१० माघ २०८१

प्रदेश ३

अपाङ्गता भएका व्यक्तिको लागि तालीम

काठमाडौँ, २९ पुस ,,  स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल भकभके सङ्घद्वारा शनिबार आयोजित एक दिवसीय तालीममा १५ जना स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको थियो । सङ्घले ‘स्पिच थेरापी’ तालीम र स्वयंसेवी समूहसम्बन्धी कार्यक्रमको आयोजना गरेको हो...बाँकी अंश →


लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

काठमाडौँ, २९ पुस,, महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कारवाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला...बाँकी अंश →


नमोबुद्ध नगरपालिका र इँटा व्यवसायीबीच उद्योग हटाउन सम्झौता

बनेपा, २९ पुस,,  काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीमा सञ्चालन गरिरहेको इँटाभट्टा उद्योग हटाउने विषयमा भएको छलफलपछि आगामी २०७६ असार मसान्तभित्रमा त्यहाँबाट उद्योग हटाउने सम्झौता भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा नगरपालिका र इँटा व्यवसायीबीच शनिबार धुलिखेलमा भएको छलफलपछि त्यहाँबाट इँटाभट्टा हटाउने विषयमा आठबुँदे सम्झौता भएको हो । यसअघि नगरपालिकाले...बाँकी अंश →


साहित्यकार विनोदीलाई नागरिक अभिनन्दन

नवलपरासी, २९ पुस,,  वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई शनिवार पूर्वी नवलपरासीको गैँडाकोटका बासिन्दाले शनिबार नागरिक अभिनन्दन गरेका छन् । पूर्वी नवलपरासीको गैँडाकोटमा जन्मेर नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै गैँडाकोटका नागरिकका तर्फबाट भव्य अभिनन्नदन गरिएको हो । विनोदीको घरबाट शोभायात्रा निकाली गैँडाकोटका विभिन्न क्षेत्रमा परिक्रमा गराई नागरिक अभिनन्दन गरिएको ज्येष्ठ...बाँकी अंश →


दुर्घटनामा ३१ घाइते

धादिङ, २९ पुस ,, काठमाडौँबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनी घाटरोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जना घाइते भएका...बाँकी अंश →


राष्ट्रपतिबाट–राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौँ, २७ पुस,, राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गर्नुभयो । सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण...बाँकी अंश →


फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

भद्रपुर, २७ पुस,, झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो । विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक÷पटक छलफल...बाँकी अंश →


महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

काठमाडौँ, २७ पुस,, थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन,...बाँकी अंश →


प्रधानसेनापति भारत प्रस्थान

काठमाडौँ, २७ पुस,,  प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत...बाँकी अंश →


मुलुकको एकीकरण गरेकाले पृथ्वीनारायणको सम्मान : रक्षामन्त्री

काठमाडौँ, २७ पुस,,  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको एकीकरण अभियानमा पृथ्वीनारायण शाहलाई सम्मान गर्दा निरंकुश राजतन्त्रको कुरा नगरेको बताउनुभएको छ । आज २९७आँै पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतले आयोजना गरेको शोभायात्रा कार्यक्रममा उहाँले छरिएर रहेको नेपाल एक बनाउने अभियन्ताका रूपमा शाह रहेकाले सरकारले उहाँको जन्मजयन्तीलाई सम्मान...बाँकी अंश →


खेल सङ्घको विवाद समाधान हुँदै.. समितिको म्याद एक महीना थप

काठमाडौँ, २७ पुस,, युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ । गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय गठन भएको उक्त समितिको म्याद एक...बाँकी अंश →


निजी क्षेत्रबाट कृषि क्याम्पस

परासी, २७ पुस,,  कृषि क्याम्पस सञ्चालनमा आएपछि यहाँका विद्यार्थी उत्साहित भएका छन् । कृषि तथा वन विज्ञान सङ्काय अध्ययन गर्ने आफूहरुको चाहना साकार भएको विद्यार्थी बताउँछन् । पश्चिम नवलपरासीमा निजी क्षेत्रको पहलमा कृषि क्याम्पस सञ्चालनमा आएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले सुनवल–१२ भूमहीस्थित रामनगर टेक्निकल एण्ड...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter