०४ माघ २०८१

प्रदेश ४

मिर्गाैलापीडितको उपचारका लागि पाँच लाख सहयोग

म्याग्दी २२ असोज ,,   मङ्गला गाउँपालिका–५ नेटाका मिर्गाैलापीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । दुवै मिर्गाैलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ (मोना) कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको...बाँकी अंश →


रामग्राममा सिमेन्ट उद्योग

नवलपरासी, २१ असोज ,,  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग सञ्चालनको काम शुरु भएको छ । करीब रु तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरीद गरी अहिले पर्खाल निर्माणको काम भइरहेको छ । वातावरण प्रदूषणलाई ध्यानमा राखेर उपकरण जडान गरिने...बाँकी अंश →


कलाकारलाई युट्युबको भर

बागलुङ, २१ असोज,,   एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक÷सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ । प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य...बाँकी अंश →


अन्नपूर्णका विद्यालयमा ‘टेलिटिचिङ’

म्याग्दी, २१ असोज,,    अन्नपूर्ण गाउँपालिकामा रहेका माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिको प्रयोग गरेर “टेलिटिचिङ” विधिबाट पठनपाठन शुरु भएको छ । विषयगत शिक्षक अभावका कारण पठनपाठन प्रभावित बनेपछि एउटा विद्यालयका शिक्षकले पढाएको अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र सवालजवाफ गर्न मिल्ने ‘टेलिटिचिङ’ शुरु गरिएको हो । गाउँपालिकाको आर्थिक, सूचना प्रविधिका...बाँकी अंश →


प्रयोगबिहीन सिसी क्यामेरा

बागलुङ, २० असोज ,,   सुरक्षा निगरानीका लागि बागलुङ बजारमा जडान गरिएका २९ मध्ये १६ ‘सिसी क्यामेरा’ बिग्रिएका छन् । पाँचवटा विद्युत् आपूर्ति नहुँदा प्रयोगबिहीन अवस्थामा छन् । बाँकी आठ चले पनि भरपर्दा छैनन् । विसं २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य सङ्घ र जिल्ला प्रहरी कार्यालय मिलेर सिसी क्यामेरा...बाँकी अंश →


विद्यालय भवन बनाउन बहत्तर लाख सहयोग

म्याग्दी, २० असोज,,   अन्नपूर्ण गाउँपालिका–३ दाना स्थित ज्ञानप्रकाश माविको भवन निर्माणमा पूर्वगोर्खा सैनिकले सघाएका छन् । बेलायती पूर्वगोर्खा सैनिकको पहलमा स्थापित पहार कोषले उपलब्ध गराएको रु ७२ लाख ११ हजार २१७ र विद्यालयको रु २५ लाख १० हजार ६६ गरी कूल रु ९७ लाख २१ हजार ३०४ को लगानीमा दुई...बाँकी अंश →


नौ दिनपछि खुल्यो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल

पोखरा, १९ असोज ,,   कर्मचारी आन्दोलनका कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि बल्ल सञ्चालनमा आएको छ । आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन् । आज आन्दोलनरत कर्मचारी र प्रशासनबीच बसेको वार्ताबाट सहमति जुटेको हो । सहमतिअनुसार अस्थायी कर्मचारी...बाँकी अंश →


पत्रकार रानाको स्वास्थ्यमा सुधार

बागलुङ, १९ असोज,,   आर्थिक सहयोग जुटेका कारण पत्रकार विजय रानाको उपचार सहज भएको छ । उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको छ । रानालाई शरीरमा रगत उत्पादन नहुने रोग देखा परेको छ । उहाँको उपचारका लागि स्वदेश तथा विदेशमा गरी हालसम्म रु २० लाख सङ्कलन भएको छ । “सहयोगले रोगसँग...बाँकी अंश →


पर्यटक लोभ्याउँदै भकुण्डे

बागलुङ, १९ असोज,,   मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ । बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा दुई घण्टा ।बजारको कोलाहल र प्रदूषण पन्छाएर केहीबेरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको...बाँकी अंश →


कालीगण्डकीमा जलयात्रा शुरु

कुश्मा, १९ असोज ,,   वर्षायाम लागेपछि नदीको उच्च बहावका कारण रोकिएको कालीगण्डकी नदीमा अहिले पानीको सतह घटेसँगै जलयात्रा गर्ने क्रम शुरु भएको छ । केही दिनयता पर्वतको कुश्मा नगरपालिका–१ नयाँ पुलदेखि मिर्मीसम्मको जलयात्रा शुरु भएको हो । पानीको सतह घटेपछि विदेशी पर्यटक कालीगण्डकी नदीमा जलयात्राका लागि सम्पर्कमा आउन थालेको कालीगण्डकी...बाँकी अंश →


बाढीले बगाएको विद्यालयमा सहयोग

म्याग्दी, १९ असोज,,   कालीगण्डकी नदीको बाढीले भवन बगाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीको धवलागिरि आधारभूत विद्यालयलाई जस्तापाता सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विभागको समन्वयमा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरको आर्थिक सहयोगमा १० फुटे २९ पाता र ८ फुटे...बाँकी अंश →


दशैँ तिहारका लागि विशेष सुरक्षा योजना

पोखरा, १९ असोज ,,   दशैँ र तिहारलाई ध्यानमा राखेर कास्की प्रहरीले विशेष सुरक्षाको व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानाले चाडपर्वलक्षित सुरक्षा योजना सार्वजनिक गर्दै दशैँ र तिहारमा २४सै घण्टा सुरक्षा प्रदान गर्न ६०० को हाराहारीमा सुरक्षाकर्मी परिचालित गर्ने जानकारी दिनुभयो । शान्ति सुरक्षाकै लागि...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter