११ माघ २०८१

प्रदेश ३

प्राज्ञपरिषद् सदस्यको शपथ

काठमाडौँ, २२ पुस,, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा) का नवनियुक्त प्राज्ञपरिषद् सदस्यलाई आज शपथ गराइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सम्बन्धित प्रतिष्ठानका कुलपतिले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सो अवसरमा नेपाल सङ्गीत प्रज्ञा–प्रतिष्ठानमा कुलपति नारायणभक्त श्रेष्ठ (रायन)...बाँकी अंश →


शेयर बजार सात विन्दुले घट्यो

काठमाडौँ, २२ पुस,,  धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुुसार कारोवार मापक नेप्से परिसूचक सात दशमलव २२ विन्दुले घटेर एक हजार १७० दशमलव ७९ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव तीन विन्दुले घटेर २४८...बाँकी अंश →


सोह्र उद्योगका १९ वस्तुलाई गुणस्तर चिह्न प्रदान

काठमाडौँ, २२ पुस,, नेपाल गुणस्तर तथा नापतौल विभागले चालु आर्थिक वर्षमा १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । विभागले गुणस्तर मापदण्ड पुरा गरी उत्पादन गरेका १६ उद्योगबाट उत्पादित १९ वस्तुलाई उक्त चिन्ह प्रदान गरेको हो । विभागले अन्नपूर्ण भेजिटेबल प्रालि बाराबाट उत्पादित सोय तेल, सूर्यमुखी...बाँकी अंश →


दीर्घकालीन ल्याण्डफिल निर्माण गरिने

काठमाडौँ, २२ पुस,,  शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन रुपमा फोहर थुपार्न ल्याण्डफिल निर्माण गर्न डिजाइन तयारको काम गरिरहेको छ । लामो समयसम्म पनि कसले निर्माण गर्ने विवाद भइरहँदा गत मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयले निर्माण गर्ने निर्णय गरेपछि अहिले डिजाइनको काम गरिरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद...बाँकी अंश →


थारू संस्कृति जगेर्ना गर्न खिचरा महोत्सव

भरतपुर, २२ पुस,,  थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिएको छ । थारू समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैँटौ संस्करण यस वर्ष पनि हुनलागेको हो । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ गौचरनमा हुनलागेको महोत्सवको...बाँकी अंश →


पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

काठमाडौँ, २२ पुस,, पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ । पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ...बाँकी अंश →


कुखुरा व्यवसायी मञ्चमा पौडेल

चितवन, २२ पुस,, जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुनाथ भट्ट, तृतीय उपाध्यक्षमा डा रेवन्तकुमार भट्टराई, महासचिवमा ज्ञानबहादुर बिसुराल, सचिवमा रामलाल...बाँकी अंश →


नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा सङ्ख्या बढ्दै

चितवन, २२ पुस,, निभाले यसै हप्ता पहिलो सन्तानलाई जन्म दिँदैछिन् । एघार महीना पुग्न एकहप्ता मात्र बाँकी छ । पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् तीन वर्षीया–निभा । सुत्केरी हुन लागेकी निभालाई माता पिताको कुनै अत्तोपत्तो छैन । निभाका बारेमा माता पितालाई पनि जानकारी छैन । तर निभाका...बाँकी अंश →


गोकर्णेश्वर मेयर कप फुटबल प्रतियोगिता शुरु

काठमाडौँ, २२ पुस,, गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । गोकर्णेश्वर नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । कार्यक्रममा नेता सिंहले खेलाडीले सिकेका सीपलाई प्रयोग गरेर राष्ट्रिय...बाँकी अंश →


भक्तपुरमा ठूलो तरकारी बजार स्थापना

भक्तपुर, २१ पुस,,  काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ । सूर्यविनायक...बाँकी अंश →


आठ शैक्षिक संस्थालाई कृषि तथा वन विज्ञानको अनुमति

नवलपरासी, २१ पुस,, कृषि तथा वन विज्ञान विश्वविद्यालयले नेपालमा निजी क्षेत्रबाट सञ्चालित आठ शैक्षिक संस्थालाई यस वर्ष स्नातक तहका कक्षा सञ्चालनका लागि अनुमति प्रदान गरेको छ । विश्वविद्यालय अन्तर्गतको कृषि सङ्काय तर्फ सात र वन सङ्काय तर्फ एक निजी शैक्षिक संस्थालाई स्नातक तहको कक्षा सञ्चालन अनुमति प्रदान गरेको हो ।...बाँकी अंश →


लनटेनिस टोली थाइल्याण्ड प्रस्थान

काठमाडौँ, २१ पुस,, एशिया यू–१४ डेभलोपमेन्ट च्याम्पियनसीपमा सहभागी हुन सात सदस्यीय नेपाली लनटेनिस टोली आज बिहान थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । यही पुस २२ गतेदेखि माघ ४ गतेसम्म हुने प्रतियोगितामा समान नेपालबाट तीन÷तीन पुरुष÷महिला खेलाडीले सिङ्गल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उक्त टोलीमा पुरुषतर्फ आरभसम्राट हाडा, आर्यन गिरी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter