रसुवा, २ माघ ,, विवाह, छेवर तथा काजक्रियाजस्ता कार्यमा सेवन हुने मदिराजन्य पेय पदार्थ न्यूनीकरण गर्न पश्चिमी रसुवाको हाकु क्षेत्रमा प्रयास शुरु भएको छ । आमा छोदिङमो गापा–१ का वडाध्यक्ष निमा दिण्डु तामाङका अनुसार परम्परादेखि चल्दै आएको रीतिरिवाजलाई परिमार्जन गरी विसङ्गति हटाउन गाउँका जनप्रतिनिधि, लामा गुरु, स्थानीय आमा समूहलगायत युवा...बाँकी अंश →
काठमाडौँ, २ माघ ,, नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा...बाँकी अंश →
काठमाडौँ, २ माघ ,, थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज घरेलु टोली थाइल्याण्डलाई नौ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले...बाँकी अंश →
चितवन, २ माघ ,, स्मार्ट सिटी बनाउन लागिएको भरतपुर महानगरपालिकाभित्र जग्गा खण्डीकरण गर्न नदिइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गा कित्ताकाटको जिम्मेवारी स्थानीय तहलाई दिएपछि भरतपुर महानगरपालिकाले व्यवस्थित शहर निर्माणका लागि जथाभावी रूपमा कित्ताकाट गर्न रोक लगाएको हो । महानगर प्रमुख रेनु दाहालले विज्ञसँग परामर्श...बाँकी अंश →
भरतपुर, २ माघ ,, नारायणगढ–मुग्लिन सडकखण्डमा कुनै समय यात्रु र स्थानीयवासीले सबैभन्दा धेरै सास्ती खेप्नु पथ्र्यो । यो सडकको नाम लिने बित्तिकै धेरैको आङ सिरिङ्ग हुुन्थ्यो । चार वर्ष लगाएर सडक निर्माण सम्पन्न गरिएसँगै सो क्षेत्रको मुहार फेरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार गरिएपछि यस क्षेत्रका होटल तथा रेष्टुरेष्टको व्यापार...बाँकी अंश →
काठमाडौँ, २ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताउनुभएको छ । एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र...बाँकी अंश →
बेत्रावती, २ माघ ,, नुवाकोट, रसुवा र धादिङमा सेवा पु¥याउने उद्देश्यले विदुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ । खाद्य सामग्रीसम्बन्धी तीन जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउन कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान...बाँकी अंश →
भतरपुर, १ माघ ,, त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९.३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गँैडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिनुभयो । तनहुँतर्फबाट...बाँकी अंश →
चितवन, १ माघ ,, समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । पाँच वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको...बाँकी अंश →
काठमाडौँ, १ माघ ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गर्नुभएको छ । माघेसङ्क्रान्ति पर्वको अवसरमा अध्यक्ष दाहालले आज शुभकामना सन्देश दिनुहुँदै यस पर्वले सबै नेपालीलाई मुलुकको समृद्धि, विकास र निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने कामना...बाँकी अंश →
काभ्रेपलाञ्चोक, १ माघ ,, मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी...बाँकी अंश →
साँखु, १ माघ ,, काठमाडौँ उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् । यसका लागि चाबहिल साँखु सडकखण्ड एउटा उदाहारण बनेको छ । काठमाडौँ उपत्यकाको मुख्य केन्द्रका रुपमा परिचित चाबहिलबाट साँखुसम्म पुग्ने सडको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: