११ माघ २०८१

प्रदेश ३

झण्डै नौ प्रतिशतले धानको उत्पादन वृद्धि

काठमाडाँै, १२ पुस,,  यसवर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । यद्यपि अझै माग...बाँकी अंश →


आक्रमणकारी बिरुद्ध मुद्दा दायर

काभ्रेपलाञ्चोक, १२ पुस,, सामान्य विवादका क्रममा खुकुरी र रडले आक्रमण गर्ने तेमाल गाउँपालिका–६ ठूलोपर्सेलका तीन विरुद्ध ज्यान मार्ने उद्योगमा धुलिखेल जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरिएको छ । मङ्गलबार साँझ उक्त गाउँपालिका–६ होटलडाँडास्थित बसपार्कमा सामान्य विवादका क्रममा स्थानीय ५० वर्षका रकम तामाङ, २३ वर्षका फन्जु तामाङ र १७ वर्षका पाल्देन तामाङले...बाँकी अंश →


छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

मेलम्ची, १२ पुस,,  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला पर्नुभएको छ । कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।...बाँकी अंश →


प्राज्ञ नियुक्तिप्रति असन्तुष्टि

काठमाडौँ, १२ पुुस,,  जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकर्मी सङ्घ, अखिल नेपाल नाट्यकर्मी सङ्घ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले...बाँकी अंश →


बसको ठक्करबाट बालकको मृत्यु

रत्ननगर, ११ पुस,, भरतपुर महानगरपालिका–५, रामबाघस्थित जागृति टोलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज फ्युचर मन्टेश्वरी स्कुलको ना१क ६३४३ नंको बसबाट झार्ने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा अध्ययन गर्ने धादिङ घर भई मामा घर बस्दै आएका चार वर्षीय अनम अर्यालको मृत्यु भएको हो । ठक्कर दिएपछि गम्भीर...बाँकी अंश →


कतारमा म्युजिक अवार्ड हुने

काठमाडौँ, ११ पुस,, हिमालयन नेपाली इभेन्ट्स प्रालिले कतारमा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’को आयोजना गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त प्रालिले आगामी माघ १८ गते कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गरिने जानकारी दिइएको हो । उक्त अवार्डका संयोजक डिएन घिसिङले असली सर्जक र सिर्जनाको उचित...बाँकी अंश →


राष्ट्रियसभामा कर्मचारी समायोजन अध्यादेश प्रस्तुत

काठमाडौँ, ११ पुस,, राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्नुभयो । संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न उक्त अध्यादेश गत मङ्सिर २३ गते जारी भएको थियो । बैठकले...बाँकी अंश →


प्रदेश नं ३ : चार विधेयक टेबल

हेटौँडा, ११ पुस,, प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा अर्थ तथा विकास समितिको प्रतिवेदनसहित चार वटा विधेयक छलफलका लागि प्रस्ताव टेबल गरिएको छ । प्रदेशसभाको अर्थ तथा विकास समितिका अध्यक्ष सरेश नेपालले विभिन्न समितिमा दफावार छलफल भइआएको प्रदेशमा सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयकको २०७५ को प्रतिवेदन र कृषि,...बाँकी अंश →


जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा.. राष्ट्रपति

चितवन, ११ पुस,,  राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ । १५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा जलवायु परिवर्तनको...बाँकी अंश →


तेस्रोपटक सर्दै आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ, ११ पुस,, प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ । प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता दुईदेखि तीन हप्तासम्म सर्ने राखेपले जनाएको छ । शुरुमा गएको मङ्सिरमा हुने तय भएको खेल आगामी माघ २५ देखि गर्ने गरी सारिएको...बाँकी अंश →


हिउँदे अधिवेशन शुरु

काठमाडौँ, ११ पुस,, सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सभामुख कृष्णबहादुर महराले उपस्थित सबै सदस्यलाई स्वागत गर्दै संसदको अधिवेशन आब्हान सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाउनुभएको थियो...बाँकी अंश →


हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका खेल्ने

काठमाडौँ, ११ पुस,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter