नुवाकोट, ३० पुस (रासस) ः माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती (नुवाकोट पट्टिको भू–भाग) मा गोरु जुधाउन शुरु भएको थियो...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, सडक विस्तारको काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटीदेखि लेले सरस्वती कुण्डसम्मको सडकको काम जम्मा २० प्रतिशतभन्दा बढी हुन सकेको छैन । सर्वाेच्च अदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेपछि काम अवरुद्ध हुँदा प्रगति कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।...बाँकी अंश →
गोदावरी, ३० पुस ,, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बन्दै गएको हो...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ । समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीलेसमेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल र बहराइनबीचको आर्थिक र सांस्कृतिक कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास भइरहेको बताउनुभएको छ । नेपाली राजदूतावास बहराइनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने काममा सहयोग गर्न त्यहाँ बसोवास गर्ने नेपाली समुदाय, सङ्घसंस्था...बाँकी अंश →
वीरगञ्ज, ३० पुस ९ ,, दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याउने सुनिश्चित भएको छ । सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म करीब ७० किलोमिटर लम्बाइको छ । तीमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती भारतीय...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गर्नुभएका महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाल महर्षि वैदिक फाउण्डेशनले यस अवसरमा आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्व शान्तिका लागि नेपालले नेतृत्व गर्नसक्ने महेश योगीको वाणीलाई पूरा गर्ने अभियानमा...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटको तेस्रो खेलमा नेपालले आज युएइको सामना गर्दैछ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले तेस्रो खेलमा बलियो टोली युएईविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार १२ः१५ मा शुरु हुनेछ । जारी प्रतियोगितामा दुवै टोली...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना गर्ने भएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय...बाँकी अंश →
काठमाडौँ, २९ पुस ,, कवि शिरोमणि लेखनाथ पौड्यालको १३५औँ जन्मजयन्तीका सन्दर्भमा कविता वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा पौड्यालले रचना गर्नुभएको ‘सत्य सन्देश’ प्रह्लाद पोखरेलले, ‘वसन्त कोकिल’ देवु लुइँटेलले र ‘नैतिक दृष्टान्त’ लोचन भट्टराईले वाचन गर्नुभएको थियो । डा सुधनकुमार पौडेल, आरएम डङ्गोल, विवश पोखरेल, तेजविलास...बाँकी अंश →
काठमाडौँ, २९ पुस ९ ,, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहालले विकास निर्माणका माध्यमबाट १० वर्षमा आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिइएको बताउनुभएको छ । नेपाल देशभक्त गणतान्त्रिक मञ्चले आज यहाँ आयोजना गरेको सम्मान एवं बाबा बस्नेतद्वारा लिखित खण्डकाव्य ‘सेतो फरिया’ विमोचन समारोहमा उहाँले परिणाममुखी परिवर्तनको बाटोमा अघि...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: