खोटाङ, २४ माघ ,, मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो । जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले पहिलो पटक २०६७...बाँकी अंश →
भद्रपुर, २४ माघ ,, बेलायतस्थित गोर्खा मेमोरियल फण्डले झापाको मेचीनगर नगरपालिकालाई रु १५ लाख बराबरको अग्नि नियन्त्रणका सामग्री प्रदान गरेको छ । फण्डका संस्थापक अध्यक्ष धनकिरण गुरुङले बुधबार नगरपालिकाका प्रमुख विमल आचार्यलाई जेनेरेटर, ह्युमपाइप, हेल्मेटलगायत सामग्री प्रदान गर्नुभएको हो । गुरुङसहित बेलायतका अग्निनियन्त्रक विशेषज्ञ जोन मोनाहाङ, रेभ पासमोर र ट्रेभ...बाँकी अंश →
विराटनगर, १८ माघ ,, बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी...बाँकी अंश →
भद्रपुर, १७ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनुभएको छ । उहाँले दमकमा आजदेखि शुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सव उद्घाटन गर्नुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन...बाँकी अंश →
इनरुवा, १७ माघ ,, झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ । भारत घर भई सुनसरीको हरिनगर गाउपालिका– ३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको हो ।...बाँकी अंश →
फिदिम, १७ माघ ,, फिदिम नगरपालिका– ४ स्थित तमोर नदीको किनाराबाट मापदण्डविपरीत नदीजन्य सामग्री उत्खनन भएको पाइएको छ । नगरपालिकाले लगाएको ठेक्कामा निर्माण व्यवसायीले तमोर नदीको धार नै परिवर्तन हुने गरी नदीजन्य पदार्थको उत्खनन गरेपछि जिल्ला अनुगमन तथा समन्वय समितिले उक्त कार्यमा रोक लगाएको छ । नगरपालिका–४ माझीटारस्थित नदीको किनारामा...बाँकी अंश →
खोटाङ, १७ माघ ,, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा देवीदेवताका मूर्ति बनाउँदै आउनुभएका उहाँका मूर्तिको माग पछिल्लो समय विदेशमा पनि बढेकाले भ्याइनभ्याइ भएको हो । नेपालको विभिन्न जिल्लाका...बाँकी अंश →
भद्रपुर, १७ माघ ,, झापाको बन्दी विकास पुस्तकालय बन्दीगृहलाई थप पुस्तक उपलब्ध गराइने भएको छ । उक्त पुस्तकालयको २२औँ वार्षिकोत्सवका अवसरमा बुधबार प्रदेश नं १ प्रदेशसभा सदस्य वसन्त बानियाँले रु एक लाख बराबरको आख्यान तथा गैरआख्यान पुस्तक तत्काल उपलब्ध गराइने बताउनुभएको हो । विसं २०५५ मा स्थापित उक्त यसअघि पुस्तकालयलाई...बाँकी अंश →
भद्रपुर, ११ माघ ,, झापाको गौरादह नगरपालिका–५ को स्कूलचौन माध्यमिक विद्यालयको भवन सात पटक म्याद थपेर पाँच वर्षमा ठेकेदार कम्पनीले बल्ल निर्माण गरेको छ । झापा जिल्ला समन्वय समितिमार्फत भारतीय राजदूतावासको सहयोगमा सो विद्यालयको ३३ कोठे भवन बनेको हो । विद्यालय भवन निर्माणमा रु तीन करोड ९१ लाख १९ हजार...बाँकी अंश →
खोटाङ, १० माघ ,, प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उहाँले...बाँकी अंश →
खोटाङ, ८ माघ ,, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पु¥याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाईसमेत यातायातमा सहज भएको हो । सात वडा रहेको गाउँपालिकामा स्थानीय सरकार गठन भएपछि सडकको सञ्जाल फराकिलो पार्दै...बाँकी अंश →
खोटाङ, ८ माघ ,, केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: