०५ माघ २०८१

प्रदेश ४

गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार ,, मुख्यमन्त्री गुरुङ

बेनी, १६ मङ्सिर,,   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । नेकपाका प्रदेश इन्चार्जसमेत रहनुभएका मुख्यमन्त्री...बाँकी अंश →


पर्यटक तान्दै हिमाल

मनाङ, १४ मङ्सिर १४,,  मौसम खुलेको हिउँदका दिन चारैतिर दन्तलहरझैँ हिमाल टलक्क देखिन्छन्  । सूर्योदयको समयमा सेता टाकुरामा देखिने बिहानी उषा किरण । संसारकै अग्लो पाँच हजार ४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्ला चढ्न थोराङ फेदी उक्लँदै गर्दा पर्यटकले चारैतिर हिमाल देख्छन् । उनीहरूलाई संसारकै सुन्दर ठाउँमा पुगेको आभास हुन्छ ।...बाँकी अंश →


माँझी बस्तीमा खानेपानी अभाव

पर्वत, १४ मङ्सिर ,,   कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा बजार र माँझी बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । सो बजारमा व्यवसायका लागि सानाठूला गरी करीब तीन दर्जन...बाँकी अंश →


बेनी–जोमसोम सडक स्तरोन्नति प्रगति न्यून

म्याग्दी, १४ मङ्सिर,,   म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको भौतिक प्रगति न्यून छ । प्रतिकूल भूगोल, प्राकृतिक विपद्, सवारी साधनको चाप, निर्माण व्यवसायीले पर्याप्तमात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेका कारण कालीगण्डकी करिडोर सडकको बेनी–जोमसोम खण्डको भौतिक प्रगति न्यून भएको...बाँकी अंश →


मुख्यमन्त्रीद्वारा अन्नपूर्ण आधार शिविरको अवलोकन

पोखरा, १४ मङ्सिर,,   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गर्नुभएको छ । हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर र त्यहाँका वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न मुख्य मन्त्री गुरुङ सो स्थानमा पुग्नुभएको हो ।...बाँकी अंश →


व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता

बलेवा, १३ मङ्सिर,,   फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको...बाँकी अंश →


आगलागीबाट डेढ करोड बढीको क्षति

ठिनी, १३ मङ्सिर,,   मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा रु एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १४ कोठा भएको...बाँकी अंश →


ताराखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

बागलुङ, १३ मङ्सिर,,   ताराखोला गाउँपालिकामा निर्माणाधीन ३८० किलोवाटको ताराखोला साना जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको ८५ प्रतिशत काम पूरा भएको इञ्जिनीयर दिलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार मुहान, कुलो, सुरुङलगायत ‘सिभिल’ चरणको काम सकिएको छ । “विद्युत् गृहको काम भइरेको छ”, इञ्जिनीयर थापाले भन्नुभयो, “आउँदो चैतभित्रमा बिजुली...बाँकी अंश →


पूर्व गाविस उपाध्यक्ष मृत फेला

दमौली, १३ मङ्सिर ,,   तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला पर्नुभएको छ । एक हप्तादेखि बेपत्ता रहनुभएका उहाँ बुधबार साँझ व्यास नगरपालिका–१३ बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला पर्नुभएको हो नेपाली काङ्ग्रेस रिसिङ गाउँपालिका–१ का सदस्यसमेत रहनुभएका ६६ वर्षीय आले मङ्सिर ५ गतेदेखि बेपत्ता हुनुभएपछि प्रहरी र...बाँकी अंश →


जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

कालीकोट, १३ मङ्सिर,,   जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ । उहाँ भन्नुहुन्छ, “अनुगमन मात्रै हुन्छ तर काम हुँदैन । विसं २०३८ मा निर्माण भएको...बाँकी अंश →


अग्निपीडितलाई राहत

गलकोट, १२ मङ्सिर,,   बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँका अग्निपीडितलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले राहतस्वरुप रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलले अग्निपीडितलाई जनही रु १० हजारका दरले राहत प्रदान गर्नुभएको थियो । गत आइतबार बिहान ढोरपाटनको नवीगाउँमा आगलागी हँुदा ४३ परिवारका...बाँकी अंश →


घलेम्दी जलविद्युत अन्तिम चरणमा

म्याग्दी, १२ मङ्सिर ,,   अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter