लमही, ३ असोज ,, राप्ती लोकमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ अमिलियादेखि तुलसीपुरसम्मको सडकलाई दुईतर्फी बनाउने काम शुरु भएको छ । रुकुम, सल्यान, रोल्पा, दाङलगायतबाट नेपालगञ्ज, बुटवल, काठमाडाँैं जानलाई त्यही सडक प्रयोग हुने भएपनि सडक साँघुरो हुँदा आवतजावतमा समस्या हुने गरेको छ । पछिल्लो समय भित्रिएका ठूला गाडी आवतजावतमा समस्या भएकाले सडकलाई...बाँकी अंश →
पर्वत, ३ असोज ,, पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ...बाँकी अंश →
पोखरा, २ असोज ,, अन्नपूर्ण आधार शिविर घुम्न जाने पर्यटकलाई पर्याप्त सेवासुविधा उपलब्ध गराउन यहाँका होटल सञ्चालकले होटलको क्षमता तथा सङ्ख्या विस्तार गर्न थालेका छन् । शिविर जाने पर्यटकलाई सेवा दिइरहेका यहाँका २६ होटलले पर्यटकको चाप थेग्न नसकेपछि क्षमता तथा सङ्ख्या विस्तार गर्न लागिएको हो । अन्नपूर्ण क्षेत्रमा वर्षेनी बढीरहेको...बाँकी अंश →
मुस्ताङ, २ असोज ,, जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ । भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ । झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम...बाँकी अंश →
म्याग्दी, १ असोज ,, चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि रु छ अर्बमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता गरेको भारतीय निर्माण कम्पनी जेपी एशोसियट्शले प्रारम्भिक चरणको काम शुरु...बाँकी अंश →
म्याग्दी, ३१ भदौ ,, म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ । प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ । मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यी आयोजना निर्माणको तयारीसँगै...बाँकी अंश →
कास्की, ३१ भदौ,, पदयात्राका क्रममा अन्नपूर्ण क्षेत्रमा पुगेका एक विदेशी पर्यटकलाई खोलाले बगाएको छ । ताइवानका ६६ वर्षीय हुई जू चिइन अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा शुक्रबार दिउँसो ३ बजे कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिम्कु खोलाले बगाउँदा बेपत्ता हुनुभएको हो । आठ जनाको समूहमा पदयात्रामा पुग्नुभएका पर्यटक चिइन चिप्लेर खोलामा...बाँकी अंश →
म्याग्दी, ३१ भदौ ,, म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले विद्यालय भवन बगाएपछि पठनपाठन ठप्प भएको छ । यही भदौ २७ गते बेलुकी धौलागिरि हिमालको फेदीमा पहिरोले रघुगङ्गा नदी थुनिएपछि आएको बाढीले दुलेखर्कस्थित रितुङ माविको तीनवटा भवनको सातवटा कक्षा कोठा र चारकोठे शौचालय बगाएको थियो । पहिरोले भवनसहित विभिन्न ठाउँमा पैदलमार्ग...बाँकी अंश →
लमजुङ, २९ भदौ,, पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनाँै ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक बगाएपछि सो खण्डमा यातायात सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने बताइएको छ । कतिपय ठाउँमा चट्टान फोरेर सडक बनाउनु पर्ने अवस्था...बाँकी अंश →
मुस्ताङ, २९ भदौ ,, बेनी–जोमसोम सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि यहाँ आएका तीर्थयात्री र पर्यटकको बिचल्ली भएको छ । सडक अवरुद्ध भएर सवारी साधन चल्न नसकेपछि जिल्ला भ्रमणमा आउने पर्यटक, मुक्तिनाथ दर्शनका लागि आउने यात्री र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको हो । दर्जनाँै ठाउँमा पहिरा जानुका साथै...बाँकी अंश →
कुश्मा, पर्वत, २८ भदौ ,, जिल्लाको एकमात्र संस्कृत पाठशालाको रुपमा परिचित गुप्तेश्वर वेदवेदाङ्ग संस्कृत पाठशालामा संस्कृतका विषय पठनपाठन गरिने भए पनि प्रमाणपत्रका लागि छिमेकी राष्ट्र भारत पुग्नुपर्ने बाध्यता रहेको छ । संस्कृत भाषा, शुक्ल, यजुर्वेद, ब्याकरण, वेद, आचारसंहिता, कर्मकाण्ड, अमरकोश, श्रीमद्भागवत गीतालगायतको उपल्लो तहले अध्ययन गर्ने पुस्तकको अध्ययन गरिँदै...बाँकी अंश →
म्याग्दी, २६ भदौ: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको बस्ती बाढी र कटानको चपेटामा परेको छ । पहाडको फेदी र कालीगण्डकी नदीको किनारमा अवस्थित भुरुङ तातोपानीको बस्ती खोल्सामा आउने बाढी र कालीगण्डकीले धार परिवर्तन गरेपछि कटानको जोखिममा परेको हो । बाढी र कटानको जोखिमका कारण करीब सय घरधुरीको बसोबास रहेको भुरुङ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: