०५ माघ २०८१

प्रदेश ४

वृद्धाश्रमलाई आर्थिक सहयोग

पोखरा, ९ पुस,,  तनहँुको ढोरफिर्दी स्थायी घर भई हाल बेलायतमा बस्दै आउनुभएका मदनकुमार रानाले पोखरा वृद्धाश्रमलाई रु २१ हजार सहयोग गर्नुभएको छ । बेलायतको १२० भिक्टोरिया रोड, अल्डरसट मानमस्ते एक्सप्रेसको नाममा व्यवसाय सञ्चालन गर्दै आउनुभएका रानाले आफन्तमार्फत आइतबार उक्त सहयोग गर्नुभएको वृद्धाश्रम सञ्चालक समितिका कोषाध्यक्ष वर्षाकेशव पराजुलीले जानकारी दिनुभयो ।...बाँकी अंश →


विद्यालयमा शौचालय समस्या हट्यो

बेझाड, ८ पुस,,  रामपुर नगरपालिका–२ मा रहेको कालिका प्राथमिक विद्यालयमा शौचालयको समस्या हटेको छ । शौचालयको अभावमा झाडी र खोला किनारमा शौच गर्न बाध्य यहाँका शिक्षक, विद्यार्थीलाई अब झाडी, खोलाका किनार खोज्दै जाने समस्या सदाका लागि हटेको छ । वडा नं २ को कार्यालयद्वारा शौचालय निर्माण गरी अहिले प्रयोगमा ल्याइएको...बाँकी अंश →


कालिका पत्रकारिता पुरस्कार प्रदान

बागलुङ, ८ पुस,, कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’ बाट नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत हुनुभएको छ । आज आयोजित पुरस्कार समारोहमा बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले आचार्य र कँडेललाई जनही रु पाँच हजारसहित प्रमाणपत्र...बाँकी अंश →


पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पु¥यायो : वरिष्ठ नेता पौडेल

दमौली, ८ पुस,,  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ । गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग पु¥याएको बताउनुभएको हो । महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको...बाँकी अंश →


पाँच करोड लागतमा पक्की पुल

कास्की, पुस ८,, कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थित मर्दीखोलामा मोटरेवल पक्की पुल बन्ने भएको छ । सङ्घीय सरकारकोे रु पाँच करोड चार लाख २४ हजार १७३ लागतमा निर्माण गर्न लागिएको सो पुलको लम्बाइ २५ मिटर र चौडाइ ११ मिटर हुने बताइएको छ । पुलको शनिबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले एक...बाँकी अंश →


रुखले च्यापेर मजदूरको मृत्यु

गलकोट, ८ पुस,, बागलुङको काठेखोला गाउ“पालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउ“पालिकामा ज्याला मजदूरी गरी बस्दै आएका ४५ वर्षीय पूर्णबहादुर सार्कीको उत्तीसको रुख काट्ने क्रममा सोही रुखले च्यापेर घटनास्थलमै मृत्यु भएको हो...बाँकी अंश →


अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

गलकोट, ७ पुस,, बागलुङ जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ । केन्द्रले अस्पताल निर्माण गर्न थालेको सुविधा सम्पन्न तीन तले भवन निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरीदका लागि सहयोग प्राप्त...बाँकी अंश →


शान्तिपूर्ण जनसङ्घर्षको अभियान फागुन ७ देखि

पोखरा, ६ पुस ,,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताउनुभएको छ । मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा...बाँकी अंश →


ट्याक्टर दुर्घटना एक जनाको मृत्यु

बलेवा, ६ पुस ,, बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । बागलुङ बजारदेखि कुश्मीशेरा जाँदै गरेको ना७त ११०५ नंको ट्याक्टर बानपा १२...बाँकी अंश →


घण्टौँ हिँडेर दूध बेच्न बजार

बागलुङ, ६ पुस,,  उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्नुहुन्छ ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ । दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि...बाँकी अंश →


कर्मचारीको आन्दोलनले सेवाग्राही मर्कामा

बेझाड, ५ पुस,,  अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालकलाई स्थायीको माग राख्दै रामपुर नगरपालिकाका कर्मचारीहरूले आन्दोलन गरेपछि सेवाग्राही मर्कामा परेका छन् । दिउँसो वडा कार्यालयमा कामका लागि पुग्नुभएकी रामपुर नगरपालिका–६ का लक्ष्मी ढकाल कर्मचारी आन्दोलनमा निस्केपछि त्यसै फर्कनुपरेको बताउनुभयो । “मेरो अति आवश्यक काम परेका कारण साँझपख आन्दोलनको समय सकिएपछि...बाँकी अंश →


सुन्तला बारीमा कृषिमन्त्री

स्याङ्जा, ५ पुस,,  गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले कृषिको विकास बिना देशको विकास असम्भव रहेको बताउनुभएको छ । रोजगारीको खोजीमा देशको युवा शक्ति विदेशिएको बताउँदैै अब देशभित्रै सम्भावनाको खोजी गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने योजनामा गण्डकी प्रदेश सरकार रहेको र सोही अभियानका क्रममा आफू...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter