म्याग्दी, ११ मङ्सिर,, धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गर्नुभएको छ । परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका...बाँकी अंश →
पर्वत, १० मङ्सिर,, कालीगण्डकी नदीमा हाम फालेर यहाँकी एक किशोरी बेपत्ता भएकी छन् । दक्षिण पर्वतको बिहादी गाउँपालिका–३ रानीपानीकी १७ वर्षीया मेनुका श्रेष्ठ आइतबार बिहान हाम फालेर बेपत्ता भएकी हुन् । पर्वतको इमिचौर र गुल्मीको पूर्तिघाट जोड्ने झोलुङ्गे पुलबाट हाम फालेर बिहादी गाउँपालिका–३ रानीपानीका राजु श्रेष्ठकी माइली छोरी मेनुका बेपत्ता...बाँकी अंश →
पोखरा, ९ मङ्सिर,, रेवान पोखराको आयोजनामा आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा हुने २०औंँ संस्करणको पोखरा सडक महोत्सव सफल पार्न विभिन्न समितिहरु गठन गरिएका छन् । समितिको संयोजकमा निवर्तमान अध्यक्ष भीमसेन भुजेल हुनुहुन्छ भने सह–संयोजकमा उपाध्यक्ष लक्ष्मण बराल र योगेश भट्टराई हुनुहुन्छ । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमिति गठन...बाँकी अंश →
पर्वत, ९ मङ्सिर,, पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम...बाँकी अंश →
दमौली, ९ मङ्सिर ,, तनहुँको म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरव मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले आज दौड प्रतियोगिता आयोजना गरिएको छ । कालभैरव मन्दिर विकास समितिले मन्दिरको प्रचारप्रसार गर्दै मुलाबारीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो । थर्पु बजारदेखि मन्दिरसम्म आयोजना गरिएको दौडको उपाधि खगेन्द्र रानाभाटले जित्नुभएको छ ।...बाँकी अंश →
पर्वत, ९ मङ्सिर ,, कवि एवं साहित्यकार टुकनाथ रेग्मी (बेलुराम) को दोस्रो खण्डकाव्य ‘हरितारा’ विमोचन भएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने र बसाइँ सरेर शहर झर्ने युवालाई स्वदेश र गाउँमै बस्न आग्रह गरेर यो खण्डकाव्य तयार भएको कवि रेग्मीले बताउनुभयो । गाउँघरमा जमीन बाँझिएको, पारिवारिक विखण्डन बढेको, धार्मिक र...बाँकी अंश →
पर्वत, ८ मङ्सिर,, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको सरकारले मुलुकको विकासका लागि अभियाननै सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । शनिबार बिहान पर्वतको महाशीला गाउँपालिकामा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेतासँगको छलफलका क्रममा सरकार गठन भएको नौ महीनाकै अवधिमा जनताले विकासको ठूलो अपेक्षा राखेको बताउँदै दिगो विकासका लागि तीनवटै तहका सरकारले अभियानकै...बाँकी अंश →
ठिनी, ७ मङ्सिर,, मुस्ताङमा लोपोन्मुख अवस्थामा रहेको हिमचितुवा संरक्षणका लागि मुस्ताङमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । मानवसँगको द्वन्द्व, आहारा र बासस्थानको अभाव, प्रतिकूल वातावरणका कारण लोपोन्मुख अवस्थामा पुगेको हिमालको ‘रानी’ भनेर चिनिने हिमचितुवाको बासस्थान वरपरका बस्तीमा संरक्षण अभियान चलाइएको हो । थर्ड पोल कञ्जरभेन्सी, रुफड फाउण्डेशन, स्नो लियोपार्ड कञ्जरफेन्सी,...बाँकी अंश →
दमौली, ७ मङ्सिर,, तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । सोही वडाकी एक महिलाले रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै बिहीबार जाहेरी दर्ता गराउनुभएको हो । उहाँको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक श्रवणकुमार...बाँकी अंश →
तनहुँ, ६ मङ्सिर ,, चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो । कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा...बाँकी अंश →
पोखरा, ५ मङसिर,, पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने आज पोखरामा...बाँकी अंश →
दमौली, ४ मङ्सिर,, केही कुराको महत्व नै भएन भने ‘बेल पाकेर कागलाई हर्ष न बिस्मात’ भन्ने त उखानै छ । तनहुँ म्याग्दे गाउँपालिकाका उपभोक्तालाई पनि केही समय अघि यो उखान ठ्याक्कै मिल्थ्यो । तर अहिले त्यहाँका उपभोक्तालाई बेल पाक्दा लाखांै आम्दानी हुन थालेको छ । म्याग्दे गाउँपालिका–१, २ र ३...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: