०५ माघ २०८१

प्रदेश ४

बसको ठक्करबाट वृद्धाको मृत्यु

दमौली, ५ पुस,,  डुम्रे–बेँसीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–९ बडहरेमा बसको ठक्करबाट घाइते एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा निवासी ६६ वर्षीया चिनीमाया कँडेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ग१ख ४७९० नंको बसको ठक्करबाट मङ्गलबार घाइते कँडेलको उपचारका क्रममा बुधबार...बाँकी अंश →


बढ्दो शिकारका कारण मासिँदै कालिज

बलेवा, ४ पुस,,  यतिबेला बागलुङका वनहरुमा साँझको समयमा शिकारीको लर्को देखिन्छ । घाम डुबेर गोधूलि साँझ शुरु भएसँगै शिकारीहरु वनको आसपासमा पुग्ने गर्छन् । घाम अस्ताएपछि बासस्थानको खोजीमा रहेको कालिजलाई पछ्याउँदै उसको बाससम्म पुग्ने शिकारीहरु देखिन थालेका छन् । विशेष गरेर बस्ती नजीकैका वनहरुमा पाइने कालिजको शिकार गर्ने क्रम बढेको...बाँकी अंश →


विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी

गलकोट, ४ पुस,, बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ । विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजना दोस्रो’मार्फत बागलुङलगायत देशभरका २१ वटा नगरपालिकामा करीब रु १६ अर्ब लगानी गर्न लागेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । यसका लागि आयोजनाले...बाँकी अंश →


प्रहरीलाई साइकल सहयोग

दमौली, ४ पुस,,  तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले सङ्घले प्रहरीलाई रु २५ हजार बराबरको चार थान साइकल सहयोग गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष मोहनकुमार विकले प्रहरी उपरीक्षक शिद्धीविक्रम...बाँकी अंश →


गाउँपालिकाले दियो ३६६ जनालाई रोजगारी

पर्वत, ४ पुस,,  महाशिला गाउँपालिकाले एकै पटक ३६६ जनालाई रोजगारी दिएको छ । गाउँपालिकाले ‘एक घर, एक रोजगारी’ कार्यक्रममार्फत रोजगारी दिन थालेको हो । गाउँपालिकाले १५ दिन खटाइएको ठाउँमा स्वयंसेवकको रूपमा काम गर्ने तथा १५ दिन घरमै बसेर उत्पादनमा समय खर्चने योजनासहित रोजगारी प्रदान गरेको हो । गाउँपालिकाका प्रवक्ता जीवन...बाँकी अंश →


सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र

गोरखा, ४ पुस,,  गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो । किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र...बाँकी अंश →


दानका भरमा बन्दैछ भूमिगत सङ्ग्रहालय

बलेवा, ४ पुस,, दान र चन्दाकै भरमा करोडौँ रुपैयाँका संरचना बनाउने निकै कठिन काम हो । बागलुङको कुँडुले फेदीमा भने सहयोगकै भरमा झण्डै रु छ करोडको लागतमा संरचना बन्दै छ । कुडुलेफेदीमा निर्माण गर्न लागिएको भूमिगत शालिग्राम सङ्ग्राहलय दानकै भरमा निर्माण सम्पन्न हुने चरणमा छ । ऋषि प्रपन्नाचार्यको पहलमा निर्माण...बाँकी अंश →


पोखरामा साहित्य महोत्सव पुस ७ देखि

चिप्लेढुङ्गा, ३ पुस,, पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ । बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण,...बाँकी अंश →


साक्षर प्रकाश नेपालीको कला सङ्घर्ष !

कुश्मा, ३ पुस,, गरीबीका कारण कक्षा ५ सम्मको पढाइ छाडेर ज्याला मजदूरीमा हिँडेका प्रकाश यहाँको कमाइले परिवार पाल्न धौधौ भएपछि साउदीअरबतिर लाग्नुभयो । चित्र कोर्न र मूर्ति कुँद्न भनेपछि हुरुक्कै हुने उहाँको त्यो कला र क्षमताप्रति त्यतिबेला यहाँ कुनै मूल्य थिएन । आफूसँग भएको सीपको मूल्य नभएका कारण उनलाई दुईचार...बाँकी अंश →


पोखरा आसपासमा चरा पर्यटन

पोखरा, ३ पुस,,  हिमाल, ताल र प्राकृतिक सौन्दर्यले मात्र होइन पछिल्लो समय पोखरा र आसपासको क्षेत्रमा पाइने चराचुरुङ्गीले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । “ ताल वरपर र आसपासका क्षेत्रमा चरा हेर्ने पर्यटक पनि आउने गरेका छन् जसले पोखराको पर्यटनलाई बढाएको छ,” विगत २६ वर्षयता चरा गाइडका रुपमा काम गर्दै...बाँकी अंश →


आइल्याण्ड साघुँरा बनाउँदै पोखरा महानगर

पोखरा, ३ पुस,, बढ्दो सहरीकरणका कारण ट्राफिक व्यवस्थापनमा कठिनाई पर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणका लागि पोखराका मुख्यचोकका आइल्याण्ड हटाउन थालिएको छ । पोखरा महानगरपालिकाले सञ्चालन गरेको अभियान अन्तर्गत मुस्ताङचोकमा रहेको आइल्याण्ड आज हटाइएको महानगरका प्रवक्ता गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । आज बिहानै स्थानीय जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र सुरक्षाकर्मीसहितको उपस्थितिमा दुईवटा...बाँकी अंश →


अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली, ३ पुस,,  दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter