दमक, १७ कात्तिक,, झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं १ भर हाल १४ औलो रोगी भेटिएको जानकारी दिएको हो । प्रस्तुत तथ्याङ्क...बाँकी अंश →
पशुपतिनगर, १६ कात्तिक,, सूर्योदय नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनमा टिकट अनिवार्य गरिएको छ । यात्रुले बढी भाडा लिएको गुनासो बढेपछि सरकारले निर्धारण गरेको भाडादर लागू गर्दै अनिवार्य रुपमा यात्रुलाई टिकट दिनुपर्ने व्यवस्था गरिएको हो । पशुपतिनगर इलाका प्रहरी कार्यालयको अगुवाइ, ट्राफिक प्रहरी पोष्ट र फिक्कल प्रहरी चौकीको सक्रियतामा...बाँकी अंश →
खाँदबारी, १६ कात्तिक ,, प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताउनुभएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीबार आयोजित कार्यक्रममा उहाँले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने...बाँकी अंश →
विराटनगर, १५ कात्तिक,, विराटनगर महानगरपालिका–४, १२ र १४ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । महानगरपालिकामा १९ वडा रहेकामा अब १८ र १९ मात्र खुला दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी छ । दुई महीनामा सो वडा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीसाथ काम भइरहेको महानगरपालिका प्रमुख भीम पराजुलीले आज...बाँकी अंश →
सोलुखुम्बु, १५ कात्तिक ,, जिल्लामा चिसो बढेसँगै न्यानो कपडाको व्यापार बढेको छ । असोज अन्तिम सातादेखि चिसो बढेसँगै न्यानो कपडाको माग बढेको यहाँका व्यापारीले बताएका छन् । कपडा पसलमा ज्याकेटको माग बढेको छ । विगत वर्षभन्दा यस वर्ष चाँडै जाडो शुरु भएका कारण ज्याकेटको माग बढेको व्यापारी लोकबहादुर दर्जीले...बाँकी अंश →
पाँचथर, १५ कात्तिक ,, पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो । अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा...बाँकी अंश →
भद्रपुर, १५ कात्तिक ,, साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । रु ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती खरीद गरेर प्रशोधन गर्न बुधबारबाट शुरु गरेको हो । सहकारीले उत्पादन गरेको चियाको नाम भने सिटिसी रहेको...बाँकी अंश →
गाईघाट, १३ कात्तिक ,, उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको पुरिएर मृत्यु भएको हो । चौधरीका बाबु तीलकराम चौधरी भने...बाँकी अंश →
भद्रपुर, झापा १३ कार्तिक । सुनसरीको सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरी बालबालिकाहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ । आइतबार इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताको प्रमुख आतिथ्यमा सुनसरीको सदरमुकाम इनरुवामा कतार च्यारिटी नेपालको सहयोगमा हिदायत एजुकेसनल वेलफेर ट्रस्टले २ सय ६० जना बालबालिकालाई आर्थिक सहयोग गरेको हो । उक्त कार्यक्रममा...बाँकी अंश →
इनरुवा, १२ कात्तिक ,, सुनसरीसहित विभिन्न जिल्लाका विपन्न बालबालिकालाई एक मुस्लिम गैरसरकारी संस्थाले आइतबार सहायता अनुदान रकम वितरण गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा एक कार्यक्रमको आयोजना गरेर सुनसरीसहित विभिन्न जिल्लाका २६० अनाथ, टुहरा, अपाङ्गता बालबालिकालाई प्रति व्यक्ति रु चार हजारका दरले रकम वितरण गरिएको हो । हिदायत एजुकेशनल एण्ड...बाँकी अंश →
गाईघाट, ११ कात्तिक ,, उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ । अहिले पनि जिल्लाको ताप्ली...बाँकी अंश →
गाईघाट उदयपुर, १० कात्तिक,, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ नामेटार र वडा नं– ४ को मलबासेमा आधुनिक स्वास्थ्यचौकीको निर्माणकार्य सम्पन्न भएको छ । उक्त भवनको बिहीबार र शुक्रबार प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गर्नुभएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले बताउनुभयो । रौतामाई गाउँपालिका– १ नामेटार स्वास्थ्यचौकी भवन...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: