०५ माघ २०८१

प्रदेश ४

मनाङमा १८ घन्टासम्म हिमपात

मनाङ, १३ पुस,,  चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको छ । अन्य भूभागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा आकाश बादल लाग्नाका साथै तापक्रम पनि निकै घटेको...बाँकी अंश →


साना किसानको ऋण मिनाहा

पर्वत, १२ पुस,, सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको रु २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको...बाँकी अंश →


भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित

दमौली, १२ पुस,, तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् । रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो । आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको गुनासो छ । उहाँले माउ र दुई...बाँकी अंश →


खोरेतको प्रकोप

कास्की, १२ पुस,,  कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १, २ र ३ का किसानले पालेका पशुमा खोरेत रोग देखिएको छ । मङ्सिर तेस्रो साताबाट फैलिएको रोगबाट हालसम्म पाँच पशु मरेको गाउँपालिकाका पशु शाखा संयोजक ऋषिराम दाहालले जानकारी दिनुभयो । साविक ढिकुरपोखरी गाविसअन्तर्गत सेराचौर, भीरमुनी लाकुरीबोट, सिम्पाली र माझथोकका किसानले पालेका...बाँकी अंश →


रासायनिक मलरहितको गाउँपालिका बनाइने

बलेवा, १२ पुस,, गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने...बाँकी अंश →


पूर्व सभापति अधिकारीको निधन

वालिङ, ११ पुस,,  जिल्ला विकास समिति स्याङ्जाका पहिलो सभापति शिवकुमार अधिकारीको निधन भएको छ । २०४९ सालमा स्याङ्जा जिल्लाको पहिलो जिविस सभापति हुनुभएका अधिकारी ब्रेन ट्युमरबाट ग्रसित हुनुहुन्थ्यो । प्रजातन्त्र सेनानी अधिकारीको मङ्गलबार काठमाडौँमा ७८ वर्षको उमेरमा निधन भएको हो । २०१७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहनुभएका अधिकारी पटकपटक पक्राउ...बाँकी अंश →


आमा समूहद्वारा भवन निर्माण

दमौली, ११ पुस,,  तनहुँको भिमाद नगरपालिका–२ रघुस्थित छाब्दीबाराही आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण गरिएको छ । चन्दा सङ्कलन, देउसीभैलो र जनश्रमदानबाट रु चार लाख ६० हजारको लागतमा सामुदायिक भवन निर्माण गरिएको आमा समूहका अध्यक्ष देउमाया थापाले जानकारी दिनुभयो । भवन निर्माणपछि गाउँमा हुने कार्यक्रम, भेला, बैठक तथा आमा समूहको...बाँकी अंश →


बैठकपछि साङ्गठनिक एकता पूरा गरिने : प्रवक्ता श्रेष्ठ

कास्की, १० पुस,, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी एकताको तीन महीनाभित्र सबै तहको एकीकरण सक्ने बताइए पनि विभिन्न कारणले...बाँकी अंश →


मार्बलको विकल्प बन्दै ताराखोलाको ढुङ्गा

गलकोट, १० पुस,, दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल हुनुभएको छ । ताराखोला गाउँपालिका–५ करिमेला निवासी धनबहादुर विश्वकर्माले पाँच वर्षदेखि मतेस खोला नजिकै सञ्चालन गरेकोे ढुङ्गा ९स्लेट० खानीबाट त्यहाँका स्थानीय ३५...बाँकी अंश →


बाँदर नलाग्ने, असिनाले नझार्ने फल मेकाडामिया नट

पोखरा, ९ पुस,,  दुःख गरेर लगाएको बाली बाँदरले खाइदिने र असिनाले झारिदिँदा आजित बन्ने गरेका कृषकलाई मेकाडामिया नट बरदान सावित हुँदै गएको छ । पछिल्ला वर्षमा नेपालका अधिकांश भू–भागमा बाँदर आतङ्क बढिरहेको र लगाइएका बाली असिनाले झार्ने बढ्दोक्रसँगै कृषिप्रतिको अनिच्छाका कारण बाँझिएका जग्गामा कृषक यस खेतीतर्फ आकर्षित बनेका छन् ।...बाँकी अंश →


लुदीखोलामा पक्की पुल बन्ने

गोरखा, ९ पुस,, गोरखाको शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामाथि पक्की पुल निर्माण हुनेभएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्व बैंकको आर्थिक सहयोगमा पुल निर्माण हुन लागेको हो । कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पुल निर्माण गर्न लागिएको पूर्वाधार...बाँकी अंश →


गोरखाको सामागाउँ जङ्गलमा आगलागी

गोरखा, ९ पुस,, जिल्लाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा गएरातिदेखि भीषण आगलागी भएको छ । सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभयो । पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter