भक्तपुर, १३ पुस,, बिरामी भएर घरमै थला पर्नुभएका लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न ६३ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ । चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा लामो समयदेखि पक्षाघातलगायत विभिन्न रोगले थलिनुभएका लामिछानेको निधन भएको उहाँकी छोरी सम्झनाले जानकारी दिनुभयो । ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’..., ‘पिँढीमा...बाँकी अंश →
काठमाडौँ, १३ पुस,, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँको ज्ञानेश्वरमा आज अपराध नियन्त्रण सम्बन्धी चेतनामूलक प्र्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरी, ग्यालेक्सी पब्लिक स्कुल र सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालद्वारा काठमाडाँै ज्ञानेश्वरमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा...बाँकी अंश →
विदुर, १३ पुस,, नुवाकोटको मुख्य प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा व्यवस्थित शौचालय नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ५०० भन्दा बढीको भीड रहने सो कार्यालयको शौचालय सरसफाइ नगरिँदा सर्वसाधारण दुर्गन्ध मर्का परेको छ । “छोराको नागरिकता बनाउन आको, पिसाब लाएर शौचालय गएको थिएँ बाहिरबाट त राम्रो सानो भवनै जस्तो...बाँकी अंश →
विदुर, १३ पुस,, नुवाकोटकोे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सव रु दुई करोडको कारोवार गरी सम्पन्न भएको छ । विद्यालयमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले यसै साता आयोजित महोत्सव ६० हजार जनाले अवलोकन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले जानकारी दिनुभयो ।...बाँकी अंश →
बेत्रावती, १३ पुस,, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ । परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै तरकारी खेतीको प्रवद्र्धनका लागि अनुदानमा खेतबारी जोत्न ट्र्याक्टर वितरण गरेको जोन प्रमुख डा कमलराज गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार किसानलाई...बाँकी अंश →
काठमाडौँ, १३ पुस,, शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो ।...बाँकी अंश →
काठमाडौँ, १३ पुस,, मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीलाई शेयर लाभांशसहित सात दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकममध्येबाट हाल कायम चुक्ता पूँजीको छ दशमलव ८५ प्रतिशतले हुन आउने रु ७० करोड ४५ लाख ५८ हजार ५७०...बाँकी अंश →
काठमाडौँ, १३ पुस,, स्थानीय सरकारका प्रतिनिधिले नयाँ सङ्घीय कानूनको तर्जुमा र मौजुदा कानूनको संशोधन कार्यमा सम्बद्ध सरोकारवालाको रायसुझावलाई पर्याप्तमात्रामा समेट्न आग्रह गर्नुभएको छ । आगामी फागुन २० गतेको समयसीमालाई मध्यनजर गर्दै नेपाल सरकारले मौजुदा सङ्घीय कानूनको संशोधन, खारेजी तथा नयाँ कानून तर्जुमा प्रक्रिया तीव्रगतिमा अघि बढाइरहेको सन्दर्भमा स्थानीय सरकारका प्रतिनिधिमूलक...बाँकी अंश →
काठमाडौँ, १३ पुस,, राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गर्नुभयो । उहाँले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास व्यक्त गर्नुभयो । सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा...बाँकी अंश →
काठमाडौँ, १३ पुस,, जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मस्र्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । उक्त प्रतियोगितामा...बाँकी अंश →
चितवन, १३ पुस,, भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् । आँपटारीबाट केन्द्रीय बस...बाँकी अंश →
काठमाडौँँं, १३ पुस,, धनुषा जिल्लाको नगराइन नगरपालिका–६ लग्मास्थित वासुदेव राष्ट्रिय प्राविको भवन निर्माणका लागि जापान सरकारले रु ९० लाख ५० हजार सहयोग उपलब्ध गराउने भएको छ । विद्यालयको भवन निर्माणका लागि रकम उपलब्ध गराउने सम्बन्धमा नेपालस्थित जापानी दूतावासमा बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगो र विकास फाउण्डेशनका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: