०५ माघ २०८१

प्रदेश ४

कर सङ्कलन शुरु

पोखरा, १४ कात्तिक (रासस) ः पोखरा महानगरपालिकाले नयाँ कार्यविधि अनुसार ३३ वटै वडा कार्यालयबाट पनि कर सङ्कलन शुरु गरेको छ । एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर र वडा कार्यालयबाट कर सङ्कलन शुरु गरेको हो ।...बाँकी अंश →


घरबासमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो

कुश्मा, १४ कात्तिक,,   घरबासको अवधारणा आएसँगै ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वत मोदीस्थित चित्रेको घरबासमा पर्यटकको ओइरो लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा आउने पर्यटकका कारण चित्रेका घरबास भरिभराउ भएका हुन् । पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा हुने गरेको छ । गाउँको आतिथ्यता,...बाँकी अंश →


पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरा, १४ कात्तिक,,   गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा आज पोखरामा पर्यटन उद्यमी सिड क्याम्पको शुभारम्भ गर्दै उहाँले पोखराका पर्याप्त पर्यटकीय सम्भावनालाई उजागर गर्न केन्द्रस्तरबाटै यसलाई पर्यटनको राजधानी घोषणा गर्न...बाँकी अंश →


सयपत्रीको व्यावसायिक खेतीमा महिला

पोखरा, १४ कात्तिक,,   विभिन्न पेशा तथा व्यवसायमा आबद्ध महिलाको संस्था महिला उद्यमी सङ्घ नेपाल कास्कीले फूलखेती व्यवसाय शुरु गरेको छ । तिहारलाई लक्षित गरी शुरु गरिएको सयपत्री फूलको व्यावसायिक खेतीले यतिबेला सार्थकता पाएको छ । विसं २०६६ मा प्रदेश सभासद् मीना गुरुङको नेतृत्वमा उद्यमशीलतामा महिला सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिने...बाँकी अंश →


घर निर्माणमा सघाउँदै आवास निर्माण साथी

गोरखा, १४ कात्तिक,,   घर बनाउन अलमलमा परेका गोरखाका भूकम्पपीडितलाई आवास निर्माण साथीले सहजीकरण सेवा प्रदान गरेको छ । भूकम्प गएको करीब ४० महीना बितिसक्दा पनि निर्माण शुरु गर्न नसकेका पीडितको घर छिटो बनाउन सहजीकरण शुरु गरिएको हो । नेपाल आवास पुनःनिर्माण परियोजना अन्तर्गतको आवास निर्माण साथीले जिल्लाका ६ स्थानीय तहका...बाँकी अंश →


भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

लमजुङ, १४ कात्तिक,,   सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका लाभग्राहीले डिपिसी तह पूरा गरेपछि दोस्रो किस्ताबापतको रु एक लाख ५० हजार पाउने प्रावधान छ । त्यसका लागि लाभग्राहीले वडा कार्यालयमा निवेदन...बाँकी अंश →


‘गुस्तुङ पिक’ को सफल आरोहण

म्याग्दी, १४ कात्तिक,,   धवलागिरि गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ । राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल आरोहण गरेको हो । आरोहण टोलीमा फ्रान्सका चार्सी हेनरी, हेर्भन बेलियर, अल्वर्ट लुरेन्ट, लोमर डिमिस्ट्रिस, इरियोस क्लाउडे,...बाँकी अंश →


तिहार नआउँदै फूल फूलेपछि समस्या

पोखरा, १४ कात्तिक,,   तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ । पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा, लामाचौर, हेमजा, बाटुलेचौर लगायतका...बाँकी अंश →


भुटानको विज्ञ टोली अलैँची बारीमा

लमजुङ, १३ कात्तिक ,,   भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकन÷अनुगनमका लागि लमजुङ आइपुगेको छ । भुटानमा कृषि क्षेत्रमा काम गर्ने १४ जनाको विज्ञ टोली लमजुङका विभिन्न क्षेत्रमा लगाइएको अलैँची बगानमा तीन दिनसम्म रहेन छन् । अ लैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले उक्त टोलीलाई लमजुङको अलैँचीको...बाँकी अंश →


अख्तियार दुरुपयोगविरुद्ध उजूरी कास्कीमा बढी

पोखरा, १३ कात्तिक,,   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तीन महीनामा अख्तियार दुरुपयोगविरुद्ध पौने दुई सय उजूरी परेका छन् । आर्थिक वर्ष २०७५ ÷७६ को साउनदेखि असोजसम्म १६९ नयाँ उजूरी परेका हुन् । पुरानोसहित ४५६ उजूरी परेको आयोगको पोखरा कार्यालयले जनाएको छ । विस्तृत अनुसन्धानमा आठ, तामेलीमा १९, अन्य कार्यालय...बाँकी अंश →


कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

पोखरा, १३ कात्तिक,,   कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर...बाँकी अंश →


बूढीगण्डकी डुबान क्षेत्र वरपर चक्रपथ निर्माण शुरु

गोरखा, १३ कात्तिक ,,  गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter