काठमाडौँ, १ माघ ,, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । लाभांश रकम...बाँकी अंश →
धादिङ, १ माघ ,, धादिङ उद्योग वाणिज्य सङ्घको आगामी तीन वर्षे कार्यकालका लागि रुद्रबहादुर खत्री निर्वाचित हुनुभएको छ । सोमबार भएको मतदानमा खत्री ६५४ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद थपलियाले ६१२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत ढोलकराज ढकालले जानकारी दिनुभयो । यसैगरि विष्णु श्रेष्ठ,...बाँकी अंश →
३० पुष, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि जापानी राजदुत मासामिचि साइगोले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुने सहयोग आदान प्रदानका विषयमा छलफल भएको छ । भेटमा राजदुत मासामिचिले उच्च प्रविधिमा आधारित फलफुल...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलव ७४ विन्दुले बढेर एक हजार १८६ दशमलव ८० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ०८ विन्दुले...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको आज यहाँ सम्पन्न साधारणसभाले रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव ००२३३ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो ।...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पाेरेशनको आज सम्पन्न साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस शेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो । वन तथा...बाँकी अंश →
बनेपा, ३० पुस ,, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि...बाँकी अंश →
भरतपुर, ३० पुस ,, रत्ननगर नगरपालिकाले जनप्रतिनिधिका लागि आचारसहिंता जारी गरेको छ । जनप्रतिनिधिलाई जिम्मेवार र पारदर्शी बनाउन जारी गरिएको आचारसंहिता आइतबार सम्पन्न चौथो नगरसभाले पारित गरेको हो । नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी गरिएको नगरप्रमुख नारायण वनले बताउनुभयो । आचारसंहितामा जनप्रतिनिधिले नगरपालिकाभित्र पान, गुड्खा...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको...बाँकी अंश →
काठमाडौँ, ३० पुस ,, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘भाषिक पत्रकारिताको व्यवस्था तथा आचारसंहिता’ विषयको अन्तरक्रियामा श्रेष्ठले भाषिक पत्रपत्रिका तथा साना लगानीका मिडियामा समानुपातिक विज्ञापन...बाँकी अंश →
काठमाडौँ, ३० पुस ९ ,, ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताउनुभयो । रु १८ करोडको लागतमा १८...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: