गोरखा, १७ असोज وو मनास्लु हिमाल आरोहण गरी फर्किदै गरेका एक चेक नागरिक बेपत्ता भएका छन् । यही असोज १३ गते किलर माउन्टेनको भनेर चिनिने मनास्लु आरोहण गरेर फर्किदै गरेका चेक रिपब्लिकका ४३ वर्षीय रोमन हलाब्कोे बेपत्ता भएका हुन् । उनीसँगै फर्किएका अन्य तीन चेक नागरिक र एक नेपाली भने...बाँकी अंश →
पोखरा, १७ असोज ,, कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्लाका रुपमा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न सङ्घसंस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने जिल्लाका रुपमा देखाएको छ । त्यसमा पनि कास्कीमा ८५ प्रतिशत बढी गर्भपतन हुने गरेको तथ्याङ्कले देखाएको छ । परिवार नियोजन सङ्घ...बाँकी अंश →
दमौली, १६ असोज,, तनहुँको ब्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयमा सोमबारबाट पहिलो पटक डिप्लोमा तीन वर्षे सिभिल इञ्जिनीयरिङ ( ओभरसीयर ) को पढाइ शुरु भएको छ । यस क्षेत्रको माग र आवश्यकतालाई ध्यान दिएर सो विद्यालयमा इञ्जिनीयरिङको पढाइ थालिएको हो । सरकारले गत वर्ष मात्रै निर्मल माध्यमिक विद्यालयलाई नमूना विद्यालयको...बाँकी अंश →
पर्वत, १६ असोज,, ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ । मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ...बाँकी अंश →
पोखरा, १६ असोज,, अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो र फूर्तिलो रुपमा वल्र्ड रेङ्किङ्मा आफूलाई लैजाने प्रयासमा हुनुहुन्छ । सोमबार सम्पन्न ५५...बाँकी अंश →
पर्वत, १६ असोज ,, रावणका भाइ कुम्भकर्ण वर्षको छ महीना सुत्ने र छ महीना बिउँझने गर्थे भन्ने भनाइ छ । यहाँको एक विकट गाउँका १६ वर्षीय युवक भने जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनिनजाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका– १२ ठूलीपोखरीका...बाँकी अंश →
काठमाडौँ, १५ असोज ,, तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणको निर्माण कम्पनीसँग आज ठेक्का सम्झौता गरेको छ । आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो चरणको संरचना निर्माणका लागि न्यूनतम मूल्य प्रस्ताव गर्ने इटालेली कम्पनी सिएमसीसँग आज यहाँ सम्झौता भएको हो । तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट...बाँकी अंश →
पोखरा, १५ असोज ,, नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले वैचारिक पुनः जागरणका लागि पार्टीभित्र समग्र एकता आवश्यक भएको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले एकता र आन्तरिक लोकतन्त्र बलियो नहुँदा त्यसले पार्टीलाई कमजोर बनाएको बताउनुभयो । नेता तथा कार्यकर्ता गुट उपगुटमा विभाजित बन्ने...बाँकी अंश →
कास्की, १५ असोज,, अन्नपूर्ण तथा मनास्लु पदमार्ग क्षेत्रका समस्यालाई लिएर आन्दोलन घोषणा गरेका पर्यटन मजदूर र सरोकारवालाबीच आइतबार चार बँुदे सहमति भएको छ । पदयात्रामा जाने नेपाली पथप्रर्दशक र मजदूरलाई कास्कीको टाडापानी क्षेत्रमा पर्यटन व्यवस्थापन समिति तथा पर्यटन व्यवसायीले असोज १ गतेदेखि प्रवेशद्वारमा नै दुईदेखि सात दिनसम्मको खानाको अग्रिम पैसा...बाँकी अंश →
दमौली, १३ असोज ,, अमेरिकी राजदूतावासले तनहुँको व्यास नगरपालिकाको विकास योजनाबारे जानकारी लिएको छ । अमेरिकी दूतावासका प्रवक्ता एण्डी डी आरमेन्टको नेतृत्वको टोलीले शुक्रबार व्यास नगरपालिकाको विकास योजना सञ्चालन तथा कार्यान्वयनको अवस्थाको बारेमा जानकारी लिएको हो । सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाको वर्तमान अवस्था, योजना छनोटसम्बन्धी जानकारी...बाँकी अंश →
काठमाडौँ, १२ असोज ,, आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन १७९ खेलाडीले नाम दर्ता गराएका छन् । पिपिएल आयोजक क्विन्स इभेन्ट्स प्रालिका अनुसार क्याप्ड सिनियरमा ३०, क्याप्ड एज लेभलमा ५७, र अनक्याप्डमा ९२ खेलाडीले नाम दर्ता गराएका छन् ।...बाँकी अंश →
दमौली, ११ असोज ,, चालु आर्थिक वर्षको तीन महीनाको अवधिमा तनहुँ प्रहरीले २७ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । गत साउनदेखि असोज १० गतेसम्म जिल्लाका विभिन्न स्थानबाट ६८८ थान लागूऔषध र दुई हजार २३० ग्राम गाँजासहित २७ लाई पक्राउ गरेको प्रहरीले जनाएको छ । साउनमा १२, भदौमा १२ र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: