गाईघाट, २७ कात्तिक ,, उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले खड्काको हत्यामा संलग्न भएको आशङ्कामा नविक कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रबिन राई र अन्य एक नाम नखुलेको व्यक्तिलाई पक्राउ गरेको छ । शनिबार...बाँकी अंश →
इलाम,२६ कात्तिक,, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आगामी मङ्सिर अन्तिमसम्ममा पार्टीको तलसम्ममै एकता गरिसकिने बताउनुभएको छ । उहाँले पार्टी एकताका लागि नेकपाले निर्माणका गरेका कमिटीले काम गरिरहेकाले तल्लो एकाइसम्म एकता हुन धेरै समय नलाग्ने जानकारी दिनुभयो । इलाम सदरमुकाममा आज आयोजित चियापान समारोहमा खनालले एकताका सबै काम भइसकेकाले...बाँकी अंश →
बनियानी, २६ कात्तिक,, झापाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भद्रपुर–४ स्थित झिलमिलीया पुल...बाँकी अंश →
दमक, २६ कात्तिक,, झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गाैला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् । देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो । चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने बताएको उहाँले जानकारी...बाँकी अंश →
गाईघाट, उदयपुर, २६ कात्तिक ,, उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका आइतबार मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी...बाँकी अंश →
बनियानी, २५ कात्तिक ,, झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा आज बिहान सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं. को पिकअप...बाँकी अंश →
इनरुवा, २५ कात्तिक,, छठ पर्व शुरु भएसँगै सुनसरीका मरिक समुदायलाई अहिले बासको सामग्री बनाउनका लागि भ्याइनभ्याइ छ । सुनसरीको हरिनगर गाउँपालिकासहित जिल्लाका विभिन्न ठाउँमा रहेका मरिक समुदाय छठ पर्व नजिकिएसँगै बाँसको सामग्री बनाउन व्यस्त बनेका हुन् । मरिकहरू छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाएर बेच्ने गरेका छन्...बाँकी अंश →
भोजपुर, १९ कात्तिक,, आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ । विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ...बाँकी अंश →
विराटनगर, १९ कात्तिक,, नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै सरकारले निर्वाचनका समयमा जनता माझ गरेको घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको छ...बाँकी अंश →
तेह्रथुम, १८ कात्तिक,, छथर गाउँपालिकाले खानेपानीको समस्या समाधान गरी बसाइँसराइ दर रोक्न डिप बोरिङ गरेर खानेपानी वितरण गरेको छ । गाउँपालिकाका अधिकांश वडामा पानीका मुहान सुकेर पिउने पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत पानी निकालेर वितरण गरिएको जमीनमुनिको पानीको स्रोतलाई उपयोग गरिएकोे गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो । भूमिगत स्रोतलाई खानेपानीमा...बाँकी अंश →
पशुपतिनगर, १७ कात्तिक,, इलामको दक्षिणीमाई नगरपालिकामा नातिको कुटपिटका कारण हजुरबुबाको मृत्यु भएको छ । उक्त नगरपालिका–५ बस्ने नाति सञ्जय राईले गए राति करीब ९ बजे घरायसी झगडामा बियरको बोतल प्रहार गर्दा ६५ वर्षीय हजुरबुबा देउमान नेम्वाङको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा...बाँकी अंश →
तेह्रथुम, १७ कात्तिक,, तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने र यसका लागि चालु आर्थिक वर्षमै प्रदेश सरकारबाट रु एक करोड ३० लाख...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: