१० माघ २०८१

प्रदेश ३

प्याब्सन नुवाकोटको अध्यक्षमा कुइँकेल

नुवाकोट, २९ पुस  ,, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटको छैटौँ जिल्ला अधिवेशनले प्रकाश कुइँकेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा रजनी कार्की, सचिवमा पुरुषोत्तम अधिकारी, सहसचिवमा राममणि अधिकारी, कोषाध्यक्षमा रामजी भट्ट र सहकोषाध्यक्षमा तोयानाथ पोखरेल रहनुभएको छ । प्याब्सनमा जिल्लाका ४९ विद्यालय आबद्ध छन्...बाँकी अंश →


प्रहरीलाई प्रशिक्षण

काठमाडौँ, २९ पुस  ,,  संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका लागि सुडान जाने प्रहरी अधिकारीलाई प्रशिक्षण दिइएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा केन्द्रीय प्रहरी विशेष कार्यदल काठमाडौँमा सञ्चालित १६औँ समूहको प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको हो । कात्तिक ७ गतेदेखि शुरु ४८ दिने तालीममा १९८ प्रहरी अधिकारी सहभागी भएको...बाँकी अंश →


फूलचोकीमा बेपत्ता १६ फेला परे

ललितपुर, २९ पुस  ,,  महानगरीय प्रहरी परिसर ललितपुरले फूलचोकीमा घुम्न जाँदा बेपत्ता भएका १६ किशोरकिशोरी फेला पारेर अभिभावकलाई बुझाएको छ । बेपत्ता हुनेमा १२ किशोर र चार किशोरी थिए । शनिबार समूहमा घुम्न गएका उनीहरु जङ्गलमा हराएको परिसरले जनाएको हो । अपराह्न ४ः३० बजे उनीहरु हराएको भन्ने सूचनाका आधारमा प्रहरीले...बाँकी अंश →


गल्छी–रसुवागढी सडक निर्माण तीव्र गतिमा, मुआब्जा माग्दै स्थानीवासी आन्दोलनमा

बेत्रावती, २९ पुस ,,   राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने उक्त सडक ८२ किमीको छ । आयोजनाको समग्र काम हाल ३५ प्रतिशत सम्पन्न भएको छ । सरकारले उक्त सडक...बाँकी अंश →


प्राज्ञसभाका सदस्यको शपथ

काठमाडौँ, २९ पुस  ,,  नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञसभा सदस्यले शपथ ग्रहण गरेका छन् । प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले २४ सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । प्राज्ञसभा सदस्य प्रा केशव सुवेदी, रमा शर्मा, राम विनय (रामकुमार श्रेष्ठ), प्राडा खेम कोइराला बन्धु, प्राडा कपिल लामिछाने, आरडी...बाँकी अंश →


लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

हेटाँैडा, २९ पुस  ,, लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ४२०९ नंको ट्याङ्करलाई खानतलासी गर्ने क्रममा तेल ट्याङ्की र चेसिसको बीच भागमा रहेको खाली ठाउँमा लुकाइछिपाई राखेको अवस्थामा दुई लिटर लागुऔषध कोरेक्ससहित उनीहरुलाई पक्राउ गरिएको...बाँकी अंश →


पाकिस्तान र नेपालमा महिलाको अवस्था समान

काठमाडौँ, २९ पुस ,,  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले पाकिस्तान र नेपालमा महिलाको अवस्था समान रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको ‘पाकिस्तानी महिला लेखन’ पुस्तक लोकार्पण कार्यक्रममा मन्त्री ज्ञवालीले महिला लेखकको दोहोरो जिम्मेवारीको चर्चा गर्नुभयो । नेपाल र पाकिस्तानका बीचमा निकटता ल्याउन धेरै कुराले भूमिका खेलेको उहाँको भनाइ थियो...बाँकी अंश →


प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

हेटौँडा, २९ पुस  ,, प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश माग गर्नेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठकले...बाँकी अंश →


राहदानी विधेयक २०७५ माथिको संशोधन प्रस्तावमा छलफल

काठमाडौँ, २९ पुस  ,,  राष्ट्रिय सभा विधायन समितिले राहदानी विधेयक २०७५ माथि संशोधन प्रस्ताव हाल्ने सदस्यहरुसँग छलफल गरेको छ । समितिको आजको बैठकमा संशोधनकर्तासँग विधेयक संशोधन गर्नु पर्नाका औचित्य पुष्टि गर्न धारणा माग गरिएको थियो । बैठकमा विधेयकका बारेमा सांसदहरुले राख्नुभएको जिज्ञासाको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जवाफ दिनुभएको थियो । सभापति...बाँकी अंश →


काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, २९ पुस  ,,  काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ दशमलब ९ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ४ डिग्री सेल्सियस थियो ।...बाँकी अंश →


वार्ता टोली गठन

काठमाडौँ, २९ पुस ,, कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली आज गठन भएको मन्त्रालयले जनाएको छ ।...बाँकी अंश →


सामुदायिक विद्यालयमा वैज्ञानिक शिक्षामा जोड

विदुर, २९ पुस  ,,  समयानुकूल र वैज्ञानिक शिक्षाबाट समृद्ध समाज निर्माण गर्न राज्यले चाहे सम्भव रहेको सरोकार पक्षले बताउनुभएको छ । सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षण पद्धतिमा परिमार्जन हुनुपर्ने धारणा व्यक्त गर्दै अभिभावक, विद्यार्थीलगायत शैक्षिक क्षेत्रका व्यक्तिले शिक्षाको व्यापारलाई रोकेर यसलाई नैसर्गिक अधिकारका रुपमा र निःशुल्क बनाउनुपर्ने मागसमेत गर्नुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter