बागलुङ, २३ असोज,, बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ । नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा नम्बर ८ सिगानका ४४ घरधुरीमा धारा जडान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा सिगानाको लागि एक घर एक धारा...बाँकी अंश →
दमौली, २३ असोज ,, एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिनुभयो । प्रभावित...बाँकी अंश →
स्याङजा, २३ असोज ,, भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । उनीहरुले अहिलेसम्म पहिलो किस्तासमेत पाउन नसकेको बताएका छन् । वालिङ नगरपालिका–४ एलादिका लोकनाथ खनाल पहिलो किस्तासमेत नपाएको बताउनुहुन्छ । “घर भत्कियो, छाप्रो बनाएर बसेको तीन वर्ष बितिसक्यो, राहत पाउन सकेको छैन,” उहाँले भन्नुभयो, “बर्खाभरि पानी चुहिने, यता टाल्यो उता...बाँकी अंश →
म्याग्दी २३ असोज ,, रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले करीब रु एक करोड ७० लाखको लागतमा सो भवन निर्माण गरेको हो । मुक्तिनाथ बिएन जेभीले ठेक्कामार्फत २०७२ पुसमा उक्त भवन निर्माण थालेको थियो । भवनको पूर्वाधार निर्माण...बाँकी अंश →
बेनी, २३ असोज ,, म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँको घरघरमा खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’अन्तर्गत घरघरमा खानेपानी उपलब्ध भएपछि स्थानीयवासी हर्षित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनाले ५८ घरमा खानेपानी उपलब्ध गराएको हो । उपभोक्ता समितिका अध्यक्ष...बाँकी अंश →
मुस्ताङ, २३ असोज,, दशँैका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडाँैलगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् । भेडाच्याङ्ग्रा खरिद गर्न देशका विभिन्न ठाउँका व्यापारी जोमसोम आइपुगेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमस्थित सेवा केन्द्रले...बाँकी अंश →
दमौली, २२ असोज ,, जिल्लामा तीन महीनाको अवधिमा चार महोत्सव सञ्चालन हुने भएको छ । असोज, कात्तिक र मङ्सिर महीनामा जिल्लाका विभिन्न स्थानमा महोत्सव हुन लागेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा गत शुक्रबारदेखि प्रथम लायन्स महोत्सव शुरु भइसकेको छ । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा सञ्चालित महोत्सव असोज...बाँकी अंश →
पर्वत, २२ असोज,, कुस्मा र फलेवास नगरपालिकाका विभिन्न ठाउँमा हावाहुरीसँगै परेको वर्षा र असिनाका कारण पाक्ने बेला भएको धानबाली र तरकारीखेतीमा क्षति पुगेको छ । आइतबार असिना पानीले कुस्मा नगरपालिकाको ठूलीपोखरी, पिपलटारी, कटुवाचौपारी, आर्थर, पकुवा र खौला, फलेवास नगरपालिकाको कार्कीनेटा र थापाठाना तथा मोदी गाउँपालिकाको राम्जाका केही भागमा धानबालीमा क्षति...बाँकी अंश →
पोखरा, २२ असोज ,, पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा २३५ वर्षपछि करारमा पुजारी नियुक्ति गरिएको छ ।दशनार्थीले पूजाका क्रममा मन्दिरमा चढाएको भेटी र दानका सम्बन्धमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति र पुजारीबीच केही वर्षदेखिको विवाद समाधान गर्दै करारमा पुजारी राखिएको हो । मन्दिरमा दर्शनार्थीले चढाउने सबै दक्षिणा पुजारीले लिने गरेकामा करारमा...बाँकी अंश →
बेनी, २२ असोज ,, बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम प्रचारको अभावमा ओझेलमा परेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ । समुन्द्री सतहदेखि करीब दुई हजार ५०० मिटर उचाइमा अवस्थित सो स्थल प्राकृतिकरुपमा रमणीय र धार्मिक...बाँकी अंश →
काठमाडौँ, २२ असोज,, ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र...बाँकी अंश →
पर्वत, २२ असोज,, विनाशकारी भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा पर्वतमा एक हजार ४०० घर निर्माण भएका छन् । भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २६९ घरमध्ये हालसम्म एक हजार ४०० घर मात्र निर्माण भएका हुन् । घर निर्माण गरिसकेका एक हजार ४०० लाभग्राहीले अहिलेसम्म दोस्रो किस्ताको रकमसमेत बुझिसकेका...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: