गाईघाट, २५ असोज,, बडादशैँ नजिकिएसँगै सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रमा सञ्चालन हुने ठूला तथा साना यातायातका साधनले क्षमताभन्दा बढी यात्रु बोक्न थालेका छन् । सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण ज्यान जोखिमको डर रहेको छ । गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची, नेपालटार, गाईघाट सल्ले तथा फोक्सिङटारसम्म सञ्चालित अधिकांश सवारीसाधनले जबर्जस्ती...बाँकी अंश →
विराटनगर, २५ असोज,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समाजमा भयरहित र सुरक्षित वातावरण सिर्जना गर्न प्रदेश सरकारको काँधमा जिम्मेवारी थपिएको बताउनुभएको छ । प्रहरी दिवसका अवसरमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले देश पहिलो पटक शान्ति, सुशासन र स्थिरताको बाटोमा अगाडि बढीरहेको बताउनुभयो...बाँकी अंश →
बनियानी, झापा, २५ असोज ,, झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताउनुभयो...बाँकी अंश →
तेह्रथुम, २५ असोज,, तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सीमास्थित तीनजुरे पाथीभरा डाँडामा भ्यूटावर निर्माणको काम अलपत्र भएको छ । टावर निर्माण भइरहेको जमीन तेह्रथुम या सङ्खुवासभाको हो भन्ने विवादले चरम रूप लिएकाले निर्माणको काम रोकिएको हो । सीमा विवादका कारण भ्यूटावर निर्माणको काम एक वर्षदेखि ठप्प भएपछि कामको...बाँकी अंश →
फिक्कल, २५ असोज,, इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट...बाँकी अंश →
पशुपतिनगर, इलाम, २४ असोज,, जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार ग¥यो । चौध वर्षको उमेरमा नै विवाह गरेकी उनलाई चार महीनाको नवजात शिशुसहित माइती नेपाल, प्रहरी र सामुदायिक प्रहरीले उद्धार गरेर अहिले सीपमूलक तालीम दिँदैछ । माइती...बाँकी अंश →
खोटाङ, २४ असोज,, थ्रीस्टार हाइड्रोपावर कम्पनी भक्तपुरले खोटाङको साप्सुखोलाबाट ७ दशमलव १५ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने भएको छ । रु एक अर्ब ५० करोड लगानीमा उत्पादन हुने जलविद्युत्का लागि राष्ट्रिय वाणिज्य बैंकको ७० र उपभोक्ताको ३० प्रतिशत शेयर लगानी रहने जनाइएको छ । दुई वर्षभित्र सम्पन्न गर्ने गरी काम...बाँकी अंश →
फिदिम, २३ असोज,, पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । तत्कालीन नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरको कार्यालयमा नेकपा पाँचथरको कार्यालय स्थापना गरिएको हो । यहाँ आज आयोजित कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले नेकपाको झण्डा उठाई पार्टी कार्यालयको उद्घाटन गर्नुभयो । गत जेठ ३...बाँकी अंश →
विराटनगर, २३ असोज,, प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि अन्त्य भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गतेदेखि चालु भएको अधिवेशनमा १२ विधेयक पारित भएको र ५२ बैठकमा ५८ पटक बसी ६० घण्टा समय खर्च भएको जानकारी दिनुभयो । समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर...बाँकी अंश →
भद्रपुर, २३ असोज,, मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो । बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा नष्ट...बाँकी अंश →
भद्रपुर, २३ असोज,, झापाका स्थानीय तहले लामखुट्टेबाट सर्ने डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेका छन् । गत वर्ष जिल्लामा महामारीका रूपमा देखापरेको डेंगु रोग नियन्त्रणका लागि यस वर्ष बेलैमा रोकथाम अभियान सञ्चालन गरिएको हो । विशेषगरी डेंगु असोज र कात्तिकमा बढी देखिने गरेको छ । रोकथामका लागि नगरपालिकाका...बाँकी अंश →
विराटनगर, २३ असोज,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक नियुक्त गरेको छ । संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: