मात्र करीब ४० कर्मचारी फाजिलमा रहेका बताइन्छ । सङ्घका अध्यक्ष श्रीकृष्ण भट्टले आज सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भेट गरी प्रदेशअन्तर्गत स्वास्थ्य सेवा विभाग गठन गर्न...बाँकी अंश →


महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा

काठमाडौँ, ५ पुस,,  तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ । सूचना छिटो छरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई...बाँकी अंश →


बनेपाको पाउरोटी उद्योगमा सिल

काभ्रेपलाञ्चोक, ५ पुस,, बनेपा नगरपालिका–८ बसपार्कस्थित शाक्य पाउरोटी उद्योगमा नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभाग डिभिजन कार्यालय धुलिखेलले सिल गरेको छ । स्थानीयवासी मीरा शाक्यले बिना अनुमति २०३३ सालदेखि उक्त उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । विभागबाट अनुमति नलिएको, पाउरोटी उत्पादन गर्न प्रयोग गरिएका सामग्री सरसफाइमा ध्यान नदिएको तथा केही...बाँकी अंश →


स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारीमा कामपा

काठमाडौँ, ५ पुस,, काठमाडौँ महानगरपालिकाले स्मार्ट जेब्रा क्रसिङ निर्माणको तयारी गरेको छ । अहिले कामपामा करीब १०० स्थानमा परम्परागत जेब्रा क्रसिङ छन् । मानिसको आवागमनको हिसाबले उक्त सङ्ख्या अत्यन्तै कम हो भने भएका स्थानमा पनि धेरै नदेखिने अवस्थामा छन् । त्यसैले मानिसको अत्यधिक चाप हुने स्थानमा कामपाले स्मार्ट जेब्रा क्रसिङ...बाँकी अंश →


एक महीनादेखि नगरवासी खानेपानीबाट वञ्चित

गौशाला, ५ पुस,, महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका बासिन्दा विगत एक महीनादेखि खानेपानीबाट बञ्चित रहेका छन् । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महोत्तरी जलेश्वरबाट खानेपानी धाराको लाइन लिएका जलेश्वर नगरपालिकाका एक हजार १८१ उपभोक्ता विगत एक महीनादेखि खानेपानी पाउन नसकेर हैरान छन् । जलेश्वर नगरपालिकाको साविक वडा १, २, ३,...बाँकी अंश →


तीन उद्योगबाट उत्पादित सिमेन्टमा म्याग्नेसियम बढी

काठमाडौँ, ५ पुस,, तीनवटा ओपिसी सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टमा मात्राभन्दा बढी म्याग्नेसियम देखिएको छ । गुणस्तर तथा नापतौल विभागले गरेको जाँचमा होङ्सी सिमेन्ट उद्योग (नवलपरासी), अर्घाखाँची सिमेन्ट उद्योग (रुपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट उद्योग (बारा)बाट उत्पादित हुने सिमेन्टमा म्याग्नेसियम अधिकतम देखिएको हो । अधिकतम पाँच प्रतिशतसम्म म्याग्नेसियम हुनुपर्नेमा नापजाँचका क्रममा...बाँकी अंश →


फाइलन प्रवेशका लागि भैरहवा र काठमाडौँ भिड्दै

काठमाडौँ, ५ पुस,, यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि हुने दोस्रो क्वालिफायर खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने दोस्रो क्वालिफायरमा काठमाडौँ किङ्ग्स–११ र भैरहवा ग्लाडियटर्सले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो क्वालिफायरका लागि प्रतिस्पर्धा गर्न मैदान उत्रदा रोहन मुस्तफाको कप्तानीमा रहेको काठमाडौँ र शरद...बाँकी अंश →


नगरबासीका लागि निःशुल्क दुर्घटना बीमा

भरतपुर, ५ पुस,,  चितवनको माडी नगरपालिकाले सबै नगरवासीका लागि रु पाँच लाखको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । जङ्गली जनावरको आक्रमण, बाढीलगायतका घटनाले वर्षेनी धनजनको क्षति बढ्न थालेपछि नगरपालिकाले बीमा कार्यक्रम अघि बढाएको हो । शिखर इन्सुरेन्ससँग आइतबार नगरपालिकाले दुर्घटना बीमा सम्झौता गर्दैछ । “माडी नगरपालिका र शिखर इन्सुरेन्सबीच...बाँकी अंश →


त्रिशूलीमा बेपत्ता तामाङको खोजी शुरु

बेत्रावती, ५ पुस,, चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब १०० जनाको टोली तामाङ हराएको स्थान पेरैबेँसीस्थित त्रिशूली नदीमा खोजीमा परिचालन गरिएकोे छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको...बाँकी अंश →


घरेलु उद्योगजस्तै कारागार

चितवन, ५ पुस,,  आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका अधिकांश कैदी हस्तकलाका सामग्री बनाउन व्यस्त देखिन्छन् । कारागारभित्र कैदीले बाँस काट्दै गरेका, डोरी तान्दै गरेका र मुढा बुन्दै गरेको देख्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter