११ माघ २०८१

प्रदेश ३

जनप्रतिनिधिले घरदैलो गर्ने

काठमाडौँ, १५ पुस,, तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् । जनताका गुनासा तथा समस्यालाई उजागर गर्न जनप्रतिनिधि आफैँ जनताको घरदैलोमा पुग्ने भएका हुन् । तारकेश्वर– ९ का वडाध्यक्ष बलराम सिटौलाका अनुसार नागरिकका समस्या सजिलै सम्बोधन गर्न सक्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो । कार्यक्रम...बाँकी अंश →


सन् २०१८.. निर्वाचन र सङ्घीयता कार्यान्वयनको वर्ष

काठमाडौँ, १५ पुस,,  सन् २०१८ विभिन्न राजनीतिक उतारचढावका घटनाले विश्व राजनीतिक मञ्चमा अविस्मरणीय रहे झैं नेपालका लागि पनि यो वर्षलाई निर्वाचन र सङ्घीयता कार्यान्वयनको दृष्टिले सम्झनलायक बनायो । सन् २०१८ मा नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नयाँ सरकार गठन र राजनीतिक स्थिरताको शुरुआत भयो । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन...बाँकी अंश →


छ महिना नपुग्दै २१ गैँडा प्राकृतिक कारणले मरे

चितवन, १५ पुस,, चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ । यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन्...बाँकी अंश →


चार महीनामा चार छावा

चितवन, १५ पुस,,  चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालीम केन्द्रमा चार महीनामा चार छावा जन्मिएका छन् । गत वर्ष निकुञ्जका हात्तीले छावा जन्माएका थिएनन् । हात्तीको प्रजननलाई ठूलो उपलब्धिको रूपमा लिइन्छ । खोरसोरस्थित उक्त केन्द्रका प्रमुख बुधन चौधरीका अनुसार कर्णालीकलीबाट शनिबार चौथो भाले छावा छावा जन्मिएको हो । यसअघि...बाँकी अंश →


सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा सिंह निर्वाचित

काठमाडौँ, १५ पुस,, सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा राकेश सिंह निर्वाचित हुनुभएको छ । केन्द्रको आज बिहान सम्पन्न मतगणनाअनुसार सिंहले ५३० मत ल्याई निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रनरसिंह अधिकारीले जानकारी दिनुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी लीलाप्रसाद ढकालले ४०९ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रथम उपाध्यक्षमा लक्ष्मण न्यौपाने, द्वितीय...बाँकी अंश →


गुण र दोष केलाइदिन उपप्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १५ पुस,,  उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाम गठबन्धनको चुनावी घोषणापत्र र सरकारको नीति तथा कार्यक्रममा आधारित भएर गुण र दोष केलाइदिन सञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा उहाँले साना साना विषयमा पनि निश्चित धुरीको आग्रहका आधारमा समाचार सम्प्रेषण गर्ने...बाँकी अंश →


बालगायक प्रिन्सको, ‘न मानामा नापिन्छ माया’

काठमाडौँ, १५ पुस,, चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आउनुभएका बालगायक प्रिन्स सिलवालको दोस्रो म्युजिक भिडियोको छायाङ्कन शुरु भएको छ । एघार वर्षीय प्रिन्सकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’को म्युजिक भिडियोमा अहिले प्रिन्स व्यस्त हुनुहुन्छ । सौराहामा सुन्दर पोशाकमा सजिएका थारू युवतीको ‘कोरस’ नृत्य...बाँकी अंश →


तमु ल्होसारको शुभकामना

काठमाडौँ, १५ पुस,,  पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङ जातिको महान् पर्व तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा...बाँकी अंश →


सभामुख महरा– शुभकामना

काठमाडौँ, १५ पुस,, सभामुख कृष्णबहादुर महराले गुरुङ जातिको चाड तमु ल्होसार–२०७५ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख महराले तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त तमु (गुरुङ) समुदायका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि...बाँकी अंश →


दुर्घटनामा आमाको मृत्यु, छोरा गम्भीर घाइते

गौशाला, १५ पुस,,  महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सोही दुर्घटनामा परेर उनका छोरा...बाँकी अंश →


स्वर्णपदक विजेता महर्जन पुरस्कृत

काठमाडौँ, १५ पुस,,  नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो । कार्यक्रममा वरिष्ठ चिकित्सक सन्दुक...बाँकी अंश →


पृथ्वीनारायण शाहको योगदानको चर्चा

काठमाडौँ, १५ पुस,,  पृथ्वीनारायण शाहको २९७औैँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय एकता दिवस तथा २९७औँ पृथ्वीजयन्ती मूल समारोह समितिले शनिबार यहाँ आयोजना गरेको नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह विषयक विचार गोष्ठीमा विद्वान वक्ताले उहाँले नयाँ नेपालको एकीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको छ । नेकपाका नेता तथा पूर्वमन्त्री भीम रावलले देशको निर्माणमा वडामहाराजाधिराजको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter