०४ माघ २०८१

प्रदेश १

तितेपातीबाट तेल उत्पादन

खोटाङ, १८ असोज,,   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ । पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो । करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको हो ।...बाँकी अंश →


ग्यासको मूल्य घट्यो

भोजपुर, १९ असोज,,   भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो । छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै...बाँकी अंश →


ताइवानी पर्यटकको मृत्यु

सोलुखुम्बु, १९ असोज ,,  लेक लागेर खुम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । ताइवानी चेनारी च्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक उदयप्रसाद कटेलले जानकारी दिनुभयो । सगरमाथा आधार शिविर घुम्न आएका च्याङकोबिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–...बाँकी अंश →


भैरवनाथ मन्दिरको जीर्णोद्धार शुरु

भादगाउँ, १९ असोज,,  भक्तपुरको टौमढीस्थित प्रसिद्ध भैरवनाथ मन्दिरको जीर्णोद्वार शुरु गरिएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त सो मन्दिर भक्तपुर नगरपालिकाले जीर्णोद्धार शुरु गरेको हो । नगरपालिकाले न्हुछेराम भेलेको अध्यक्षतामा गठन भएको उपभोक्ता समितिमार्फत सो मन्दिरको जीर्णोद्वार शुरु गरेको हो । पहिलो चरणमा मन्दिरको माथिल्लो छानाको जीर्णोद्वार गरिनेछ...बाँकी अंश →


आमाको सम्झनामा बालगृहलाई सहयोग

उर्लाबारी, १९ असोज ,,   सुनसरीको इटहरीका युवा व्यवसायी शिशिर खड्काले मोरङको उर्लाबारीस्थित नमूना बालगृहमा रु एक लाख ५५ हजार बराबरको सामग्री सहयोग गर्नुभएको छ । खड्काले आमा गीता खड्काको सम्झनामा खाद्यान्न, शैक्षिक सामग्री, खेलकूद, लत्ताकपडा, जुत्ता, खसीलगायत सामान सो गृहका सचिव जीवन घिमिरेलाई हस्तान्तरण गर्नुभयो । गृहमा ४८ बालबालिका आश्रित...बाँकी अंश →


दुर्घटना न्यूनीकरणका लागि महाअभियान

भद्रपुर, १९ असोज,,   पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि न्यूनीकरण गर्न प्रदेशस्तरीय महाअभियान सञ्चालन हुने भएको छ । आगामी मङ्सिर ४ गते बिर्तामोडमा अभियानको सुरुवात गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक महेन्द्र गिरीले जानकारी दिनुभयो । चार चरणमा सञ्चालन हुने महाअभियानको शुभारम्भ अवसरमा मङ्सिर ४ गते नेपालको चर्चित साङ्गीतिक...बाँकी अंश →


कलेजो पीडितलाई तीन लाख सहयोग

दमक, १९ असोज,,  कलेजो खराब भएकी दमक–१ की ३८ वर्षीया सुवित्रामाया योङहाङलाई प्रवासबाट रु तीन लाख सहयोग जुटेको छ । हाल बेलायत निवासी पाँचथर याङवरकका सरला योङहाङ (काम्बाङ) र भाइ होमित योङहाङले बिरामीको उपचारका लागि रु तीन लाख सङ्कलन गरी रकम हस्तान्तरण गर्नुभएको हो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ...बाँकी अंश →


सन्थाल बालबालिकालाई सहयोग

भद्रपुर, १८ असोज ,,   सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई आज वीरता जेसिजले विद्यालय पोशाक, झोलालगायत सामग्री सहयोग प्रदान गरेको छ । सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच वृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसिजले ती सामग्री प्रदान गरेको जेसिजका अध्यक्ष एकराज गिरीले बताउनुभयो...बाँकी अंश →


सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण तयारी

विराटनगर, १८ असोज,,   प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँंदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ भन्नुभयो । उहाँले प्रदेश नं १ अन्तर्गत...बाँकी अंश →


दुर्घटनामा साइकलयात्रीको मृत्यु, तीन घाइते

भद्रपुर, १८ असोज,,   पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बुट्टाबारी–चारआली सडकखण्डमा आज भएको सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ का ६० वर्षीय विष्णुप्रसाद विक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट झापाको चारआली हुँदै विर्तामोड आउँदै गरेको मे१ज २४६२...बाँकी अंश →


अलैँचीको विकल्प खोज्दै किसान

इलाम, १८ असोज,,   ‘खोल्सीको सुन’ उपनाम पाएको अलैँचीमा पछिल्लो समय रोग लागेपछि किसान यसको विकल्प खोज्न थालेका छन् । अलैँचीबाट पर्याप्त आम्दानी लिन थालेका बेला बगाननै मासिन थालेपछि किसान अन्योलमा छन् । केही वर्षअघि पनि यस्तै सङ्क्रमण देखा परेपछि किसानले अलैँचीखेती नै छाडेका थिए । पुनः अलैँचीमा सुधार भएपछि आफ्नो...बाँकी अंश →


खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ ः मुख्यमन्त्री राई

विराटनगर, १८ असोज ,,   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगर–१० मा स्थापित पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कार्यालको आज उद्घाटन गर्दै उहाँले विराटनगरस्थित दुग्ध...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter