पशुपतिनगर, १० कात्तिक ,, पूर्वका इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने निर्माणाधीन काबेली कोरिडोरको काम दुई महीनामा सकिने भएको छ । जग्गाको मुआब्जाको विषयमा विवाद भएर काम सुस्त भएको काबेली कोरिडोरको काम अहिले अन्तिम चरणमा पुगेको हो । इलामको देउमाई नगरपालिकाको सिद्धिथुम्का र पाँचथरको फिदिम बजार खण्डमा...बाँकी अंश →
दमक, ९ कात्तिक,, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले शरणागत भुटानीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुने बताएको छ । शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराउन चर्चा भइरहेको बेला समितिले स्थानीयकरण उचित नभएको जनाएको हो । शरणार्थीको दिगो समाधान भनेको स्वदेश फिर्ती मात्र एक मात्र उपयुक्त विकल्प भएको समितिको निष्कर्ष छ...बाँकी अंश →
उर्लाबारी, ९ कात्तिक ,, मोरङको उर्लाबारी नगरपालिका–८ स्थित उर्लाबारी– इटहरा सडकखण्डमा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान १०ः१० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को३५प ९७७३ नंको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका चालक २७ वर्षीय शैलेश गौतमको मृत्यु भएको...बाँकी अंश →
इलाम, ९ कात्तिक ,, हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा मल बिक्री गर्दै आएका विभिन्न सहकारी संस्थाले डिएपी मलको माग गर्दै आएको...बाँकी अंश →
दमक, ९ कात्तिक,, एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ । मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा परेका छन् । एक्सरे मेशिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करीब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य छन् ।...बाँकी अंश →
तेह्रथुम, ९ कात्तिक ,, पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् । परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ । पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् । अलैँची टिप्न...बाँकी अंश →
सुरुङ्गा, ८ कात्तिक ,, अपराध नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् । जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →
खोटाङ, ७ कात्तिक ,, तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक कालोपत्रेको काम थालिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजारको लागतमा दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकको १० दशमलव ७९ किलोमिटर खण्ड कालोपत्रे गर्ने गरी काम थालिएको हो । आगामी १८ महीनाभित्र कालोपत्रे सम्पन्न गर्ने गरी याक्तुहाङ...बाँकी अंश →
भोजपुर, ७ कात्तिक,, छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ । पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढिलो गरी प्राप्त समाचारअनुसार चिर्पट प्रहारबाट गम्भीर...बाँकी अंश →
ओखलढुङ्गा, ७ कात्तिक,, ओखलढुङ्गामा दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने १०० सवारीसाधन कारवाहीमा परेका छन् । दशैँको मौका छोपेर क्षमताभन्दा दोब्बर यात्रु बोक्ने सवारीसाधन कारवाहीमा परेका हुन् । नियम उलङ्घन गर्ने सवारी चालकलाई अनुशासन र नियम सिकाउँदै जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज कुमार फुयाँलले बताउनुभयो । उहाँका अनुसार सदरमुकामबाट...बाँकी अंश →
तेह्रथुम, ७ कात्तिक (रासस) ः चाडपर्वको मौका छोपेर पूर्वका विभिन्न सडक खण्डमा चल्ने सवारीले मनपरी भाडा असुलिरहेका छन् । पूर्वको धरान–धनकुटा–तेह्रथुम, म्याङलुङ–पोक्लाबाङ–संक्रान्ति, आठराइ–फिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन् । चाडबाडका बेला सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भए पनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न...बाँकी अंश →
इनरुवा, ७ कात्तिक ,, सुनसरी जिल्ला प्रहरी कार्यालयले मङ्गलबारदेखि गाँजाखेती नष्ट गर्न थालेको छ ।सुनसरीमा व्यापक रूपमा गाँजाखेती भइरहेको सूचनाका अधारमा उक्त खेती नष्ट गरिएकोे प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । सीमा प्रहरी चौकी भाण्टाबारीबाट गएको प्रहरी टोलीले मङ्लबार कोशी गाउँपालिका–४ खत्वे र ७ मा रहेको मेहतामा लुकाइछिपाइ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: