धरान, २७ फागुन ,, साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बताइएको छ ।...बाँकी अंश →
गाईघाट, २४ फागुन ,, पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ । जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरले जिल्लाका विभिन्न जातजातिको खानाको परिकारको पहिचान, उत्पादन र बिक्रीवितरण गर्ने अभियान शुरु गरेको हो । जिल्लाको सदरमुकाम गाईघाट, कटारी...बाँकी अंश →
खोटाङ, २३ फागुन ,, प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागार्इं निर्विरोध चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागार्इं अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकला राई, सचिवमा चिसाङ शेर्पा, सहसचिवमा दीपा बस्नेत र कोषाध्यक्षमा खेमराज...बाँकी अंश →
विराटनगर, २१ फागुन ,, प्रदेश सरकार गठन भएको एक वर्षमा आर्थिक मामिला तथा योजना मन्त्रालयले केही संरचना बनाउनाका साथै थुप्रै आधार निर्माण गरेको छ ।मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश सरकारको पहिलो अभ्यास र अनुभवलाई अत्मसात् गरेर मन्त्रालयले थुप्रै रचनात्मक काम अघि बढाएको हो । सङ्घीय सरकारबाट हस्तान्तरण हुने संरचना र...बाँकी अंश →
खोटाङ, २० फागुन ,, त्रिधार्मिकस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने र मेला भर्नेको बाक्लो भीड लागेको छ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिवेणीस्थल हलेसीमा शिवरात्रिका अवसरमा लाग्ने मेला भर्न र दर्शन गर्न आउने दर्शनार्थीको बिहानैदेखि भीड लागेको हो । मेलामा नेपाललगायत छिमेकी राष्ट्र भारत, चीन, भूटान, बङ्गलादेश, कोरियालगायत मुलुकका हजारौँ...बाँकी अंश →
भोजपुर, १९ फागुन ,, घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् । पर्याप्त पानीको सुविधा भएपछि उनीहरुले अहिले पानी खोज्न...बाँकी अंश →
विराटनगर, १९ फागुन ,, नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले पार्टीलाई निर्देशन र विचार प्रवाह गर्ने विधान सहमतिमा संशोधन हुनु राम्रो हो भन्नुभएको छ । नेपाल प्रेस युनियन मोरङशाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “पार्टी महासमितिको निर्णयलाई फेरबदल गर्नु नेतृत्वको कमजोरी हो । नेता केसीले काङ्ग्रेसको विधान...बाँकी अंश →
विराटनगर, १८ फागुन ,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका १०० सामुदायिक विद्यालयलयमा आगामी शैक्षिकसत्रदेखि विज्ञान र प्रविधि विषयको अध्यापन गराइने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदद्वारा शुक्रवार आयोजित दुईदिने प्रदेशस्तरीय विज्ञान तथा प्रविधि युवा सम्मेलन–२०१९को दोस्रो दिन उहाँले युरोप र अमेरिकामा अध्यापन गराइने पाठ्यक्रमलाई आधार बनाई मुलुकको...बाँकी अंश →
इलाम, १७ फागुन ,, अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक चियाको माग बढेपछि यहाँका उद्योग र चिया बगान पछिल्लो समय प्राङ्गारिक प्रमाणपत्र लिन लागिपरेका छन् । प्राङ्गारिक चिया उत्पादन नगरे चिया बिक्न समस्या भएकाले चिया बगान र चिया उद्योगले प्राङ्गारिक प्रमाणपत्र लिने प्रक्रियामा लागेका हुन् । यस वर्ष मात्र इलामको फाकफोकथुमस्थित तीनजुरे उद्योगका...बाँकी अंश →
सोलुखुम्बु, १६ फागुन ,, जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित लुक्ला र नाम्चे क्षेत्रमा करीब दुई फिटभन्दा बढी हिउँ जम्मा भएको शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो ।...बाँकी अंश →
फिदिम, १४ फागुन ,, संविधान र स्थानीय तह सञ्चालन ऐनले सञ्चालनको स्पष्ट कार्यादेश दिए पनि यहाँका न्यायिक समिति अझै सङ्घीय सरकारको मुख ताकिरहेका छन् । सङ्घीय सरकारको मुख ताकेर बसेकै कारण यहाँका स्थानीय तहमा गठित न्यायिक समितिले न्याय निरुपणमा उल्लेख्य प्रगति गर्न सकिरहेका छैनन् । जनप्रतिनिधि निर्वाचित भएको १८ महीना...बाँकी अंश →
विराटनगर, १२ फागुन ,, प्रदेशसभा १ को आजको बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफलमा सहभागी सदस्यहरुले सरकारको तीनखम्बे अर्थनीतिअनुरुप प्रदेश सहकारी ऐन आउनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले सहकारी ऐनले उद्योग, पर्यटन, कृषि क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने, शेयरधनीको लगानी र बचतको सुनिश्चित हुनुपर्ने...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: