फिक्कल, १८ असार ,, इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो । नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महीनादेखि उपलब्ध गराउने जानकारी दिनुभयो । “साउन शुरुदेखि...बाँकी अंश →
जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बर्दिवास—जनकपुर—जयनगर रेलमार्गको निर्माण अनिश्चित बन्दै गएको छ । जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा महोत्तरीको भङ्गहा नगरपालिकाको पुरानो बिजलपुरा स्टेशनदेखि बर्दिवाससम्मको १८ किलोमिटर दूरीको रेलमार्ग निर्माणको कार्य अनिश्चित बन्दै गएको हो । जयनगरबाट जनकपुरको कुर्थासम्म ३४ किलोमिटर दूरीमा रेलका पटरी ओछ्याइ सकिएर अब रेल सञ्चालनको तयारीमा...बाँकी अंश →
भद्रपुर, १६ असार ,, झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६÷०७७ मा अस्पताल बनाउन रु. ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो । चालू आवमा आवमा यही शीर्षकमा रु.३० लाख बजेट...बाँकी अंश →
खोटाङ, १५ असार ,, रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा दूधकोशीको पानी पम्पिङ प्रविधिमार्फत गाउँमा तानेर वितरण गर्ने योजनाको काम शुरु भएको छ । लामो समयदेखि खानेपानी अभावमा काकाकुलको अवस्था भोगिरहेका ३५० घरधुरी उपभोक्तालाई उनीहरुको घरमै प्रयाप्त खानेपानी उपलब्ध गराउने उद्देश्यले पम्पिङ प्रविधिको योजना शुरु गरिएको हो । एक नम्बर प्रदेश सरकारको रु...बाँकी अंश →
खाँदबारी, १५ असार ,, सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ सङ्खुवामगरगाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । रानालाई घरभित्र लुकाई ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित...बाँकी अंश →
खोटाङ, १३ असार ,, जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि ल्याउन नसकेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको...बाँकी अंश →
सङ्खुवासभा, १२ असार ,, सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने...बाँकी अंश →
पाँचथर, १२ असार ,, जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका...बाँकी अंश →
जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् । आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले...बाँकी अंश →
विराटनगर, ५ असार ,, प्रदेश नंं १ प्रदेशसभाको आज बैठकले आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (१) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पेश गर्नुभएको सो प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । यसअघि बैठकमा मन्त्री...बाँकी अंश →
सोलुखुम्बु, ५ असार ,, थुलुङ दूधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवासम्बन्धी निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्दै गाउँपालिकाको निर्णय सदर गरेको हो । यसअघि न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।...बाँकी अंश →
खोटाङ, ४ असार ,, सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको फाउण्डेसन मात्र तयार भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारमा निर्माण गरिने पुल विसं २०६९ चैत २३ गते ठेक्का लागेर २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरी काम थालिएकामा २०७५...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: