०४ माघ २०८१

प्रदेश १

कालोपत्र गर्ने काम पुनः सञ्चालन

खोटाङ, २२ असोज,,   कालोपत्र गर्ने काम थालिएको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी र दिक्तेल–चखेवा सडकको काम पुनः सञ्चालन गरिएको छ । वर्षाका कारण तीन महीनाअघिदेखि रोकिएको दुवै सडक खण्डको कालोपत्रको काम हिउँद लागेसँगै पुनः सञ्चालन गरिएको हो । करीब रु एक अर्ब नौ करोड १९ लाखको लागतमा सम्पन्न हुनुपर्ने दिक्तेल–चखेवा ८८ किलोमिटर...बाँकी अंश →


बाइस वडामा अलैँची जोन कार्यक्रम

भोजपुर, २२ असोज ,,   जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ । अलैँची जोन क्षेत्र निर्धारणका लागि बसेको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरले आयोजना गरेको सो छलफलमा भोजपुर नगरपालिकाको वडा नं १ र २...बाँकी अंश →


आगलागीबाट रु छ लाखको क्षति

उर्लाबारी, २२ असोज ,,   मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित छत्रपाल राईको घरमा गए राति भएको आगलागीमा रु छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । राति करीब १० बजेको समयमा खोले पकाउने चुल्होबाट आगो सल्किँदा घर पूर्ण रूपमा नलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएको काठको घर, ४०...बाँकी अंश →


गौरादह खुला दिसामुक्त घोषणा

भद्रपुर, २२ असोज,,   प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरादह नगरपालिका बल्ल आइतबार खुला दिसामुक्त नगर घोषणा भएको छ । १२ हजार १४८ घरधुरी रहेको गौरादह नगरपालिकामा अभियान अघि सात हजार ७५१ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा चार हजार ३९७ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरी...बाँकी अंश →


एक महीने महिला हिंसाविरुद्धको अभियान

इलाम, २२ असोज,,   जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महीने अभियानअन्तर्गत जिल्लाका ३५५३ जनालाई महिला तथा बालिका हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । जिल्लाका स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० सङ्घसंस्थाको...बाँकी अंश →


रुम्जाटार विमानस्थलमा नियमित उडान हुने

ओखलढुङ्गा, २१ असोज ,,   ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा मङ्गलबारदेखि नियमित उडान हुने भएको छ । दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र उक्त विमानस्थल मङ्गलबारदेखि पुन ः सञ्चालन हुने भएको हो । नेपाल एयरलाइन्सको विमानले काठमाडाँै–रुम्जाटार उडान भर्ने तयारी गरिरहेको प्रदेश सांसद अम्विरबाबु गुरुङले बताउनुभयो । “रुम्जाटारमा मङ्गलबारदेखि नियमित उडान गराउने सहमतिअनुसार...बाँकी अंश →


प्रगतिशील लेखक सङ्घमा पोखरेल

गाईघाट, २१ असोज ,,   प्रगतिशील लेखक सङ्घ (प्रलेस) उदयपुरको चांैथो अधिवेशनले माधव पोखरेलको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । गाईघाटमा भएको अधिवेशनले पोखरेललाई नयाँ कार्यसमितिको अध्यक्षमा निर्विरोध चयन गरेको सङ्घका सस्थापक अध्यक्ष पुण्य कार्कीले बताउनुभयो । सङ्घको उपाध्यक्षमा सम्झना राई, सचिबमा श्याम ढुङ्गाना, सहसचिवमा नारायण थापा...बाँकी अंश →


आगलागी पीडितलाई राहत प्रदान

मङ्गलबारे, २१ असोज,,   इलामको देउमाई नगरपालिकाका अग्निपीडितलाई नगरपालिकाले रु दुई लाख ३० हजार राहत प्रदान गरेको छ । इलाम र पाँचथरको सीमानामा पर्ने देउमाई नगरपालिका–१ राँके बजारका चार अग्निपीडितलाई देउमाई नगरपालिकाले शनिबार उक्त राहत प्रदान गरेको हो । नगरपालिकाले विपद् व्यवस्थापनअन्तर्गत अग्निपीडित ठालुमान श्रेष्ठलाई रु ८० हजार, श्रीबहादुर विष्टलाई रु...बाँकी अंश →


प्रदेश नामाकरणबारे छलफल

इटहरी, २१ असोज ,,   नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश एकको नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच बृहत अन्तरक्रिया एवं छलफल सम्पन्न गरेको छ । प्रदेशको उपयु्क्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताहरूले आ–आफ्नो तर्क...बाँकी अंश →


इस्कुस बिक्रीबाट आम्दानी

गाईघाट उदयपुर, २० असोज ,,   उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौता, सल्ले तथा त्रियुगा नगरपालिका–१४ साउने खाँबु पहाडी क्षेत्रका कृषकले अहिले आफूहरुले उत्पादन गरेको इस्कुस, करेला बिक्री गरेर राम्रो आर्थिक आम्दानी लिन शुरु गरेका छन् । भदौको पहिले हप्ता लागेसँगै आफूले उत्पादन गरेको इस्कुस बिक्री गर्न शुरु गरेका खाँबुका स्थानीयवासी हीराबहादुर...बाँकी अंश →


विषादी नियन्त्रण अभियान तीव्र

पशुपतिनगर, इलाम, २० असोज ,,   विभिन्न प्रकारका विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा असर पर्नथालेपछि सूर्योदय नगरपालिकाले विषादी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । गत साउन १ गतेबाट विषादी न्यूनीकरण अभियान शुरु गरेको नगरपालिकाले अहिले टोलटोलमा चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले विभिन्न टोलटोलमा सञ्चालन गर्दै आएको प्राङ्गारिक कृषि प्रवद्र्धन र...बाँकी अंश →


काँग्रेस एक ढिक्का हुनुपर्छ,, महामन्त्री डा कोइराला

विराटनगर, १९ असोज ,,   नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीभित्रको अन्तरन्द्वका कारण निर्वाचनमा पराजित भएको स्मरण गर्दै इतिहास कोर्ने गरी पार्टी बलियो बनाउन काङ्ग्रेस एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । नेपाल निजामति कर्मचारी युनियन (सङ्घ) प्रदेश नं १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै र«ाष्ट्रसेवक कर्मचारीको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter