०५ माघ २०८१

प्रदेश १

पर्यटकको पर्खाइमा धनपालगढी

विराटनगर, २० मङ्सिर,,   सरकारले घोषणा गरेका सय नयाँ पर्यटकीय गनतव्यमध्ये मोरङको धनपालगढी पनि परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्न लागेको यो स्थानलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी पर्यटक भित्र्याई देशमा आर्थिक विकास गर्नु हो । नेपाल पर्यटन बोर्ड, स्थानीय तह र प्रदेश सरकारको सिफारिशमा छनोटमा...बाँकी अंश →


सामुदायिक वनबाट फाइदै–फाइदा

तेह्रथुम, २० मङ्सिर ,,   तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नोे आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि त्यही वनबाट घाँस, दाउरा र स्याउला सोत्तर भने ओसारिरहनुभएकै थियो । जब सरकारले ०५२ सालताका घरमाथिको ठूलो कालेगैरी सामुदायिक वन समुदायलाई...बाँकी अंश →


उज्यालो वडा घोषणा

भोजपुर, २० मङ्सिर ,,   भोेजपुर नगरपालिका–१ भाम्राङलाई उज्यालो वडा घोषणा गरिएको छ । वडाभित्रका ३३२ घरधुरीमा बत्ती पुगेपछि बुधबार एक कार्यक्रमका बीच वडालाई उज्यालो वडा घोषणा गरिएको हो । वडाका प्रत्येक घरमा विद्युत् गएसँगै स्थानीयवासीले कुटानी पिसानीका लागि सजिलो भएको बताएका छन् भने वडामा काम गर्नका लागि पनि सजिलो भएको...बाँकी अंश →


सिँचाइ नहुँदा खेतीयोग्य जमीन बाँझो

तेह्रथुम, २० मङ्सिर,,   सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमीन बाझिो छ । वर्षामा वर्षेनी उतारचढाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका थिएनन् । वर्षा याममा पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका थिए । जिल्लाको ३० हजार ६८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमीन बाँझै रहेको प्राप्त तथ्याङ्कमा उल्लेख छ...बाँकी अंश →


सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

भोजपुर, १९ मङ्सिर,,   नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको उक्त शिविरमा ३७० जनाको...बाँकी अंश →


सङ्घीयता नितान्त मौलिक हो ,, सभामुख महरा

गाईघाट, उदयपुर १८ मङ्सिर,,   सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताउनुभएको छ । उदयपुरको गाईघाटमा आज आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक...बाँकी अंश →


बाल क्लबको पहलमा बाल विवाह रोकियो

भद्रपुर, १७ मङ्सिर,,   झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो । धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा...बाँकी अंश →


झापालाई मदिरा नियन्त्रित बनाउन व्यवसायी सक्रिय

दमक, १७ मङ्सिर,,   आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित क्षेत्र बनाउन जिल्लाका मदिरा व्यवसायीहरू आफैँ जुटेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा मदिराको कारोवारलाई नियमनसँगै व्यवस्थित बनाउन अभियानका रूपमा कामहरू शुरु गरिएको छ । स्थानीयस्तरमा समेत मदिरा कारोवारलाई व्यवस्थित बनाउने सरकारी कार्यक्रमलाई शसक्त ढङ्गले कार्यान्वयन गराउन जिल्लाको माई...बाँकी अंश →


अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

भद्रपुर, १७ मङ्सिर,,   पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् । महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका...बाँकी अंश →


सौन्दर्यकी खानी बराहपोखरी

खोटाङ, १६ मङ्सिर,,   चारैतिर वनजङ्गल, बीचमा एकनासले अचल भएर बसेको विशाल बराहा पोखरी अवलोकन र पूजा आजाका लागि पर्यटकको भिड लाग्न थालेको छ । पानीको मुहान र त्यसको निकास पनि नदेखिने वरिपरि पहाडै पहाडले घेरिएकोे समथर जमीनमा अवस्थित उक्त पोखरीको आयतन बाह्रै महीना समान देखिने र संसारमै लोपोन्मुख रातो माछा...बाँकी अंश →


प्रयोगमै नआई भवन जीर्ण

भोजपुर, १४ मङ्सिर ,,   भोजपुर नगरपालिका– १२ टक्सारमा निर्माण गरिएको पर्यटन सूचना केन्द्र प्रयोगमा नआई जीर्ण बनेको छ । सरोकारवाला निकायको बेवास्ताका कारण राज्यको लगानी खेर गइरहेको छ । अहिले यो भवन भूत बङ्गलामा परिणत भएको स्थानीयको भनाइ छ । कलात्मकरूपमा निर्माण गरिएको उक्त सूचना केन्द्र अहिले युवायुवतीको रमाइलो गर्ने...बाँकी अंश →


पाथीभराको भेटी रु ५० लाख

ताप्लेजुङ, १४ मङ्सिर ,,   प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter