भद्रपुर, ६ कात्तिक ,, ग्यारेजमा राखिएको मकालु यातायातमा विद्युत् सर्ट भई आज बिहान आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर–७ इँटाभट्टामा काँकरभिट्टाबाट बुटवल जाने मे१ख ५२२ नं को मकालु यातायातमा गाडीकै विद्युत् चुहावट भई आगलागी भएको हो । बिहान १०ः३० बजे एक्कासी गाडीमा आगो दन्किएको स्थानीयवासीले देखेपछि...बाँकी अंश →
पशुपतिनगर, इलाम, ३० असोज ,, मेची अञ्चल आयुर्वेद औषधालय इलामको स्तरोन्नतिका लागि प्रदेश नम्बर १ का सरकारले स्वीकृति प्रदान गरेको छ । बिरामीलाई आधुनिक प्रविधिको आयुर्वेद उपचार र गुणस्तरीय औषधीसहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सो औषधालयको स्तरोन्नति गर्न प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले स्वीकृत प्रदान गरेको हो । मन्त्रालयले...बाँकी अंश →
विराटनगर, ३० असोज ,, शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार जोगबनीमा हुने मालबाहक गाडीको चापलाई खुकुल्लो पार्न, मिरगञ्जस्थित जीर्ण पुलबाट ५०÷६० मेट्रिक टन बोकेको मालबाहक गाडी ओहोरदोहर गर्नबाट उत्पन्न समस्या...बाँकी अंश →
इनरुवा, ३० असोज ,, चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक ग¥यो । सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना...बाँकी अंश →
फिदिम, २७ असोज,, चरम खडेरीका कारण लगाएको सबै बाली सुकेपछि पीडित बनेका प्रदेश नं १ का तीन जिल्लाका कृषकले राहत पाउने भएका छन् । सो प्रदेशअन्र्तगत पाँचथर, तेह्रथुम र धनकुटाका सात स्थानीय तहका खडेरी प्रभावित तीन हजार ७८१ कृषक परिवारलाई राहत वितरण गर्न थालिएको हो । गत असोज २२ गते...बाँकी अंश →
इलाम, २८ असोज ,, अपाङ्गता भएको खुल्ने डरले कतिपयले अझै पनि अपाङ्गतासम्बन्धी परिचयपत्र नै नलिने गरेको पाइएको छ । अपाङ्गता हुनुपूर्व जन्मको पाप हुनु, समाजबाट परम्परागत सोच हाबी हुनु वा परिवारले परिचयपत्र बनाउँदा अंश दिनुपर्ने धारणाले पनि अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिन सकेका छैनन् । सो सम्बन्धी काम गर्दै आएको...बाँकी अंश →
उर्लाबारी, २८ असोज,, जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आइरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिले आफंैले गरेको निर्णय फिर्ता गर्दै सो रकमले गरीबहरुको खरको छानो हटाउने कार्यक्रम ल्याएका छन् । उक्त गाउँपालिकाको वडाध्यक्षका लागि भनेर मोटरसाइकल खरीद गर्न चालु आर्थिक वर्षमा छुट्याइएको रु १६ लाख फिर्ता गर्दै गाउँपालिकाभित्रका विपन्न परिवारको खरको...बाँकी अंश →
दमक, २८ असोज,, झापाको गौरादह नगरपालिका–५ स्थित महारानीझोडामा स्थापना गर्न लागिएको मकैको चिउरा उद्योगको शनिबार वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शिलान्यास गर्नुभयो । स्थानीय महारानीझोडा साना किसान सहकारी संस्थाले नमूना एकीकृत सहकारी खेतीअन्तर्गत मकैको चिउरा बनाउने उद्योग स्थापना गर्न लागेको हो । सहकारीको १६औँ वार्षिक साधारणसभाका अवसर पारेर आयोजना गरेको...बाँकी अंश →
धरान, २६ असोज,, प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रमअन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराउने भएको छ । विपद्, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानीय तहमा सञ्चालन गर्ने उद्देश्यले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रमअन्तर्गत पहिलो चरणमा ती गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागिएको...बाँकी अंश →
उर्लाबारी, २६ असोज,, मोरङका दुई छुट्टाछुट्टै स्थानमा गए राति भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेलवारी नगरपालिका–४स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १९२० नं को ट्रकले बिपरीत दिशाबाट जाँदै गरेको को१२प ९६८२ नं को मोटरसाइकललाई...बाँकी अंश →
मङ्गलबारे, २६ असोज,, इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा तीन दिने पर्यटन महोत्सव हुने भएको छ । ‘आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटौँ’ नाराका साथ आगामी कात्तिक २५, २६ र २७ गते महोत्सव हुने भएको छ । खान्द्रुङ गुफा, अजम्वरे डाँडा, झुल्केघाम हेर्ने चुली, फुङफुङे झरना, मन्दिर, देवीस्थान यहाँका पर्यटकीय आकर्षण हुन् । स्थानीय...बाँकी अंश →
भोजपुर, २५ असोज ।,, जिल्लाका सार्वजनिक सवारी साधनका चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम लागु गरिएको छ । चप्पल लगाएर सवारी साधन चलाउँदा दुर्घटना बढेको भन्दै दुर्घटना न्यूनीकरण गर्नका जुत्ता लगाउनुपर्ने नियम लागू गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरीलगायतको छलफलपछि यस्तो निर्णय गरिएको हो । जुत्ता नलगाई...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: