काठमाडौँ, २९ पुस ९ ,, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद कमला रोक्काले रुकुम पूर्वमा सञ्चालित कतिपय विकास निर्माणका आयोजना अलपत्र अवस्थामा परेको भन्दै आयोजनालाई समयमै प्रभावकारी रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद डा मीनेन्द्र रिजालले आर्थिक समृद्धिको नारा लिएको सरकारले विलासिताको सुविधा उपयोग गर्नेगरी करोडौँ मूल्यमा सवारीसाधन...बाँकी अंश →
काठमाडौँ, २९ पुस ,, ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्टमा क्याथफेष्ट मेला २०१९ आजबाट शुरु भएको छ । ‘नेपालका समस्याहरुको समाधान’ भन्ने मूल नारासहित शुरु भएको सो मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्पmत सम्बोधन गर्न खोजिएको छ । सो प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया...बाँकी अंश →
काठमाडौँ, २९ पुस,, थाइल्याण्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा...बाँकी अंश →
काठमाडौँ, पुस २९ ,, वल्र्ड नेवाः अर्गनाइजेशन नेपाल च्याप्टरले सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले नेपालमा मातृभाषामा शिक्षा, उत्पीडितको पक्षमा कानूनमा संशोधनलगायतका मुद्दामा महत्वपूर्ण भूमिका खेल्नुका साथै पहिचान र सङ्घीयताको आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । सडक विस्तारका नाममा जनताकोे घरजग्गा अधिग्रहण...बाँकी अंश →
गौशाला, २९ पुस ९ ,, महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका–२ पर्सादेवार बस्ने हयियाद शेखका आठ वर्षका छोरा सदाम शेख रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । बिहान करीब ८ बजे गौशालाबाट...बाँकी अंश →
गलकोट, २९ पुस ,, नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आबद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताउनुभयो । उहाँका अनुसार जिल्लाका दश स्थानीय...बाँकी अंश →
काठमाडौँ, २९ पुस पूर्वाञ्चलमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कोशी करिडोर प्रसारण लाइन आयोजनाको धरानक्षेत्रमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदले एक सातामै प्रतिवेदन तयार पारी प्रदेश नं १ का मुख्यमन्त्री...बाँकी अंश →
चितवन, २९ पुस ,, आन्तरिक राजश्व कार्यालय भरतपुरले राजश्व विभागबाट यही पुस मसान्तसम्मका लागि दिइएको छुट र सहुलियतका विषयमा विद्यार्थीको हातबाट पर्चामार्फत अभिभावकलाई जानकारी गराएको छ । चितवन र नवलपुर जिल्ला हेर्दै आएको सो कार्यालयले दुवै जिल्लाका अधिकांश विद्यालयमा पुगेर विद्यार्थीमार्फत अभिभावकलाई पर्चा पठाएको हो । कार्यालयका प्रमुख शुभप्रसाद रिजालका...बाँकी अंश →
काठमाडौँ, २९ पुस,, नेपाली भाषाको जननी भए पनि पछिल्लो समय लुप्तप्रायः बन्न लागेको संस्कृतप्रतिको आकर्षण प्रौढहरूमा बढ्न थालेको छ । विद्यार्थीकालमा संस्कृत भाषा पढ्न नचाहनेले पनि व्यावसायिक कामका बेला ज्ञानको आवश्यकता महसुस गर्न थालेपछि यसप्रतिको आकर्षण बढेको हो । विद्यार्थीकालमा संस्कृत पढ्न नचाहेकाहरू पेशाले योग शिक्षकका रूपमा काम गर्न थालेपछि...बाँकी अंश →
गलकोट, २९ पुस ,, बागलुङ भित्रने जो कोहीले बुट्टेनलीका बारेमा जिज्ञासा राखेकै हुन्छन् – यो के हो ? कसरी बनाइन्छ ? तर, यसको स्पष्ट जवाफ जिल्लाका अधिकाँशसँग छैन । संस्कृति र परम्परा जोडिएका यी बुट्टेनली हातले कुँदेर तयार पारिन्छ । बागलुङको पहिचानका रुपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा प्रख्यात रहे पनि पुस्तान्तरण नहुँदा...बाँकी अंश →
चितवन, २९ पुस ,, पवित्र तीर्थस्थल देवघाटको बेनीमा सोमबार बिहान बाँसको लिङ्गो गाडेर शुरु गरिने माघे सङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । स्वदेशी तथा विदेशी पाँच लाखभन्दा बढी तीर्थालु भक्तजन भित्रिने सो मेला देवघाट क्षेत्र विकास समितिले गर्दै आएको छ । समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेका अनुसार मेला तयारीका...बाँकी अंश →
काठमाडौँ, २९ पुस ,, वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले यस्तो नेपाल कम्युनिष्ट पार्टीलाई संसदीय र शान्तिपूर्ण रुपबाट बहुमत प्राप्त सरकार भएको यस स्थितिबाट समाजवादतिर हिँडेमा संसारमा नै नमूना देखाउन सकिने बताउनुभएको छ । राणाविरोधी आन्दोलनका मुक्तियोद्धा (नेपालगञ्ज–धनगढी) मानन्धरले आफ्नो निवास मैतीदेवीमा रासससँगको अन्तर्वार्तामा मुलुकलाई समाजवादमा लैजान जनताको शिक्षा, स्वास्थ र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: