मङ्गलबारे, ९ मङ्सिर ,, इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो । सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभएको थियो । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका...बाँकी अंश →
मङ्गलबारे, ९ मङ्सिर,, नेपाल पत्रकार महासङ्घ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गर्नुभएको छ । रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु १० हजारको चेक प्रदान गर्नुभएको हो । रु ५० हजारबाट महासङ्घले एक महीनाअघि...बाँकी अंश →
दमक, ९ मङ्सिर ,, झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ । दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न सङ्घसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो । तीनकोठे नवनिर्मित घर टिनको छाना, सेन्टर बेरा भएको र प्रत्येक...बाँकी अंश →
विराटनगर, ८ मङसिर,, प्रदेश नं १ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रुपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु गरिएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट...बाँकी अंश →
ताप्लेजुङ, ७ मङ्सिर ,, मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मेवा डेभलपर्स प्राइभेट लिमिटेडले आगामी पाँच वर्षभित्रै आयोजना निर्माण गरिसक्ने गरी प्रारम्भिक चरणका कार्य थालनी गरेको छ । करीब नौ अर्बको लागत अनुमान गरिएको आयोजना...बाँकी अंश →
भोजपुर, ७ मङ्सिर,, जिल्ला सदरमुकममा निर्माण थालिएको शहीद स्मृति कभर्ड हल अहिले अलपत्र बनेको छ । तत्कालीन माओवादी नेतृत्वको सरकारले शहीदको सम्झनामा पाँच वर्षअघि निर्माण थालेको हल अलपत्र हुँदा अहिले त्यहाँ झाँडी बनेको छ । निर्माण कार्यले निरन्तरता नपाउँदा सरकारको लाखौँ लगानी खेर गइरहेको छ ।रु २५ लाखको लागतमा निर्माण...बाँकी अंश →
तेह्रथुम, ७ मङ्सिर ,, म्याङलुङ नगरपालिका–४ पिप्लेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीयवासी तुलसी गड्तौलाको घरमा आगलागी हुँदा रु सात लाख मूल्यबराबरको सामान जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार घरको चुलोबाट अचानक निस्किएको आगो दुईतले कच्ची घरको बनेको फुसको छानोसम्म पुग्दा घरसहित...बाँकी अंश →
इनरुवा, ५ मङ्सिर ,, सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको...बाँकी अंश →
विराटनगर, ४ मङ्सिर,, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताउनुभयो । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा...बाँकी अंश →
गाईघाट, ४ मङ्सिर,, उदयपुर सिमेन्ट उद्योगले दुई दिनयता अहिलेसम्मकै सबैभन्दा बढी सिमेन्ट उत्पादन शुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित यस उद्योगले दैनिक ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको जनाएको छ । विसं २०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा ७०० मेट्रिक टनसम्म सिमेन्ट...बाँकी अंश →
भद्रपुर, ४ मङ्सिर ,, झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् । कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको छ । सो प्रदर्शनीमा विद्यार्थीले सेन्सर कार...बाँकी अंश →
विराटनगर, ४ मङ्सिर ,, भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: